Thursday, July 23

मेरिना डिस्टिङ्सन् !

केपी ढुंगाना
ख्याति हत्याकाण्डकी सहअभियुक्त मेरिना शाक्यले एसएलसीमा ल्याइन् ८६.८७ प्रतिशत
याँ पत्रिकाकाठमाडौं, १८ असारआइतबार एलएलसी रिजल्ट आउँदा तीन लाख ८८ हजार विद्यार्थी अभिभावकसँगै बसेर रिजल्ट सुन्न ब्यग्र थिए, एउटी किशोरी हिरासतमा । सानोतिनो मुद्दामा होइन, आफ्नै उमेरकी किशोरी ख्याति श्रेष्ठको अपहरण, बलात्कार र हत्याको मतियारको रूपमा पक्राउ परेकी मेरिना शाक्यका साथीहरूले खबर सुनाए, 'तिमी ८६.८७ प्रतिशतका साथ डिक्स्टिङ्सनमा पास भएकी छौ ।'
विद्यालयमा उनको प्रतिभा देखेर नेपालस्थित अमेरिकी दूतावासले राष्ट्रपति बाराक ओबामाको नीतिका बारेमा विश्लेषण गर्ने विद्यार्थी समूहको सदस्य चयन गरेको थियो ।

प्रहरी स्रोतका अनुसार एसएलसीको रिजल्ट आएको समाचार सार्वजनिक भएदेखि नै मेरिना शाक्य हिरासतभित्र छटपटाइरहेकी थिइन् । तर, सोमबार बिहान साथी र परिवारका सदस्यले उनको रिजल्ट सुनाए, 'उनी खुसीले बुर्लुक्क उफ्रिइन् ।' ०३२३४२८ एन सिम्बोल नम्बरकी मेरिना आठ सय पूर्णांकमा ६ सय ९५ ल्याएर उत्तीर्ण भएकी छिन् । उनले कम्प्युटर र ऐच्छिक गणितमा सबैभन्दा धेरै ९६ नम्बर ल्याएकी छिन् । सबैभन्दा कम नम्बर अनिवार्य नेपालीमा आएको छ- ७२ । उनले अनिवार्य अंग्रेजीमा ८९, गणितमा ८४, विज्ञानमा ८८, सामाजिक शिक्षामा ८१, स्वास्थ्य र वातावरणमा ८९ ल्याएकी छिन् ।मेरिना जो गम्भीर अपराधकी मतियार बनिन्, विद्यालयमा उनको प्रतिभा देखेर नेपालस्थित अमेरिकी दूतावासले राष्ट्रपति बाराक ओबामाको नीतिका बारेमा विश्लेषण गर्ने विद्यार्थी समूहको सदस्य चयन गरेको थियो । तर, ओबामाको भाषण सुनेर विश्लेषण गर्नुअगाडि नै उनी पक्राउ परिन् ।
१९ वर्षीया ख्याति श्रेष्ठको अपहरण र हत्यामा मतियार बनेको अभियोगमा ६ असारदेखि उनी प्रहरी हिरासतमा छिन् । एभिएम विद्यालयबाट एसएलसी दिएर बि्रजकोर्स गर्दागर्दै आफ्नै शिक्षक वीरेन श्रेष्ठसँग मिलेर पुतलीसडकबाट खुसिबु टाउनप्लानिङसम्म ख्यातिलाई ल्याउन उनले सहयोग गरेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंले हिरासतमा राखेर उनीमाथि अनुसन्धान गरिरहेको छ । वीरेन उनी अध्यनरत एभिएम विद्यालयका विज्ञान शिक्षक थिए । मेरिनाले २२ जेठमा ख्यातिलाई एक पत्रिकामा अन्तर्वार्ताका लागि भनेर बोलाएर झुक्याउँदै वीरेनको खुसिबुमा रहेको कोठामा पुर्‍याएकी थिइन् जहाँ वीरेनले ख्यातिको हत्या गरेका थिए ।महानगरीय प्रहरी परिसर हनुमानढोकाको हिरासतमा रहेकी मेरिनाको प्रतिभा देखेर प्रहरी अधिकृतहरूसमेत छक्क छन् । मेरिनाको बारेका महानगरीय प्रहरी परिसरका प्रमुख नवराज सिलवालको निष्कर्ष छ, 'दियर इज नो दाउट, सी इज भेरी ट्यालेन्टेड एन्ड भेरी क्लेभर ।' प्रतिभावान भए पनि अपराधमा लाग्दा उनी कमसेकम पाँच वर्ष जेल पर्ने छिन् । प्रहरीले उनीमाथि अपहरण र हत्याको मतियारको अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ । मेरिना मुख्य सहयोगीअनुसन्धानको प्रारम्भमा ख्यातिको अपहरण र हत्याका अभियुक्त वीरेन श्रेष्ठले १६ वर्षीया मेरिनालाई ख्यातिको अपहरणका लागि सहयोगीको रूपमा उपयोग गरेका थिए । मेरिना ख्यातिको अपहरण, हत्या र उनको लास व्यवस्थापनमा प्रत्यक्ष संलग्न रहेको पुष्टि भएको छ । अनुसन्धानमा संलग्न प्रहरी मेरिना जस्तो देखिन्छिन्, उनले त्यो भन्दा खतरनाक भूमिका खेलेको निष्कर्षमा पुगेका छन् ।कक्षा नौदेखि नै वीरेन र मेरिना निकट रहेकाले वीरेनले धम्क्याएर उनलाई अपराधमा प्रयोग गरेको प्रहरीको प्रारम्भिक अनुमान थियो । प्रारम्भिक बयानमा मेरिनाले पुतलीसडकबाट ट्याक्सीमा हालेर ख्यातिलाई खुसिबु टाउन प्लानिङमा रहेको वीरेनको कोठामा पुर्‍याएर आफू फर्किएको दाबी गरेकी थिइन् । प्रहरीले मेरिनाको उमेर हेरेर उनी परिबन्दमा परेर अपराधमा संलग्न रहेको निष्कर्ष निकालको थियो । जब प्रहरीले वीरेनले ख्यातिको परिवारसँग लिएको फिरौती रकममध्ये तीन लाख ५० हजार उनको कोठामा भेट्यो तब मेरिनामाथि थप अनुसन्धान भएको थियो । वीरेनले पटकैपिच्छे बयान फेरेर प्रहरीलाई हैरान बनाए पनि पछिल्लो चरणमा मेरिना र वीरेनको बयान समान भएकाले प्रहरीले पछिल्लो बयानलाई बढी विश्वसनीय मानेको छ ।अनुसन्धानबाट २३ जेठ बिहान १० बजेदेखि ११ बजेभित्र ख्यातिको मृत्यु भएको खुलेको छ । प्रारम्भमा उनको मृत्यु एनेस्थेसियाको अत्यधिक प्रयोगबाट भएको प्रहरीको दाबी थियो । प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीले समेत ख्यातिको मृत्यु बेहोस बनाउन प्रयोग गरिने एनेस्थेसियाको अत्यधिक प्रयोगबाट भएको दाबी गरेका थिए ।तर, पछिल्लो सोधपुछबाट वीरेनले ख्यातिलाई कफी र स्लाइसमा निद्रा लगाउन प्रयोग गरिने एनजिट नामक औषधि ख्याएर लठ्ठ बनाएपछि टाउकोमा फलामे रडले हानेर हत्या गरेको रहस्य खुलेको छ । स्रोतका अनुसार स्लाइस पिएको केही समयपछि ख्यातिले निद्रा लाग्यो भनेपछि वीरेनले कोठामा रहेको सानो खाटमा सुत्न भनेका थिए । औषधिको असरले लठ्ठिएर ख्याति खाटमा सुतेपछि वीरेनले उनको हातखुट्टा बाँधेर मुखमा टेप लगाउने प्रयास गर्दा उनी कराउन थालिन् । ख्याति कराउन थालेपछि आत्तिएका वीरेनले टेबलमा रहेको फलामको रड निकालेर टाउकोमा हानेका थिए । रडले हान्दा पनि ख्याति कराउन नछाडेपछि वीरेनले दुवै हातले घाँटी र मुखमा जोडले थिचेपछि ख्याति बेहोस भएकी थिइन् । ख्यातिको अपहरण गरेको रात मेरिना वीरेनकै कोठामा बसेकोसमेत अनुसन्धानबाट खुलेको छ । बिहान उठेपछि वीरेनले ख्यातिलाई झक्झक्याएर उठाउने प्रयास गरेका थिए । तर, ख्यातिले कुनै प्रतिक्रिया नै जनाइनन् । आत्तिएका वीरेनले नाक र मुखमा श्वास-प्रश्वास परीक्षण गरे । हातको नाडी र छातीमा मुटुको चाल हेरे । तर, कुनै चाल आएन । दुवैले ख्यातिको मृत्यु भएको निष्कर्ष निकाले ।ख्यातिको मृत्यु भएपछि वीरेन उनको लास कसरी ठेगान लगाउने भन्ने योजनामा लागे । आफ्नै आँखाअगाडि हत्या भएको देखेकी मेरिनाले पटक-पटक घर जान्छु भनेपछि वीरेनले नै उनलाई मोटरसाइकलमा हालेर करिब १२ बजेतिर घरमा छोडेका थिए । भोलिपल्ट २३ जेठ बेलुका पनि मेरिना वीरेनको कोठामा गएकी थिइन् । दुवै मिलेर ख्यातिको लास तह लगाउने प्रयास गरेका थिए । मेरिनासँग बेडरुमबाट तन्ना मगाएर वीरेनले लास बाँध्नु अगाडि कतै सास चलिरहेको छ कि भनेर पुनः जाँचेका थिए । वीरेनले ख्यातिको सिंगै लास फाल्ने प्रयास गरेका थिए । उनले २ दिनसम्म ख्यातिको लास कोठामा राखेर पटक-पटक सिंगो लास कोठाबाट बाहिर ल्याउने प्रयास गरेका थिए । तर, एक्लै सिंगो लास तह लगाउन नसकिने भएपछि उनले लास टुक्र्याएका थिए । उनले जसरी ख्यातिको लास काटेका छन् त्यो कटाइ देखेर व्यावसायिक चिकित्सकसमेत चकित परेका छन् । उनले ख्यातिको शरीरबाट हात, खुट्टा र टाउको छुट्याउन हड्डी नफुटाई कुशलतापूर्वक शरीरका ज्वाइनहरू खुस्काएका थिए । उनले ख्यातिको लास टुक्र्याएर कोठामा राखेका थिए । लास गन्हाउने डरले उनले कोठामा धुप बालेर लासमाथि पफ्र्युमसमेत छरेका थिए । सुरुमा उनले लासबाट हातखुट्टा मात्र छुट्याएका थिए । लास गन्हाउन थालेपछि उनले साबुनपानीले लास धोएका थिए । लास धुन र प्लास्टिकमा प्याकिङ गर्न मेरिनाले वीरेनलाई सहयोग गरेकी थिइन् । ख्याति अपहरणमा परेको पाँचौँ दिन बिहान वीरेनले ट्याक्सीमा हालेर उनको गिंड ललितपुरको सैबु गाविसको खोंचमा फालेका थिए भने सोही दिन दिउँसो हात र खुट्टाका टुक्रा माइक्रोबसको छतमा राखेर चितवनको कविलास गाविस- २ नारायणगढ-मुग्लिन सडकखण्डको १७ किलोमा फालेका थिए ।कोठामा लास राखेर वीरेन दैनिक आफ्नै कोठामा बस्थे भने मेरिनासमेत वेलावेलामा उनको कोठामा आइरहन्थिन् । उनले छैटौँ दिन माइक्रोमा चढेर काठमाडौंको गोलढुंगामा रहेको मुड्खुको झाडीमा ख्यातिको टाउको फालेका थिए । वीरेनले हरेक दिन मेरिनालाई फोन गरेर मेरिनाले सो घटनाको बारेका कसैलाई भनेको छ कि भनेर सोधपुछ गर्ने गरेका थिए । ख्यातिको हत्या गरी लास फालिसकेपछि उनले ख्यातिको परिवारसँग फिरौती माग गर्न मेरिनाको प्रयोग गरेका थिए । उनले मेरिनालाई फोन गरेर तीनवटा एसएमएसको भाषा टिपाएर ख्यातिको परिवारलाई पठाउन लगाएका थिए ।


साभार: नया पत्रिका

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails