Saturday, August 29

मातृभूमिको यादमा नेपाली भाषाका ब्लगबारे केही कुरा…

डायरीको पानाबाट


यो ब्लग संसारको दुनियाँमा म त्यति धेरै समय् त भएको छैन, तै पनि मैले जे जति ब्लगसाइट र अन्य वेबसाइट हेरी त्यस बाट जुन अनुभव यो छोटो समयमा हासिल गर्ने मौका पाए त्यो मेरो जिन्दगिकै एउटा अबिसमर्निय क्षण हुनेछ। मैले सोचेकै थिएन कि नेपाली ब्लगसाइटहरुले पनि ईन्टरनेटको संजालमा यति धेरै फडको मारिसकेको होला भन्नी, कतिपय ब्लगसाइटहरु भखर भखरै मात्र पाइला टेक्दै, हिडने कोशिशको क्रममा रहेको पनि देखे, त्यसमा सायद म पनि पर्छु होला, कतिपय् ब्लगसाइटहरु ब्यबसायिक्ताको हिसाबले चल्ने जम्रकोमा र संचालनमा कुडिरहेको पनि देखे। र कति त कम्प्यूटर र ब्लगको बारेमा ज्ञान र जानकारी मुलक टिप्सहरु दिनकोलागि पनि प्रयाशरत भएका देखे त्यो अबशय पनि शाहर्निय राम्रो कुरो हो।

पहिले त मैले सोचेको पनि थिएन कि नेपाली भाषाको ब्लगसाइटहरु यति धेरै होला भन्नी, र ब्लग मात्र पत्रकार मित्रहरुले संचालनमा ल्याउने एउटा वेबसाईट भन्न थानेको थिए, ईन्टरनेमा ब्लगसाईटहरु देखे पछि पो थाहा पाए यो त जता ततै ब्यापक पो रहेछ भन्नी। आफ्नो देशको खबर आफ्नै भाषामा बिदेशमै बसी त्यो पनि स्वदेशकै पाठकहरुको समयमै हेर्न सकिने, पहिले जस्तो दैनिक राष्ट्रिय पत्रिकाको भरमा बस्न पनि न पर्ने जुनसुकै समयमा आफ्नै मातृभाषामा देश बिदेशको ताजा समाचार तु- हेर्न पाउने बनाई दिएको छ यो गुगलको ब्लगसाइटले। तर कति ब्लगसाइटहरु उत्सकृत दर्जाको र दैनिक राष्ट्रिय पत्रपत्रिका सरह संगै डौडीरहेको छ भने कतिपय ब्लगसाइटहरु आफ्नो ब्यक्तिगत प्रयोगकोलागि र नोटबुकको जस्तै काममा ल्याईरहेको पनि महशुस गरेछु मैले।
ब्लगमा राखिएका प्राय्: एउटै लेख पनि दुई तिन जनाको नामले प्रेशित भएको पनि देखियो, सायद लेख रचना कपी गरी आफ्नो नामको ब्लगमा राखीएका पनि हुनसक्छ होला। अधिकारीक लेखक को हो चिन्न मुश्किल काम हो, हुन त आफ्नो अमूल्य सिर्जना कसैले एकै मिनेटमा अर्कै साइटमा अरुकै नाममा राखेको देख्दा मन दुख्छ नै। कमसेकम श्रोत नखुलाए पनि असली लेखकको नाम त दिनै पर्ने हैन र भने..? पाठकहरुले कुन ओर्जिनल कुन कपी यो कसरी थाहा पाऊने। यदि कुनै लेखया रचना मन परे त्यसको कपी लेखकको नाम सहितको गरीलिने र आफ्नो साईटमा त्यसको बिशेष ब्यबस्थाका साथ कुनै एउटा टासो कुना ठाँऊ दिई राखे आफ्नो पनि ब्लग सजिने र सम्बन्धित लेखकको पनि मान रहने त्यसो गरे कसो होला..? तर बिद्यमान परिस्थितिमा टेक्स या फोटो कुन साईटले कपी गरी आफ्नो नाममा राखेका हुन त्यसको लागि प्रमाण जुताईरहनु भनेकै आफ्नै परिचय आफेले खोजि हिडे जस्तो हुन्न र?
माथि जे जसो लेखे त्यसमा सबैको सहमत नहुन सक्ला तर बास्तबिक्ता पनि त त्यहि हैन र भने, केही दिन पहिले एकजना मित्रको लेख रचना कुनै एउटा साईटमा अर्कै ब्यक्तिको नाममा फेला परेको देखेर उहाँले त्यस बारेमा संम्बन्धित पक्षलाई जानकारी पठाई त्यसको ओर्जिनलको प्रिनट समेत पठाई आफ्नै लेखकोलागि आफैले प्रमाण दिनु पर्दा कति रिस उठ्यो होला। त्यो पनि एउटा ब्यबसाहीक वेबसाइटमा रे …. कस्तो बिधंम्बना….।,

मैले माथिनै जनाई सकेकि म यो संजालमा नौलो हुँ, अरुको लेख कपी गरी आफ्नो साईटमा राख्न हुन्छ या हुन्न कतिले जानी गर्छन त कतिले अन्जान मै गरिरहेको हुन्छ। मलाई नेपाली भाषामा वेबसाईट मनपर्छ त्यसैले यस क्षेत्रमा मेरो ईच्छा जाग्यो र मैले पनि पाईला तेके ब्लगरको संसारमा जानी न जानिकनै त्यो पनि केही सिक्ने प्रयासरथका साथ। आज नेपाली यूनिकोड ईन्टरनेटमै सजिलै पाउने भएकोले पनि नेपाली भाषाको ब्यापक्ता बढेका होला सायद।
सातसमुद्र पारी बिदेशमा बसी पनि नेपाली भाषाका ब्लगहरुको ठुप्रो देख्दा कुन नेपाली भाषा प्रेमी देशप्रेमीको मन खुशिले गडगड् हुन्दैन र…!, केहीक्षन भए पनि आफ्नो मातृभूमिको याद दिई हाल्छ, आफ्नो परिवारको र देशको माया लिई हालछ। अन्तमा नेपाली भाषाको ब्लग पढ्ने गरौं नेपाली भाषालाई माया गरौं र अझ यसलाई ब्यापक्तातिर लिएर सधै अगि बढौ। जय् नेपाल..! जय् नेपाली भाषा...!!, ह्यापी ब्लोगिग्ङ..!!!,

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails