माइक्रोसफ्ट इन्टरनेट ब्राउजरको बजारमा एकछत्र राज्य गर्ने इन्टरनेट एक्स्प्लोररको नयाँ संस्करण केही महिनाअघि लञ्च गरियो । यसलाइ इन्टरनेटबाट सित्तैमा डाउनलोड गर्न सकिन्छ ।
माइक्रोसफ्टले यसलाइ बजारमा ल्याउनुअघि एक वर्षसम्म भित्रभित्रै प्रयोगात्मक चरणमा चलाइँदैथियो । आफ्नै अपरेटिङ सिस्टम भिस्टा र माइक्रोसफ्टकै पुराना अपरेटिङ सिस्टम एक्सपीमा यसलाइ चलाउन सकिन्छ । अझै पनि एक्सपी र भिस्टा सर्वसाधारणमा निकै लोकप्रिय रहेको छ ।
यो नयाँ संस्करणले Internet Explorer 7 लाइ विस्थापित गर्ने आशा लिइएको छ । Internet Explorer 8 मा भएको सबैभन्दा महत्वपूर्ण सुविधा भनेको कुनै पनि वेबसाइटलाइ राइट क्लिक गरेर सिधै ब्लग वा अन्य सामाजिक सञ्जालका साइटहरूमा पोस्ट गर्ने सुविधा राखिएको छ ।
अचानक तपाईको कम्प्यूटर off भै दियो र जुन जुन् साइटमा तपाई पहिले हुनुहुन्छ पछि कम्प्यूटर on गरी फेरी त्यही त्यही साइटमा पुन्न जस्ताको तस्तै पुग्न पनि सक्नु हुन्छ। त्यसको लागि दुइ वटा बिक्लप दिएको हुन्छ जस्तै पहिलो: तपाईले Internet Explorer ओपन गर्ने बिटिकै Restore your last sesson Reopens all tabs what were open when your browser closed र अर्को Go to your home page भनेर बक्समा देखाउने छ।
यसले दिएको अर्को सुविधा भनेको एक्सिलेटर पनि हो । तपाइँले बिर्सनु भएको कुनै वेबसाइटको पहिलो शब्द लेख्ने बित्तिकै उसले तपाइँलाइ विभिन्न त्यस्तै नाउँबाट उठेका वेबसाइटहरूको सूचि उपलब्ध गराउँछ । यसबाट तपाइँले भुलिसकेको वेबसाइटलाइ पनि पुनः प्रयोग गर्न पनि सक्नु हुनेछ ।
यसका अतिरिक्त नयाँ ब्राउजरले तपाइँलाइ इन्टरनेटबाट हुनसक्ने भाइरसजन्य खतराबाट सुरक्षा दिने काम गर्दछ । यदि तपाइँ कुनै भाइरसजन्य वा मालवेयरयुक्त सोर्स साइटमा पुग्नु भएको खण्डमा ब्राउजरले तपाइँलाइ चेतावनी दिने गर्दछ ।
Thursday, August 27
माइक्रोसफ्ट इन्टरनेट ब्राउजरको नयाँ एक्स्प्लोरर ८
Subscribe to:
Post Comments (Atom)
1 प्रतिक्रिया:
sahi kuraa ma ahile yahi download garera kam chalaia raakheko chhu kinaki yasle sabai bhanda pani FLASH PLAYER lai suport garchha tyasaile ma yaslaai ahile mustly use garchhu.
Post a Comment
कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!