Sunday, August 30

'परी'



तिमी औशीको रातको कुरा गर्छौ
मेरो त जूनेली रात पनि बिताउन गाह्रो छ
तिमी गन्तब्यको ढोकाको कुरा गर्छौ
मेरो त आफ्नै घरको ढोका पनि पराई छ

तिमी नजर मिलाउने कुरा किन गर्छौ
त्यहि नजरले आज मेरो जिवन तबाह छ
तिमी सुनैसुनको कुरा किन गर्छौ
यहाँ नूनको लागि तड्पेको बर्सौ भए छ

तिमी मायालाई कति सस्तो सम्झिन् छौ
त्यहि मायालाई पाउन मलाई जूनी बिटे छ
तिमी आशा मिलनका कुरा किन गर्छौ
त्यहि आशलेगर्दा आज सम्म बन्धनमै छ

तिमि किन सोच्दैन अरुको पनि मन हुन्छ भनेर
यहाँ हरेकले पलपल मेरो मन तोडेको साइनो छ
तिमी फेरी साइनो गास्ने कुारा किन गर्छौ
त्यहि साइनोले पलमै सारा सम्बन्ध टुटायौ
अब ती सम्बन्ध गास्न “परी”लाई जुनी बित्ने छ

मनमा पिडा अनी अधुरो मुश्कान कष्टप्रद जिवन छ
अधुरा आकाक्ष्या तनावको माया कसैको पर्खाईमा छ
सयोग अपेक्षा पिरतीको अनुभूती तृषणामा छ
त्यहि नियतीको खडेरीमा जुनी अब बिताउनु छ

-कालीपरी


परेलीमै छौ कि कसो, तिमी नै तिमी देख्छु

परेलीमै छौ कि कसो,
तिमी नै तिमी देख्छु
सक्दिन म बिर्सिदिन,
छायां बनि पछि आउने छु
केही दिन भो भेट न भाको,
बर्सौं बिते जस्तो लाग्यो
मिठो मिठो सम्झना मा,
सधैं रमि रहुँ जस्तो लाग्यो
तिमी लाई भेट्न भनि,
भिडहरुमा धाउछु
तिमी लाई हेर्न भनि,
हिउँद भै आउंछु
सक्दिन म बिर्सिदिन,
छायां बनि पछि आउने छु
परेली मै छौ कि कसो,
तिमी नै तिमी देख्छु

तिमी सित सधैं भरी कल्पना मा कुरा गर्छु
कहिले चद्छु उकाली त कहिले बेसी झर्छु
यि मिठा मिठा याद हरु, गीत बनाइ गाई दिन्छु
परेली मै छौ कि कसो, माया भनी देखछु

-गुरु केदार बराल

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails