Thursday, August 13

ललितपुर को गणेश पूजा

गएको मंगलवार ललितपुरमा भएको गणेश पूजामा हाकुपतासी लगाऊदै स्थानिय युबतीहरु

ललितपुर:
ललितपुर पाटनका नेवार समुदायहरुले मनाऊदै आएको धार्मिक तथा सांस्कृति कार्यक्रम मद्धे एक "गणेशपूजा" गएको मंगलवार यहाँ संम्पन भयो। गणेशपूजामा बिेषेश गरी युबती र महिलाहरु हाकुपतासी चोलो, युबा तथा पुरुषहरुले दौरा सुरवाल र शिरमा रंगी बिरंगी ढाका टोपी लागाऊने गरिन्छ। हुन त हाकुपतासी आज भोलि माहिला तथा युबतीहरु यस्तै धार्मिक र सांस्कृति कार्यहरुमा मात्र लगाएको देख्न पाईन्छ, अरु बेला त दुर्लब नै भैसक्यो भने पनि हुन्छ। तै पनि धार्मिक र सास्कृत कार्यमाहरुमा भए पनि आफ्नो जाति पहिचान झलकाऊने पहिरन लगाऊने चलन भने अहिले पनि रही आएको छ। यो गणेश पूजा नगर भित्रको गणेशको मंन्दिरलाई पूजा र परिक्रमा गर्दै गाईजात्राको पाचौ दिन, या नी मतया: को चौठो दिनमा मनाऊने गरिन्छ।

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails