Monday, July 20

'म सुटुक्क पोइल जान सक्छु'


दीपक सापकोटा

स्मृति भन्ने कुरो पनि गजबै हुँदोरहेछ । जीवनको एक भोरमा भेटिइन् कोमल वली । उनले आफ्ना स्मृतिका अग्ला पहाड भत्काइन् र सुनाइन् पुराना कथा । उनीसँग संवाद गर्नु थियो पुरुषबारे । कोमल वली पुरुषलाई के ठान्दी हुन् ? गीतमा सधैं 'मर्द', 'कालो कोटवाला' र 'गाँठवाला' खोज्ने यी गायिकाको जीवनमा कति पुरुषहरू आए हुन् ? पुरुषबारे कस्तो धारणा पालेर बसेकी छिन् यिनी ? पुरुष-स्मृतिका पानाहरू पल्टाइन्, वलीले । सायद, स्मृतिमा रमाउनु पनि सुखद हुँदोरहेछ । समयको हात्तीमा सवार हुने पात्र र कालखण्ड उनका आँखावरिपरि घुमिरहेछन् । उनले यौवनको भर्भराउँदो जँघार काटेको धेरै भयो । अब त उल्लासका पंखा पनि र्झन लागिसके । सधैं षोडषीजस्ती राम्री तरुनी लाग्ने वलीका यौवनका ताजा दिन कतै उडेर गइसके । गीति-भिडियोमा भने वली उस्तै 'तरुनी' देखिन्छिन्, रातो साडी, झलल पोते लगाएकी भर्खरैकी नवदुलहीजस्ती । यौवन झरिसके पनि कोमल कसरी यति राम्री ? संवादका केशकेशमा तपाइं एउटा असारेफूल सिउरिदिनोस् न है । यो संवाद असारको अन्त्यमा भएको हो । साउन लागिसकेको थिएन ।
'असार 'सेक्सी' हुन्छ'- एउटी युवतीले सुनाएकी थिइन् । पानी नै पानी यो मौसमको चिह्न हो । असारेझरीमा रुझ्दै हिँड्ने नवयुवतीका शरीरका अंगमा कस्तो मादकता झल्किन्छ होला ? सायद ती युवतीले पनि असारेझरीमा रुझ्दै हिँड्ने आफ्नै शरीरलाई पो 'सेक्सी' भनेकी हुन् कि ? त्यसो त कोमल वलीका गीत सुनेर पनि धेरै पानी-पानी भएका छन्, धेरैका गालामा लाली चढेका छन्, धेरै लाजले भुतुक्कै भएका छन् । के उनका गीत पनि 'सेक्सी' हुन् ? जे भए पनि उनका गीतले बुढेसकालतिरको यात्रा गरिरहेका नारीलाई आफ्नो भर्भराउँदो यौवनको झल्को आउँदो हो । महिलाले बिहे गरेपछिका समय बगेको देख्छन् कोमलका गीतमा । बग्न त समय होइन जीवन बग्छ । जीवन बगेको र जीवन फुलेको छर्लंगै देखिन्छ उनका गीतमा । अघिल्लो वर्ष 'पोइल जान पाऊँ' बाट चर्चा र विवाद बटुलेकी कोमल आफ्ना गीतमा सधैं पुरुषको खोजी गर्छिन् । कहिले कालो कोट त कहिले मर्दको खोजी । उनले यसपालिको तीजलाई लक्षित गरेर गाएको गीत यस्तो छ-वर्ष दिनको तीज आयो, गाउँछु तीजकै गीत फेरि पनि पुकार गर्छु महादेवसित कसलाई के भनौं र खोईमनमा आँट भाको, गोजीमा गाँठ भाकोएउटा नि मर्द भेटिएन कोई ।।
पुरुषसँग जोडिएका अनेक इतिहास छन् । धेरै विरासत धानेका छन् पुरुषले । धेरै युद्ध लडेका छन् । उनका गीतमा ती कथा कतै हुँदैनन् । किन गीतमा सधैं मर्द खोजेको ? 'सधैं मान्छेले विपरीतलिंगमा आकर्षण देख्छ, ठिटीले जिस्क्याउने पात्र ठिटो हो,' वलीले भनिन्, 'फेरि शब्द, लय र भाकाको हिसाबले पनि फरक गीत गाउनुपर्छ भन्ने लागेर मेरा गीत त्यस्तै भए ।'
उनको एउटा गीत छ, '...उसले भन्यो ए नानी गाजले, म त मरे लाजले ।' को हो त्यो युवक, जसले एक निमेष हेरिदिँदा वली लाजले भुतुक्कै भइन् ? उनले गीतको रचनादेखि रेकर्डसम्मको कथा सुनाइन्, 'यो ०५४ सालको कुरा हो । म तुलसीपुर घर जाँदा बाटोमा एउटा केटासँग राम्रैसँग हेराहेर भयो । केटो खुब राम्रो थियो, चिटिक्क परेको, राम्रोसँग कपाल कोरेको । मलाई सुहाउने थियो केटो । तर, त्यसपछि उसँग कहिल्यै भेट भएन ।' उसैको सम्झनामा वलीले गीत गाइन् । को हो त्यो अभागी केटो, जसले कोमलजस्ती केटी पाएन ? 'त्यो केटो पाएको भए म त बिहे गर्थेँ हुँला, खुब मनपरेको केटो हो ।'
अनि कोमल 'पोइल जान' पनि त खोजेकी थिइन् नि ? 'एक से एक केटाहरू आएका थिए । अब पनि सुटुक्क पोइल जान सक्छु,' बाबै, कोमल ! उनले केटा पाउँदा-पाउँदै पनि पोइल नगएको स्पष्टीकरण दिइन् । जीवनमा लोग्नेमान्छे चाहिँदैन र ? 'कहिलेकाँही कोही भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो ।' के उनलाई तुलसीपुरको केटाबाहेक अरू कोही मनै परेन ? 'परेन,' वलीले सुनाइन्, 'मनपरेको भए बिहे गर्थेँ नि ।' कस्ता केटा खोजिरहेको त ? 'बाहिरी व्यक्तित्व पनि राम्रो हुनैपर्‍यो, भित्री गुण पनि गतिलो हुनुपर्‍यो । तर, पहिले कुरा त आँखाले देख्दा झट्ट मन पर्नुपर्छ ।' उनको जीवनमा आत्मीय प्रेम गर्नेदेखि बाहिरी सौन्दर्य मन पार्नेहरूसम्म आएका रहेछन् । 'प्रेमीहरू धेरै आए,' आफ्नो प्रेमकथाबारे उनले भनिन्, 'प्रेमबिना को बस्न सक्छ ? १७/१८ वर्षमा कसैलाई मनपराइयो । त्यसवेला श्रीमान्को हात समातेर हिँड्न पनि मन लाग्थ्यो । तर, त्यो मेरो अपरिपक्वता रहेछ ।' उनले आफ्नो खोजेको युवकबारे भनिन््, 'अविवाहित युवतीले गुणशील, धैर्यवान् केटा खोज्छे । मैले पनि गुणशील र धैर्यवान् केटा खोजेँ ।'
कोमललाई अझै पनि बजारमा जिस्क्याउने र भुतुक्कै पार्ने केटाहरूको हुल छ । कोमल पनि जवानीको उत्कर्षका वेला केटा जिस्क्याउँथिन् होला नि ? 'म कलेज पढ्दाताका केटा जिस्क्याउँथे, उनीहरू लाजले भुतुक्कै हुन्थे । धेरै जिस्क्याइयो केटाहरू ।' प्रेमपत्र पनि आए होलान् नि ? 'प्रेमपत्र त गनिनसक्नुका आए, संगालेर साध्य हुन्थेन ।' अहिले पनि आउँछन् होला प्रेमपत्रहरू ? 'अहिले मलाई कस्ले आँट्ने ?' वलीले सुनाइन्, 'अहिले त पहिलेको जस्तो जवानी पनि छैन ।' पहिलेको जवानी गुमाएकी वली आफ्नो उमेर भने '२४ लेख्नुस् न' भन्छिन् । तर, यसो भन्दा उनी लजाएकी थिइन् । बैंसको 'राखनधरन' गर्दागर्दै पनि बितिगएछ तरुनी दिन । सुखले सुसेली मार्‍यो यौवन र जीवनमा । तर, संलिरहन्छ उमेरको पानी । चोखो हुन्छ प्रेमको छहरा । तुल्सीपुरको चोखो हावासँग प्रेम गरेर बाँचेकी कोमलको कोमल यौवन काठमाडौंले खाइदियो ।
भनिन्छ, संसारमा धेरै युद्ध भए महिलाका नाममा । महिलाकै लागि पुरुष लडेका छन् । महाभारत युद्ध पनि महिलाकै लागि भयो । रामायणमा पनि सीताका लागि राम र रावणबीच युद्ध भयो । ती युद्धले संसारलाई घाउ दिएका छन् । गहिरा घाउ, कहिल्यै पनि नपुरिने घाउ । युद्धका घाउले आहत भएका धेरै आहत जीवनहरू आफ्नै घाउ सुम्सुम्याउँदै बाँचेका छन् । आँसु बगाएर जीवनका रमाइला दिनहरू कतै थाती राखेर बसेका छन् । कोमल वलीका लागि पनि कोही युद्ध छेड्न तयार छ कि ? महिलाका नाममा लड्ने पुरुषबारे वली भन्छिन्, 'महिला सृष्टिमै सबैभन्दा सुन्दर वस्तु हुन्', कोमल वली हल्का मुस्कुराइन्, 'महिलासँग संसारका सबै पुरुषलाई गलाइदिने आकर्षण छ ।' संसारमा सुन्दर महिला मात्र हुन् त ? वलीले पहिले फ्याट्टै 'पुरुष सुन्दर हुँदैनन्' भनिन् । फेरि सम्हालिएर 'हिजोआज पुरुषहरू पनि 'राम्रै' हुन थालेका छन्' भनेर जवाफ सच्याइन् ।
अनि, वलीलाई बुढेसकाल नजिकिएको र बिहे गर्न ढिला भएको लाग्दैन ? 'बिहे गर्ने इच्छा सबैमा सुसुप्त भएर बसेको हुन्छ । मेरो पनि राम्रो श्रीमान् पाऊँ भन्ने इच्छा हो ।' महिलाले ज्यानमा मादकता र सौन्दर्य भएसम्म पुरुषलाई त्यसैले आकषिर्त गर्छे । सौन्दर्य सिद्धिएपछि के गर्छे ? प्रलाप ? विलाप ? 'उमेर रहँदासम्म उसले प्रेम गर्छे । यौन पनि त्यसैको एउटा पाटो हो । तर, सौन्दर्य सकिएपछि (बूढाबूढी भइसकेपछि) सुख, दुःख बाँडिन्छ । प्रेम परिवारप्रति बाँडिन्छ । सौन्दर्य सिद्धिए पनि एउटा गाढा माया हुन्छ,' वलीले सुनाइन् ।
संवादले भानुभक्तलाई सम्झ्यो । भानुभक्तले 'बधुशिक्षा'मा नारी हाँस्न हुँदैन, हाँस्नेहरू वेश्या हुन्छन्' भनेका छन् । तर, वली त रेडियोमा वा अन्य कार्यक्रममा हाँसीहाँसी दर्शक-श्रोतालाई खुसी पारेकी हुन्छिन् । उनको धारणा के छ भानुभक्तको दर्शनबारे ? 'त्यो समय नै त्यस्तो थियो । त्यो त्यही समयको वाणी हो,' कोमलले भनिन्, 'समयअनुसार शब्दको अर्थ फेरिन्छ । 'पातर' शब्दको अर्थ नृत्यांगना हो । तर, अहिले त्यो शब्दको अर्थ नराम्रो मानिन्छ । त्यो वेलाको समाजमा हाँसेका महिला वेश्या हुन्छन् भन्ने मान्यता थियो । त्यसवेलाको समाजमा त्यो अभिव्यक्ति ठीकै हो । पुरुषहरूको महिलालाई हेर्ने आँखा त्यस्तै थियो ।'
पुरुषको खोजी मात्रै गर्ने उनका गीत सतही छन् । पुरुष र महिला मात्रै हुन् गीतका विषय ? 'हरेक विषयको सतह हुन्छ र गम्भीरता पनि । विश्लेषण गर्न नसक्नेहरूका लागि मेरा गीत सतही लाग्न सक्छन् । सागरको माथि पौडनेलाई सागरको गहिराइमा के हुन्छ, के थाहा ?', उनले सुनाइन् । कोमललाई कस्ता पुरुषप्रति घृणा लाग्छ ? 'परस्त्रीप्रति नराम्रो नजर राख्ने पुरुषसँग घृणा लाग्छ,' उनले भनिन्, 'तर, त्यसमा पुरुष मात्र दोषी हुँदैनन्, महिलाको पनि भूमिका हुन्छ । तर, त्यसबाट महिलाले पनि सुखानुभूति प्राप्त गरेकी हुन्छे ।'
कर्णालीको जन्मँदै थाप्लामा दुःख बोकेर आउने एउटा पुरुष र सहरको खुसीको मोटरमाथि चढेर जन्मने पुरुषबीच कोमलको आकर्षणमा के फरक हुन्छ ? 'भरिया देखेपछि मानवीय संवेदना जाग्छ, मनमा करुण रस उत्पन्न हुन्छ,' कोमलले भनिन् । तर, त्यै भरियाले यी चिटिक्क परेकी कोमललाई देख्यो भने कस्तो आकर्षण देख्छ होला ? मायाको वा यौन आकर्षण ? 'भोको मान्छेले खाना खोज्छ, दुःखीले सुख,' कोमलले भनिन्, 'त्यो भारी बोकेर दुःख पाइरहेको वेला भरियाले यौन खोज्दैन । त्यस्तो वेला उसले बिहे गरेर यौनाकांक्षा पूरा गरौँला भन्ने सोच्दैन ।'
मन्दिरका टुँडालहरूका यौनविम्बले कोमललाई के सन्देश दिँदा हुन् ? 'त्यसवेला मान्छे गृहस्थी जीवन त्यागेर धर्मकर्ममा लाग्थे । मान्छेको प्रेम विकर्षणतिर ढल्कन्थ्यो । सन्न्यासीलाई प्रेम, घरगृहस्थीतिर आकषिर्त गर्न टुँडालमा त्यस्ता यौन आकृति रचिएको हो,' वलीले सुनाइन्, 'बरु टुँडालका यौन आकृतिले मान्छेलाई प्रेम र विवाहतिर फर्कायो ।' कोमल महिला-पुरुष सम्बन्धबारे बोल्न थालिन्, 'पुरुष एउटा छहारी हो, भरोसा हो । यौनाकांक्षा परिपूर्ति गर्न, सन्तान उत्पत्ति गर्न, सृष्टिलाई निरन्तरता दिन पनि महिला-पुरुष आपसमा विवाह गर्छन् ।'
उत्तर-वैदिककालमा समाज मातृसत्तात्मक थियो । महिलाको सर्तमा पुरुषले विवाह गर्थे, महिलाकै सर्तमा पुरुषहरू यौनक्रिया गर्थे । त्यसवेला शक्तिशाली महिलाको नेतृत्वमा सामाजिक काम हुन्थ्यो । तर, समय फेरियो । अब पुरुषले महिलामाथि शासन गर्न थाले । कोमलचाहिँ छोरी मान्छे । सानो छँदा बाबाले कोमललाई भन्थे, 'नानी तिमी छोराजस्तै बन्नुपर्छ, बुझ्यौ ?' कोमल नानीले ती कुरा बुझेर हो कि अहिले पनि कुनै 'पुरुष' जस्तै हक्की लाग्छिन् । 'म किन छोराजस्तो बन्ने ? म छोरी हुँ र आफ्नै अस्तित्व बनाउँछु भन्ने लाग्थ्यो,' छुट्ने वेला कोमलले सुनाइन् । के कोमलले कुनै दिन समाज फेरि पितृसत्तात्मकबाट मातृसत्तात्मकमा फेरिएला भनेर कल्पना गरिन् होला ? त्यस्तो समाज, जहाँ महिला हाबी हुन्छन् र पुरुष हेपिन्छन् !फेरि भेट भयो भने उनीसँग यही प्रश्न सोधुँला ।


साभार :नया पत्रिका

2 प्रतिक्रिया:

BJ BHai said...

SkPaaree G, Tapaiko yo lekha padhna paae khausi laagyo, ho tapaile bhane jhai* kunai pani yaunik aparaadh maa purusko maatra haat hunna, aba tapai Arulaai pose dekhaunu bhayo bhane ta aru le tapaiko pose herchhan ni nadekhae kasle herne? yo duniyaa advertise ko balale challchha, yadi tyo busyness banda garnu chha bbhane advertise nai banda gardaa kaso hola?

If I am wrong Sorry for coment.

Anonymous said...

koomal oli? omg she is a Bi**h! get her genuine home landline number and make a F**k!l deal. 977 01 5547982.
sanepa,lalitpur,nepal.

wish you all the best try who knows you might get lucky too!
-rishikama

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails