Wednesday, August 12

नेपाली कांग्रेस पार्टी कार्यलयमा बम बिस्फोटः

ललितपुरको एकान्तकुनास्थित बागमती अञ्चल यातायात कार्यालयमा
मङ्गलबार राखिएको टाइम बम सुरक्षाकर्मीद्वारा निष्क्रिय बनाइँदै ।

काठमाण्डौं, मंगलबार
सानेपामा अवस्थित नेपाली कांग्रेस पार्टीको केन्द्रिय् कार्यालयमा अपराह्न बम बिष्फोट भएको छ । बम बिष्फोटबाट पार्टी कार्यालयमा सामान्य क्षति भएको छ । त्यस्तै यातायात व्यवस्था कार्यालय एकान्तकुनाको मुख्य प्रवेशद्वारको दाँयातर्फ झेालाभित्र राखिएको शक्तिशाली 'टाइम' बम नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्राविधिक टोलीले डिस्पोज गरेको छ ।
सरकारले सुरक्षास्थिति सुदृढ पार्न विशेष सुरक्षा रणनीति लागू गर्ने तयारी गरिरहेका बेला सत्तारूढ पार्टीको कार्यालयमा विस्फोट भएको हो । विस्फोट लगतै नेपाल डिफेन्स आर्मीले घटनाको जिम्मेबारी लिएको छ । कार्यालयको भुइँ तलास्थित बैठक कक्षभित्र विस्फोट भएको थियो । विस्फोटबाट भवनको भित्ता चर्किएको छ । झ्यालका सिसा, कुर्सी, सोफा क्षतविक्षत भएका छन् ।

'घर हल्लिने गरी आवाज आयो, भवन निर्माण भइरहेकाले एकैछिन् त माथिबाट केही खस्यो कि जस्तो लाग्यो । तर कालो मुस्लो धूवाँ निस्केपछि भने धन्य बाँचिएछ जस्तो भयो,' घटना सुनाउँदै छेउकै कोठामा बसेका कार्यालय सहसचिव केशव रिजाल भने, 'सधैँ व्यस्त हुने बैठक कोठामा विस्फोटका बेला भने कोही नभएकाले अपि्रय देख्न परेन ।'

मुख्य सचिव रामचन्द्र पोखरेलले अर्कै कोठामा कार्यकर्तासँग छलफलमा व्यस्त थिए । 'सधैंजसो त्यही कोठामा बैठक हुने गर्दथ्यो, आज कार्यकर्ता थोरै भएकाले माथि नै बसेका थियौं,' पोखरेलले भने, बम विस्फोट गराइएको बैठक कक्षा अत्यन्त व्यस्त हुनेगर्छ ।' प्रत्यक्षदर्शीका अनुसार साइकलबाट आएको तराई मूलका जस्तो देखिने 'कालो वर्णको अन्दाजी २२/२३ वर्षको कालो झोला बोकेर भित्र पसेको थियो, त्यस लगतै विस्फोट भयो ।' झोला बोक्ने उक्त युवक साइकल चढेर बाहिरिएको केही क्षण मै विस्फोट भएको थियो ।
घटनालगत्तै सशस्त्र, जनपद र राष्ट्रिय अनुसन्धानका प्रमुख कांग्रेस कार्यालय पुगेका थिए । प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीले प्रेसर कुकर बम रहेको बताए । विस्फोट भएको कुकरमा डिफेन्स आर्मीका कमान्डर आर.पी. मैनाली भनेर लेखिएको नेपाल डिफेन्स आर्मी नामक संस्थाको आधा जलेको पर्चासमेत बरामद भएको छ ।
कांग्रेस कार्यवाहक सभापति सुशील कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेल, रामशरण महतलगत्तै कार्यालय पुगेका थिए ।


बम विस्फोटको निन्दा

नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा गराइएको बम विस्फोटको घटनाप्रति विभिन्न राजनीतिक दलका नेताहरूले निन्दा र भत्र्सना गर्नुभएको छ । उहाँहरूले यस घटनालाई ऐतिहासिक परिवर्तनको क्रमलाई व्यवधान गर्न र लोकतन्त्रमाथिको हमलाका रुपमा लिनुपर्ने धारणा पनि व्यक्त गर्नुभएको छ ।

प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा -माओवादी)का प्रवक्ता दीनानाथ शर्माले घटना कायरतापूर्ण, दुखद र निन्दनीय कार्य हो भन्दै माओवादीले यस्ता घटनाको घोर विरोध र भत्र्सना गर्छ भन्नुभयो ।

सरकारले घटनामा संलग्न अपराधीलाई पक्रिएर कडाभन्दा कडा कारबाही गर्नुपर्छ भन्दै प्रवक्ता शर्मालेसबै दलका कार्यालय सुरक्षित हुने वातावरण बनाउन सरकारसँग आग्रह पनि गर्नुभयो ।

नेकपा -एमाले)का महासचिव ईश्वर पोखरेलले सङ्क्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो- घटना निन्दनीय हो र गृह प्रशासनले छानबिन गरेर संलग्नलाई कारबाही गर्नुपर्छ ।

मधेसी जनअधिकार फोरम, नेपाल -लोकतान्त्रिक)का नेता जीतेन्द्र देवले घटनाको भत्र्सना गर्दै लोकतन्त्रमाथिको हमलाको रुपमा लिन्छौँ भन्नुभयो ।

यसैगरी, नेकपा -माले)का महासचिव सी.पी. मैनालीले ऐतिहासिक परिवर्तनलाई व्यवधान पुर्‍याउन यस्तो कायरतापूर्ण कार्य गराइएको टिप्पणी गर्नुभयो ।

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails