मेरो डायरीको कुना बाट
My Open Dary
म पनी आज आफ्नो ब्लगपोष्टलागी केही लेखुंकी भने बिचार गरेका थिए तर काहाँ बाट सुरु गरौं कुन शब्दबाट कसरी लेखौं सोच्नै सकीरहेको छैन्, हुन त म लेखक या पत्रकार हैन, नत म कबि नै हुँ, तै पनि केही लेख्ने बिचार भने अबश्य मनमा आएको थियो। त्यसैले होला आफ्नै मनले केही लेख्नकोलागि घचघच्याई रहेको जस्तो भएको।
आज ईन्टरनेटको दुनियाँमा ब्लगपोष्ट साईटले एउटा छुटै ठाऊँ बनाउन सफल भएको कुरामा हामी कसैको दुई मत छैन्। पहिले एउटा लेख रचना प्रकाशित गर्न पत्र पत्रिकाको कार्यलय धाउनु वा हुलाक मार्फत पठाउनु पर्थ्यो, र आफ्नो लेख रँचना प्रकाशित हुन्थ्यो। प्रकाशित भएको लेख रचना पत्रिकामा देख्दा कति खुशि पनि हुन्थे। तर आज त्यो दिन रहेन, किन भने हरेक प्रत्रकारहरु देखी नन्-पत्रकारर समेत को आ-आफ्नै ब्लगसाईट भै सकेको छ। जुन लेख रचनाहरु आफ्नो डायरीको पानामा कति समय् सम्म आरामले बसीरहेको हुन्थे, आजकल त्यो आराम लिने फुर्सत डायरीका पानाहरुलाई छैन सायद, लेखी राखेका कुनै पनि लेख रचनाहरु पत्रिकामा भन्दा पहिले नै ब्लग साईटले प्राथमीक्ता पाई रहेको छ। किन भने सिधै लापटप या कम्पुटर मार्फत लेखी पेस्ट मात्र गरे पुगी सक्यो। कति आनंन्द एकै मिनेटमा आफुले लेखेको कुनै पनि लेख रचनाहरु सारा संसारले तु-हेर्न सकिने….! ईन्टरनेट संसारले मानिसमा एउटा जाँगर र आत्मा बिश्वासलाई मजबुत बनाई दिएको छ। कति मान्छेहरुलाई ईन्टरनेले गलत ठाऊँ र कु:संगत तिर लाग्न बाट पनि बचाई राखेको अनुभव हाम्रो मनले लिई राखेका छौं।
आज मैले ब्लग साईटको बारेमा किन कुरा गरिरहेको छु भने ….. म एकजना पेशाले ब्यापारी मान्छे तर सानै देखी कम्पूटर र इन्टरनेट प्रति झुकाऊ रहेकोले होला बिना ट्रेनिङ्ग मै घरमै बसी कम्पूटर चलाऊन सिकेका मात्र हैन हार्डवेर सोफ्टवेर अनी ईन्टरनेट वेभ डिजायनिङ्ग आदी… बिना ट्रेनिङ्ग मै सिकेका थिए, मलाई आज पनि त्यो दिन याद छ, मेरो छोराको लागि एक जना टीचर घर मै कम्पूटर सिकाऊन बोलाईएको थियो र त्यसको केही फाईदा मैले पनि लिनु पर्छ भने आफ्नो मनमा राखेका थिए।
न भन्दै एक दुई महिना मै मैले कम्पूटर सम्बन्धी धेरै ज्ञानहरु छोरालाई सिकाएको मात्र हेर्दै सिक्दै गए, दिऊसो टीचरले छोरालाई सिकाएको सबै म बेलुकी कम्पूटरमा प्राक्टिस् गरी सिक्ने प्रयास गर्थे, अनी केही कुरा नजानेका भोलिपल्ट त्यही टिचरसंग सोध्ने गर्थे। यसरी नै बाँकी बजारमा पाईने कम्पूटर संम्बन्धी बुकहरु मार्फत पनि सिके। म आज जे जती कम्पूटरको बारेमा जानेको छु त्यो सबै आफ्नै ईच्छ्या अनी लगन र मिहेनतले गर्दा नै सिक्न पाइको हो,
साथीहरु काहाँ गएर जुवा र ताश खेलेर बेकार मै समय् बिताऊनु भन्दा कुनै सिपमूलक काम गरी समयको सदूपयोग पनि हुने आफु पनि केही नयाँ नौलो कुराहरु सिक्न पाईने र गलत बाटो तिर जान बाट पनि बचिने, मान्छेमा ईछ्या र लगन हुनु पर्छ गर्न न सक् के छ र ..? केही छैन्।
आजकल म धेरै जसो समय् कम्पूटरमा ईटरनेट मै डुलेर बिताउने गरेको छु, अनि न्यूजहरुका साथ कुनै पनि बिषय् बस्तु संम्बन्धी सामग्री पनि ईन्टरनेट मै खोज्छु र हेर्छु। मानौ आफ्नो सानो कोठा आज मेरो लागि दुनियामा जहाँ जहाँ जान मन्छ त्यही पुग्न सकिने एउटा ‘बाहन’ भेटे जस्तो, एकै ठाऊँमा बसी सारा संसार डुल्न सकिने त्यो भन्दा ऊत्तम अरू के होला र ..? हैन र मित्रहरु….!
क्रमश:….
Friday, August 21
अतित र बर्तमानका केही कुराहरु…
Subscribe to:
Post Comments (Atom)
0 प्रतिक्रिया:
Post a Comment
कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!