Friday, September 4

एउटा अर्को फामिली रेष्टुराँन्टको आगमन



भाद्र १८ ललितपुर्
हिजो ललितपुरको जावलाखेल स्थित सेन्ट जेभरियस स्कूलको अपोजित दक्षिणतिरको सानो पिचबाटो हुन्दै ५० मिटरको भित्रि दूरीमा एउटा नयाँ ‘फामिली भूजा घर रेष्टुराँन्ट एण्ड पार्टी पालेश’ नामको रेष्टुराँन्टको ओपनिङ्ग भएको थियो, साथीहरु मिली खोलेको रेष्टुराँन्ट भए पछि निम्तो त आउने नै भयो, हामी बिहान १० बजे त्यहाँ पुग्दा भखर तयारी हुन्दै थियो। पुग्ने बिटिकै मैले आफ्नो Nokia N95 8GB मोबाइलबाट केहि भिडियो र फोटोहरु क्लिक गर्न सुरु गरिहाले, तर मलाई त्यहाँ पुगे पछि थाहाँ भो ओपनिङ्गकोलागि पाहुनाहरुलाई १२, १ बजेमात्र बोलाईएको रहेछ।
हिजै पाटनको ग्वार्को त्यागलमा ‘ग्वार्को युथ एशोसीएसनको पनि बिहान ७ बजे मिटिङ्ग रहेकोले म बिहानै त्यहाँ पुगेका थिए। मिटिङ्ग सकिने बिटिकै मेरो भाईले मलाई घर छोडि दिन्छु दाई भनेकाले हामी दुबै त्यहाँ बाट निस्केका थिए।, तर घर लिएर जानुकोसत्ता मेरो भाईले सिधै रेष्टुराँन्टको ओपनिङ्गमा लिएर गएछ। मलाई त थाहा पनि थिएन त्यस दिन रेष्टुराँन्टको ओपनिङ्ग रहेछ भने कुरो, तर हाम्रो ‘ग्वार्को युथ एशोसीएसनको’ नाममा निम्तो रहेकोले सबै जानु पर्छ भनि भाईले भने र साथिहरुको रेष्टुराँन्टको ओपनिङ्ग भए जानै पर्यो भनि बिहान १० बजे घर नगै त्यहाँ पुगेका थिए।
रेष्टुराँन्ट स्ट्याण्डर्ड नहुने त कुरै भएन, स्ट्याण्डर्ड मान्छेहरु मिलि खोले पछि। बिशेषगरी फामिलीहरुलाई टार्गेट गरि खोलेएको भनेकुरा त रेष्टुराँन्टको नामैबाट पुष्टि भै हाल्यो। डेकोरेशन पनि राम्रै गरेको रहेछ पार्किङगको प्रशस्त ठाऊँ पनि छन्। गर्मी महिनाको लागि भित्र हलमा AC को पनि ब्बस्था गरेको छ। अर्को मुख्यकुरा प्राइसहरु पनि रिजनेवल नै छ अरु रेष्टुराँन्टको तुल्नामा, सम्पूर्ण सुबिधा भएर पनि केहि कमी रेष्टुराँन्टको गार्डेको भने थियो।
त्यस अबसरमा लिईएका केही फोटोहरु हेरी आफै अन्दाजा लगाऔं यो भूजा घर कतिको रमाइलो र फामिलीहरुको निम्ति उपयोगी हुन् सक्ला। फोटो हेरी यदि तपाई पनि यो रेष्टुराँन्टमा पाल्नु भै यस रेष्टुराँन्टको शोभा बढाउने अबसर बाट बंचित नहुनु होला, हजुरहरुकै फामिलीको लागि खोलिएको यस रेष्टुराँन्टमा एक चोटि अबश्य पाल्नु भै यहाँका परिकारहरुको स्वाद कतिको स्वादिलो अनि प्राइसमा रिज्नेबल र आफ्नै फामिलीमै बसी मिली जुली खाएको अनुभूती हुन्छ कि हुन्दैन...!
एकचोटि पाल्नु भै त्यो अबसर लिनुस् त्यस पछि थाहाँ भै हाल्छ।





0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails