Saturday, August 15

न बिर्सें तिमीलाई न पाएँ तिमीलाई


थौरै समय मै धेरै नाम कमाऊन सफल गायिका अन्जु पंन्त को अती नै लोक प्रिय मर्मस्पर्शी गजल गीतको केही भिडियो यहाँहरुको सामुन्ने आज राख्दै छु, भिडियो हेरेर तपाईहरुलाई कुन चाही भिजुल बढी मन पर्यो कमेन्ट लेख्न चाही न बिर्सनु होला…
यो गजल सायदै मन नपर्नेहरु होलान, खै आफुलाई त जती हेरे पानि जति सुन्ने पनि हेरौं सुनौ जस्तो लाग्छ। अनी, यो गजलको भिजुलहरु पनि यति थरीले बनाएको रहेछ, कुन राम्रो कुन नराम्रो छुत्याऊनै गाह्रो। जस्तै: रामकृष्ण ढकाल र नम्रता श्रेष्ठले मोडलिङ्ग गरेको, झरना बज्राचार्यको लुक्स पनि त्यस्तै राम्रो…!!! ए…‍ए... सबै मैले भनेहो भने तमाईहरु…..? बाँकी तपाहरु नै पता लगाऊनु होला ल.. । पाँच छ वटा स्टाईलको त मैले नै हेरी सकेको छु र अरु पनि कति छ होला, अहिले केहि दिन पहिले मात्र गायक जगदिश सामलको आवाजले सजिएको गजलको भिजुलको पनि tv र Fm Radio हरुमा खुब बज्न थालिएको छ। यस गजल गीतको लागि हुन त YouTube मा पनि गएर हेर्न न सकिने हैन, तर यहाँ क्लिक गरेर पनि तपाई त्यो भिजुल हेर्न सक्नु हुन्छ।
मलाई पनि यो गजल गीत साह्रै मन पर्छ..!!! अनी तपाईलाई कस्तो लाग्छ…..?


गायक: जगदीश समल


अरु भिडियो हेर्ने हैन र भने..? बाँकी अँशमा क्लिक गरेर....




रामकृष्ण ढकाल र नम्रता श्रेष्ठले मोडलिग्ङ गरेको भिडियो





मोडल झरना बज्राचार्य अनि आलोक नेवाग्ङको डाईरेक्सन लेक्स लिम्बूको क्लेक्शन।





अमीर केसीजीको भिडियो पनि हेरै हालौ





हेमन्त बरालजीले बनाऊनु भएको भिडियो






यहाँ हेर्नु त कसरी आफै नाच्दै.....






बाबा रैली मिस यू भन्दै अर्को भिडियो



यो गजललाई सिंगार्ने यहाँहरु हुनुहुन्छ
गायिका: अंन्जु पंन्त
गायक: जगदीश समल
रचना: बिपिन किरण
संगीत: महेश खडका

न बिर्सें तिमीलाई न पाएँ तिमीलाई
विना अर्थ दिलमा सजायँ तिमीलाई

यो यात्रा सुनौलो अनि साथ तिम्रो
सम्झेर भेट्न बोलाएँ तिमीलाई

आयौ समिपै जब तिमी निदरीमा
यो हलचल, यो धड्कन सुनाएँ तिमीलाई

रमाएँ एकैछिन, पछि आँशु झऱ्यो
अनि आँशु पुछ्दै पठाएँ तिमीलाई

भयो आश रित्तो र यो मन निराश भो
अनि बेहोसी मै कराएँ तिमीलाई

अनायासै मेरो दुख्यो जिन्दगीमा
परेली भिजाइ बगाएँ तिमीलाई


0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails