Monday, September 7

याद दिलाऊने कोशिस नगर

kosis
तिमी हर कुरा
मसित लुकाउने नगर
तर हरेक कुरा
सबैलाई भने नी नगर

साँचै
पहिले देखी धेरै निराश छु म
मलाई अझ
निराश बनाउने कोशिस नगर
मनको दाग
अझ सम्म धुन सकेको छैन
मायाको दाग
लगाउने फेरी कोशिस नगर

ईच्छा, आकांक्षा नी सुट्दो रहेछ,
सपना जस्तै
तिमि यसलाई फेरी
उठाऊने कोशिस नगर
वाचा गरिन्छ ततोडि पनि दिन्छौ,
तिमिले म संग
झूठो वाचा
फेरी गर्ने कोशिस नगर

यात
याद दिलाऊने त्यस्तो कुनै काम गर
तर हरेक कुरा सबैलाई भने नी नगर


केवल तिम्रै निम्ति


तिम्रो जिवनको
हरेक पलमा म जिऊँछु
अनि भोग्छु,
तिम्रो हर कष्टकर
पिडा सहन्छु।
तिम्रो हरेक धडकन
सुनाई दिन्छ मलाई
भावना अनुभूति
सपना पनि
अनि म शब्दमा
उक्लन्छु
जिऊँछु केवल
म तिम्रो निम्ति
केवल तिम्रै निम्ति

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails