Friday, August 28

अन्जु पन्तको एउटा गजलले नेपाल टेलिकमले १ करोड ८ लाख रुपैंयाँ कमायो।


गायिका अन्जु पन्तको नाम सुन्ने बिटिकै हाम्रो मनमस्तिकमा ‘न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई…..’ भने गजल गीत दिमागमा बज्न थाल्छ। हुन पनि त्यस गजल गीतले हरेक नेपालीहरुको मन सजिलै जितन सफल मात्र हैन आफनो मोबाईल सेटमा त्यस गजल डाउनलोड गर बापत नेपाल टेलिकमलाई १ करोड भन्दा बढि रुपैंयाँ कमाई सक्यो रे । सायद यति धेरै रकम एउटै गीतले कमाईएको यो पहिलो नै हुनु पर्छ। रमाइलो गर्नुपर्ने स्वभावकी अञ्जु पन्तका धेरै जसो गम्भीर प्रकृतिका गीत हिट भएका छन् ।
काठमाडौं नक्सालको नन्दी रात्रि मा.वि. बाट एस.एल.सी. दिएपछि उनको पढाइभन्दा पनि संगीतप्रति रुचि बढ्यो । अञ्जु पन्तका सांगीतिक गुरु स्व.कृष्णमान डंगोल हुन् । मेहनत, लगन र रियाजले आफूलाई सफल बनाएको मान्ने पन्तको २०६५ मा रेकर्ड भएको न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई….. गीत मोबाइलमा डाउनलोड गरेबापत् नेपाल टेलिकमले १ करोड ८ लाख रुपैंयाँ असुल गरिसकेको छ भने कुरा सायद कतिलाई पत्याऊन गाह्रो भैरहेको होला। तर अन्जु पन्तले करोडौ रुपैयाँ भन्दा पनि करोडौ श्रोतामाझ आफ्नो स्वरलाई चिनाऊन सफल भएकी छिन भनेमा दुई मत छैन। आऊनुस गायिका अन्जु पन्तको बारेमा थप जानकारीको लागी केहि छोटो मिठो कुराकानी। अनी केही पुरानो भिडियो क्लिपहरु…..


बिनाअर्थ दिलमा सजाएँ तिमीलाई… गीतले अर्थ कत्तिको जुटायो ?
अर्थभन्दा पनि इज्जत, प्रतिष्ठा, नाम र माया कमायो ।

उक्त गीतको भाव तपाईंको जीवनसँग कत्तिको मेल खान्छ ?
कत्ति पनि मेल खाँदैन ।

पहिले के बन्ने रहर थियो ?
शिक्षिका ।

घरबाट के सोचेर निस्कनुहुन्छ ?
मेरो कामको सेड्युलका विषयमा सोच्छु, रेकर्डिङ, इन्टरभ्यु, प्रोग्राम आदि घरमै तय गरेर हिँड्छु ।

बाहिर जाँदा कहिल्यै नछुट्ने दुई वस्तु ?
मोबाइल र मास्क ।

आफ्नो निजी ब्यागमा के बोक्नुहुन्छ ?
ब्याग बोक्दिन । बोकिहालें भने रेनकोट मात्र बोक्छु ।

तपाईंको स्लिम बडी सेपको रहस्य ?
खानामा अरुचि ।

गायिका हुनुको नाताले प्रशंसकहरूको आकर्षण त हुन्छ नै, यो रमाइलो कुरा हो कि डिस्टर्व हुने कारणले दिक्क लाग्ने कुरा ?
यो खुसीको कुरा हो । यद्यपि कहिलेकाहीँ रात बिरात आउने फोनले निद्रा बिगार्छ ।

ऐनामा हेर्दा आफ्नोे कुन अंगलाई बढी ध्यान दिनुहुन्छ ?
म गाजल मिलाउन ऐना हेर्छु । त्यसैले आँखामै बढी ध्यान केन्दि्रत हुन्छ ।
कस्तो गीतले तपाईंलाई दिक्क लाग्छ ?
संगीतले मलाई कहिल्यै दिक्क बनाउँदैन ।

कस्तो खाना मनपर्छ ?
अमिलो, पिरो अर्थात् चटपटे टाइपको ।

मोबाइल कुन प्रयोजनका लागि बोक्नुहुन्छ ?
हेल्लोबाहेक अर्को प्रयोजन छैन ।

सबैभन्दा मीठो के पकाउनुहुन्छ ?
पोर्क

आफ्नो जीवनलाई प्रभावित गर्ने कोटेसन ?
‘के छ र जिन्दगानीमा’

कुनै बिहान उठ्दा आफ्नो स्वर हराएको पाउनुभयो भने के गर्नुहुन्छ ?
स्वरै हरायो भने त मर्थें होला ।

-लक्ष्मी भण्डारी

अत्यधिक लोकप्रिय् गीत, सागर सरी चोखो माया तिमिलाई दिऊला...

गायक:राजेश पायल अनी गायिका:अन्जु पन्त

२०६५
साल बिजया दशमीको केहि दिन पहिले डिसी नेपालमा प्रसारण ईन्टरब्यू

2 प्रतिक्रिया:

Unknown said...

अन्जु पन्त संगको छोटो मिठो भलाकुसारी बाँड्नु भएकोमा धेरै धेरै धन्यबाद।।

Unknown said...

The song Nabirse timilai napaya timilai is really very very superb,fabulous, fantastic, splendid, outstanding and so and so.............
Ma sanga sabdha chhina tesko bayan garne

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails