Monday, August 31

पश्चातापको भुमरी

-:काली परी

लोडसेडिङ्गले पुरा गाऊँ आंन्ध्यारो छाए पनि जूनेली रातको प्रकाशले बस्तीमा केहि उज्यालो भने थियो। तर यहाँ परीको अनुहारमा भने औशिको रात झै अंध्यारै छाएको छ। दिनभर आ-आफ्ना कामहरु भ्याई नभ्याई सिध्याई साँझ तिर बति गएको बेला कहिलेकाही यसरी नै साथिहरु भेला हुने गर्थ्यो सधैं। अनी दिनमा कले के के गरिन लेखाजोखाका कुरा पनि यहि छलफल गरिने गर्थ्यो। पृथ्बीराज मार्गको बाटैमा पर्ने तनहुँ जिल्लाको एउटा सानो सुंन्दर गाऊँ राजमार्गबाट झन्दै ४,५ किलोमिटर दक्षिण तिर पर्ने जहिले पनि सलसल बगिरहने एउटा नदीको किनारमा अबस्थित यस गाऊँमा पनि अरु घाऊँमा जस्तै धेरै जसो पुरुषहरु बिदेशमै गएर काम गर्ने र महिलाहरु आफ्नो घरको काम खेति गर्दै अनि आफ्नो लोग्नेको पर्खाईमा नै दिनहरु बिताईरहेका हुन्छन्। कतिको त बिहेगरेको ४ महिना पनि न बिट्दै श्रीमतीलाई छोडी बिदेश पलाएन भएकाहरु पनि यस गाऊँमा धैरै छन। कसैको लोग्ने बर्षमा एकपल्ट छुट्टिमा घर आऊँन्छन त कसैको त ४,५ बर्षमा पनि एक चोटी घरमा न आएकोले यहाँका चेलीबेटी आफ्ना श्रीमानको पर्खाई मै दिन बिताउन बाध्य भै रहेका छन। बिदेशमा बसी घरमा आफ्ना श्रीमती कस्तो हाल्तमा होलान् र के गरी बसेकी होलान भनी कतिले राम्रै केयर गरिरहेका पनि छन। कतिले आफ्ना श्रीमतीलाई संका उपसंका गरी मानसिक तनाव प दिएर महिलाहरुलाई आफ्नो खुशिले बाँच्न पाउने अधिकार बाट पनि बंचित पारिरहेका यस गाऊँमा सुन्न र देख्न पाईन्छ। बर्षमा एक चोटि घर आऊँदा पनि आफु बिदेशमा हुन्दा आफ्नो श्रीमती अर्कैसंग पो लागेकी केही कुरापो लुकाई की भनी शंकाको दृष्टीले नहेका पनि हैनन्। केहि महिलाहरु त्यस्ता भयो पनि होलान तर एक जनाले गरे छ भन्दैमा त्यसको सजाय् निर्दोश महिलाहरुलाई पनि किन दिने..!
महिलाहरु भने आफ्नो लोग्ने बर्षमा एकचोटि घर आऊँदा केके नी ल्याईदेला आफुलाई भनी खुशि हुन्दै बसेकी हुन्थ्ये। तर घर पुग्न पाएको हुन्दैन बाटै बाट झगडा शुरु भने जस्तो हुन्थ्यो। यस्तै सिस्थितिबाट गुजरिरहेकी छिन आज परीको जिन्दगी पनि। जहाँ जिन्दगी नै बिरानो र खडेरी परे जस्तै भए पछि
केहि चिजको अपेक्षामा किन बाँच्ने,
महिनौ भै सक्यो उदास जिन्दगी अनी पिडामा बाँच्दै आएको।
साथिहरुको खीलल..खिल हाँसोले परी झसंग हुन्छि र
सोचको दुनिया बाट बाहिरिन्छ,
दायाँ हातले गालमा छोपिएका कपाल मिलाउदै
साथिहरु संगै हाँस्ने प्रयासमा मुश्कान ल्याऊन खोज्छ, तर
त्यो अधुरो मुश्कान सुस्तरी त्यहि बिलाउछ।
कसैको पर्खाईमा बस्दा तोलाउने अन्जान जस्तो हुने
त्यो त प्रकृतिको नियम नै हो नी हैन र…? मनमनै आफ्नै आत्मालाई सोध्छे….!,
हाँसो खुशि, मोज मस्ति,
अनी सुखी र आरामको जिन्दगी कसले चाहेको हुन्दै र तर
कति कुरा चाहेर पनि नहुने रै छ,
गाऊकी चेलीहरु जस्तै परीको पनि बिदेश गएका आफ्नो पतीलेकेही रुपैयाँ कमाएर ल्याएको हेर्न चाहेका थिई त
के नराम्रो सोचे र….।
सबैले ल्याई नै रहेको छ,
कतिले त काठमाण्डौमा घर जग्गा पनि किनिसके रे..!
साथिहरुको हाँसोले परीको सोचमा फेरी बाधा बनिदिन्छ।
साथमा परी पनि फेरी हाँस्ने प्रयास गर्छे
मुश्किलले ओठ खोल्दै अपुरो हाँसो….तर,
भित्रिमनको जलनले हाँसो दबाई दिनछ,
उता साथिहरु सबै खिलखिल.. हाँस्दै भलाकुसारी गर्दै आ-आफ्ना मनका कुराहरु राख्दै आज कसलाई के भने कुन केटालाई मुर्गा बनाईयो कसले आफुलाई फोन गरी जिस्क्याई आदी ईत्यादी भन्दै जिस्की बसिरहेकी थिए।
तर तिनीहरुले गरेका कुराले परीलाई हाँसाऊन भने सकेन, न
कुनै असर नै परे,
परी त आफ्नै सोचमा मगन थिई।
यो आजको मात्र कुरा हैन
यसरी नै गरी महिनौ भई सक्यो
दिनहरु बितिरहेका तर
आज भने अलि भढी नै मन हतास भै रहेको छ, परीको।
कतै केहि होला जस्तो,
प्रकृतिनै बेग्लै जस्तो,
चराहरु पनि आज बिरही बियोग र बेसुरा हुन्दै काराई रहेको जस्तै, खै,
के भएको हो परीलाई मात्र होकी
अरु लाई पनि यस्तै लागेको हो सोच्नै सकेको थिईन्।
अनी यस्तो अध्यारोमा पनि चराहरु
के चिरिचिरी गर्दै कराई रहेको होला..!
अरु बेला त
यस समय् सुनसानै हुन्थ्यो,”मनमनै यस्तै बरबराईन परी”
परीलाई आज चराहरुको आवाज पनि सुन बेसुरा लागिरहेको थियो।‘

सधै झै एका बिहानै उठी ‘परी’ कुचो लगाउदै थिई,
अँचानक अँखा नन्दको मोबाईल चार्जगरिरहेको ठाऊँ तिर पुगे छ,
किनकी मोबाईलको घन्टी off तर
बती भने झिमझिम बलिरहेको थियो,
सायद मोबाईल vibrating मा राखेकोले होला,
नजिकै पुगिसकेकोले नम्बर ठम्याउन गाह्रो पनि भएन, र
चिरपरीचित जस्तो पनि कतै देखेको जस्तो,
बायाँ हातले बिस्तारै मोबाईल समाउदै नजिकै ल्याई हेर्छे,
एएए….! यो नम्बर त उहाँकै हो नी,
किन मेरोमा न गरी नन्दकोमा गरेका होला…!,
परी, हत न पत कुचो त्यहि फ्याल्दै
आफ्नो कोठातिर दौडिन्छ,
अनि तकिया मुनी राखेको मोबाईल झिकि मिसकल छकि भनि हेर्छे तर
कुनै कलगरिरहेको हुन्दैन्,
मन मनै सोच्न थाल्छ के
उहाँ काठमाण्डौमा पुगि सकेको हो र…?
आफैलाई प्रश्न सोध्दै भुनभूनाऊदै कोठाबाट बाहिर निस्किनछे,

यसपाली घर आऊदा फर्केर जान मन लागेन भनी एक महिनाको बिदा लिई आएको पनि ५,६ दिन बढीनै बसेर गएका थिए, मैले नै कर गरि जानु पर्छ, यहाँ बसेर के कामगरी खाने, उता भै रहेको काम किन छाड्ने, भन्दै करगरी पठाएका थिए, सायद त्यसैले म देखी रिसाउनु भएको होला,’परीको मनमा अनेक राम्रा नराम्रा बिचारले पौडिखेलि सकेको हुन्छ,
परी,ले सोच्नै सकिरहेको हुन्दैन
के गरौ कसरी थाहा पाऊँ,
नन्दलाई सोधौ कि भनी उनको कोठातिर जान खोज्छ तर
फेरि मनमा बिचार आउछ, हैन
म किन सोध्ने उ आफै भनिहालछे नी,
दाईको फोन आएको छ भनेर
म मात्र किन झुक्ने..! मेलै के बिराएको छु र,
यस्तै सोच्दै त्यसदिन त्यसै बित्यो
तर परीको नन्दले परीलाई त्यस्तो केहिकुरा भनिनन्,
मनमा कौतुहलत्ता झन बढ्न थाल्छ।
काहाँ पुग्यो होला…?
सायद एर्पोटबाट कल गरेको होकि..!
या त्यहाँ बाट पनि हिडिसकेको हो।

साँझ तिर परी एक जना साथिको घरमा गई सबै कुरा भन्छे,
अनि उनकै मोबाईलबाट त्यस नम्बरमा फोन गरिन,
हेलो, ‘उटाबाट केटा बोलेको स्वर सुन्छ दुबै जनाले।“
हो.. परी, ‘दाईकै आवाज हो।‘
Hands free राखेर बोलेकोले त्यो आवाज परीले पनि सुनिसकेकी थिईन्।
कति बिधंम्बना गएको दुई महिना भएको छैन फेरि फर्केर किन आएको होला, बिदेश जानकोलागि कति मान्छेहरु आफ्नो घरबार धिटो राखी पैसा जम्मा गरि पनि भिषा आएन भनि कतिले जान पाईरहेको छैन, तर उहाँ भने गरिरहेको काम पनि छाडी नेपालमा के नै छ भनि फर्किन हतार,
आखिर किन हो..?
परीको श्रीमानले परीलाई माया गरको भने कि के भने हो, घर आउने बेला एक छिन छोडदैन रे, कहि जान पनि न दिने, परीलाई मोबाईल पनि बोक्न न दिने, त्यस्तो कडाईकासाथ बस्नु पर्ने रे, कोई केटा या केटीहरुकै मिसकल मात्र आए पनि कस्को हो को हो, फलानो सलानो भन्दै झग्दा गर्ने गर्थ्ये। त्यसैले होला यसपालि उटा गै सकेपछि पनि राम्रोसित फोन पनि गरेन, र गरेपनि त्यहि पुरानै कुरो,
कहिले काहि sms पठाए पनि त्यहि नचाहिने संका उपसंका मात्रै लेखी पठाऊने गर्थ्यो।

१२ बर्षका एक छोरा अनि एक छोरीकी आमा परी, आज छोरीको सानै छन्दा एउटा दुर्घटनामा मृत्यु भएका संझिंदा पनि मन दु:खी हुन्छिन्। त्यसबेला कौशिको बार पनि लगाएका थिएन, भखर घर बन्दै थियो, धानकाटेर सुकाउने बेला भएकाले अरु चेली बेटी जस्तै आफ्नो घरको छतमा धान सुकाउनामा ब्यस्त थिईन, तर कतिबेला छोरी माथि पुगीन परीलाई थाहै भएन, जब तल घरको चौकमा केहि खसेको आवाज कानले सुनी, तल हेर्दा आफ्नै सानी छोरी उतानो परि भूईमा पछारी रहेको देखिन। त्यतिबेला धेरै बेर भैसकेको थियो। छोरी माथी कौशिबाट तल खसीसकेको थियो। कति कोशिस गरे बाचाउन तर सबै असफल……।

अहिलेको बिहेहुनु भन्दा पहिले परीको बिहेको लागी एकजना ब्रिटिस लाहुरेका छोरासित कुरो चलेको थियो भन्थ्यो, तर त्यसलाई इन्कार गरी आमा बुबाको कुरा लत्याई आफैले Love गरेका केटासित आज भन्दा १३, १४ बर्ष पहिले भागी बिबाह गरेकी थिईन् परीले।
भागेर केहि दिन पोखरामा केटाको साथिको कोठामै बसेको रहेछ। त्यस्तो बेला पनि होटलमा न बसी साथिको कोठामा बस्न परेकोमा परीको मनले आज पनि सोच्न सकेको छैन, किन अर्का कोठामा राकेको रहेछ,
एउटा हातले आँखाको आँसु पुछ्दै अर्को हातले कुम बाट तल झरेको कुर्त्ताको शल मिलाऊँदै फेरी अतितका कुरा समर्ण गर्दै भन्छे….
आज पहिलेको कुरा संम्झिदा बेकारमा आमा बुबाको मन दुखाएको जस्तो पनि हुन्छ, बरु त्यो ब्रिटिस लाहुरेको छोरोसित बिहे भएको भए सायद यसरी आज कष्टप्रद र अतर्द्वदको जिन्दगि त बाँच्नु पर्दैन्थ्यो होला..?।
मनमा जति सुकै पिडादायी कुरो भएपनि भित्रै दबाई लुकाई राख्न परिरहेको छ,
आमा बुबालाई भनु,
कुन मुखले,
साथी संगीनीलाई भनु झन उनीहरुले हेप्छन,
सासु ससुरो नन्दको त कुरै न गरौ,
उनीहरु आफ्नो छोरा र दाई तिरको पक्ष न लिई
बुहारी भौजुको पक्षमा के बोली देला र।
के गरौ आज नियतीले भाग्य नै यस्तै बनाई दिए पछि
आफैले खनेको खाल्दोमा आफै पुरिए जस्तो भयो।
आज आफुले गरेको फैसला प्रति पश्चाताप गरेर के फाईदा…?

हुन पनि धेरै जसो आमा बुबाको कुरा नमानि आफैले रोजेका केटा सित बिहे गर्नेहरुको हालत परीको जस्तै भैरहेको छ। उनीहरुको न माईतीकोले राम्रो दृष्टीले हेरि दिन्छ न घरकोले नै। पहिले तिनएजको बेला आँखा देखिएन Love is bland भने जस्तै भैदियो, बिहे गरको १,२ बर्ष सम्म त Love marriage गरेको हामीले भनि साथिहरुको अगाडी भन्न पाउदा, सुन्दा त मिठो नै लाग्थ्यो। तर सत्य त्यहि हो जुन आज परीले भोग्दै छिन्।

परी, की श्रीमान नेपाल आएको हो होईन र परीलाई उनको श्रीमानले किन त्यसरी छल गरेको त्यस पछि के हुन्छ बाँकी जानकारी पछि….!
क्रमश:



0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails