Thursday, July 30

पाइन्ट लगाउँदा चालीस कोर्रा

खार्तुम/ सुडानमा पाइन्ट लगाएको आरोपमा एक सुडानी पत्रकार महिलालाई बुधबार ४० कोर्रा हिर्काइने भएको छ ।

पत्रकार लुब्ना अहमद अल-हुसेनलाई पाइन्ट लगाएको आरोपमा ४० कोर्रा हिर्काउन लागिएको हो । सुडानमा सरिया इस्लामी कानुन लागू गरिएको छ । यस कानुनअन्तर्गत पाइन्ट लगाउनु 'अश्लील
’ मानिन्छ ।
पत्रकार अल-हुसेन वामपन्थी पत्रिका अल-साहाफा पत्रिकाकी स्तम्भकार हुन् । यससँगै उनी युनाइटेड नेसन्स् मिसन इन सुडानको सञ्चार विभागमा काम गर्छिन् । जुलाई महिनाको सुरुतिर पाइन्ट लगाएको आरोपमा उनलाई पक्राउ गरिएको थियो । 'बुधबार १० बजे हाजिर हुन मलाई आदेश जारी गरिएको छ,
’ हुसेनले भनिन् ।
आफूलाई कोर्रा हिर्काएको हेर्न उनले अन्य पत्रकारलाई निम्ता दिएकी छिन् । ँसुडानमा के भइरहेको छ भन्ने जान्नु महत्त्वपूर्ण छ,
’ उनी भन्छिन्, 'उनीहरूले मलाई ४० कोर्रा हिर्काउनेछन् र दुई सय ५० सुडानी पाउन्ड (एक सय अमेरिकी डलर) जरिवाना तिराउनेछन् ।’
हुसेनका अनुसार ३ जुलाईमा उनी साथीहरूसँग रेस्टुरेन्ट गएकी थिइन् । उनीलगायत १३ महिलालाई पाइन्ट लगाएको आरोपमा प्रहरीले पुलिसचौकी आउन आदेश दियो । दुई दिनपछि ती १३ जना महिलालाई १०/१० कोर्रा हिर्काइयो ।
यस महिनाको सुरुतिर दक्षिण सुडानका क्रिस्चियन महिलासहित अन्य धर्म मान्ने महिलालाई पनि कोर्रा हिर्काइएको थियो । दक्षिण सुडानमा उत्तर सुडानको जस्तो सरिया कानुन लागू हुँदैन ।
हुसेनलाई दिइएको सजायको आलोचना गर्दै लेख लेखेको आरोपमा प्रहरीले अर्की पत्रकार महिला अमल हब्बानीलाई पनि प्रहरीले पक्राउ गरेको छ । 'म परिणामको पर्खाइमा छु,
’ उनले भनिन् । उनलाई प्रहरीको अपमान गरेको अभियोग लगाइएको छ । हुसेनविरुद्ध सजाय 'कपडा’ लगाएको आधारमा नभएको हब्बानीले लेखेकी छिन् । उनका अनुसार सरकारको यो आफ्ना विपक्षीलाई आतंकित गर्ने र धम्काउने राजनीतिक रणनीति हो ।
यही विचार लेखेकोमा हब्बानीलाई पक्राउ गरिएको द अरबिक नेटवर्क फर ह्युमन राइट्स इन्र्फमेसनले बताएको छ
श्रोत: नयाँ पत्रिका

1 प्रतिक्रिया:

Anonymous said...

अडियो पनि राख्नु भएको भए राम्रो हुन्थ्यो

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails