Friday, July 31

कुमारी केटीहरुले नांगा हुन्दै हलो जोत्यो रे…!।

केहि दिन पहिले बर्षा नभएको कारण आफ्नो खेत रोप्न नपाएको पिडा सहन नसकी पानिको बर्षा होस् भनि कुमारी केटीहरुले नांगै हलो चलाए। भारतको बिहार राज्यको बांके बजार कस्बे मा किसानहरुको मर्जीमा उनकै कुमारी छोरीहरुले यस्तो गरेकी हुन्। प्रत्यक्षदर्शियों को अनुसार केटीहरुले सूर्यास्त भै सके पछि मंत्रचारण गरी खेतमा हलो जोतिएको थियो र यस काममा गांऊको महिलाहरुले तिनिहरुलाई साथ दिएको थियो।
पानिकोलागी हाम्रो देशमा पनि हाहाकार मचिएको र कति किसानहरु चिन्तित अनि निरास भै सकेको थियो। श्रावणको दोश्रो साता सम्म पनि कति किसानहरुले खेती गर्न पाइरहेको थिएन। हामीका पनि गएको केहि दिन पहिले पाटनका किसानहरु गोदावरीमा गई इन्द्रदेवलाई खुशि पार्न पुजा आजा गरी बर्षा होस भनि प्राथना गरेको रे भने पनि सुनेका थियौं।
आकेशे पानिको भरमा खेती गर्नु पर्ने किसानहरु पानी न परेकोले कतै खेत नै बांझै हुने भो..! खानको लागि अन्न पाऊन मुश्किल हुने भो।
रोपाईको मौसममा बर्षाका देऊता ईन्द्र रिसाएकोले किसानहरुको आंखामा डर अनि निराशा छाई रहेको थियो। जब मानिस डराई रहेको हुन्छ अंधविश्वासको डोरीले अझ बाढिएको हुन्छ। यूपी- बिहार को विभिन्न इलाकामा पनि बर्षाका देबता ईन्द्रलाई खुशी पार्नको लागि कहिले भ्यगुतोको बिहे त कहिले गोरुको ठाऊँमा मान्छे आफै हलो बोकी खेत जोती रहेको थियो, यस्तोमा यस घटनालाई अंधविश्वास भनौ या अरु कुनै तर त्यस ग्रामीण किसानहरुलाई पुरा भरोसा थियो की एक दिन इद्रदेवलाई पनि लाज लाग्नेछ अनि अबश्य बर्षा गरी दिने छ।

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails