Wednesday, September 9

ब्लगबारे मेरो मनमा लागेका केहि कुराहरु

आज धेरै दिन पछि केहि लेख्ने बिचार गर्दै छु अझ भनु पर्दा मनको केहि गाँठो फुकाल्ने जमर्को गर्दै छु। जुन दिन देखि मैले यो ब्लगसाइटको संजालमा पाईला टेकेका थिए। त्यहि दिनबाट मेरो धेरै जसो समय यसै संजालको दुनियांमा नै बिटिरहेको छ भन्दा फरक पर्दैन। कम्पूटर खोलि ईन्टरनेट भित्र पस्ने बिटिकै सर्बप्रथम म प्राय्: दौतरी, नेपाली भाषाका ब्लगहरुको साइट हेर्छु, त्यसमा धेरै जसो नेपाली भाषाका ब्लगहरुकै मात्र जानकारी (डिसप्ले) राम्रो पनि लाग्छ। त्यसमा केहि शिर्षकहरु सरसर्टि हेर्छु र मन परिहाले भित्र प्रबेशगरी हेर्छु पनि।
केहि महिना पहिले सम्म मलाई यो ब्लगको बारेमा केहि थाहाँ पनि थिएन। ईन्टरनेटमा कहिले काहिं कतै ब्लग भने शब्द देखीए पनि त्यति केयर गरि हेर्ने चलन भने थिएन। यो पत्रकार बंन्धुहरुले चलाउने एउटा वेभ साइट मात्र हो भनी थानेको थिए। तर आज यसको बारेमा जति जानकारी हासिल गर्ने मौका पाऐं त्यो हेर्दा जुन मैले सोचेका थिए त्यसको ठिक बिपरित भएको मैले पाऐं। अहिले त यो ब्लगसाइट पनि hi5, tagged र face book जस्तै ब्यापक मान्छेहरुले चलाउने एउटा वेभसाइट भैसको छ भने मलाई लाग्छ। जसले पनि आफ्नो नाउँमा एउटा दुईवटा ब्लगसाइट बनाईराखे कै देख्छु।
आज धेरै जसो मान्छेहरु आफ्नो मनका कुराहरु ब्यक्त गर्ने राम्रो थलो चौतारीका रुपमा लिईरहेको पनि देख्छु । कति ब्लगसाइटहरु धेरै स्तरीय र राम्रा पनि छन। केही ब्लगसाइटहरु परिक्षणका रुपमा मात्र सिमित भएको पनि देख्दछु। आफु यो फिल्डमा आऊनु भन्दा पहिले यति धेरै ब्लगसाइटहरु होला भनि सोचेको पनि थिएन। अहिले मलाई यस्तो लाग्छ इन्टरनेटमा अलि दखल राख्ने हरेक ब्यक्तिहरुले ब्लगसाइटको प्रयोग गरिरहेको छ होला भने पनि लाग्छ। सायद मलाई यो भन्दा पहिला यसको सहि जानकारी र त्यस प्रति ईच्छा नभएर पनि थाहाँ नभएका हुनसक्छ।
आज म पनि आफ्नो मनमा लागेका धेरै जसो कुराहरु डायरीमा न कोरीकनै यहि ब्लगसाइटमा नै पस्किने गर्छु। कहिले सारा दिनको कामबाट थकित भई जब घर पुग्छु र कम्पूटर खोली ईन्टरनेटको संजाल भित्रको ब्लगसाइटहरु हेर्छु, अनि बल्ल दिनभरीको थकानले राहत पाएको महशुस गर्छु।
आज भन्दा केहि दशक पहिलेको कुरा हो, कान्तिपुर साप्ताहिक पत्रिकामा मेरो पनि केहि कबिताहरु प्रकाशित भएको थियो। पहिलो पल्ट कुनै पत्रिकामा त्यो पनि कान्तिपुर जस्तो नेपालीहरुको अत्यन्तै लोकप्रिय् पत्रिका मार्फत आफ्नो नाम सहितको कबिता देखे पछि खुसी नहुने त कुरै भएन। त्यस पछि मनमा केहि हौसला जागेर होला अझ लेखन तिर बढि ध्यान दिन थालेका थिए। त्यस्तै चार पाँच अंक सम्म मेरो केहि कबिताहरुले निरंन्तर ठाऊँ पाऊँदै पनि आएका थियो।
त्यस बेलामा लेखिएका केहि कबिताहरु आज यस ब्लगमा पस्किने जमर्को गरेको छु। मेरो डायरीको पानामा लेखिएका कबिताहरुको पोक्को बाट केहि रचना मध्ये मलाई मन पर्ने कबिताहरु हुन यी।



के थाहाँ छ को कहाँ छ

जुन दाग लागेको छ हाम्रो मायामा
अब मेटिंन्दैन मेटाऊँदैमा
कति मान्छको सम्झना आऊँछ
एक तिम्रो याद गर्ने बाहानामा
आजसम्म भौतारिन्दै छु यता उता
फेरि तिमिलाई पाउने चाहानामा
सयौं घाऊ सांचेको छु ह्रृदयमा
फेरि तिर चल्छहोला भनि निशानामा

तिम्रो आँखाको हेराईबाट पिऊनेले
के पाउने छ त्यो रक्सिको बोटलमा
आज साथिहरु पनि रिसाएका छन
एक चोटी ऐना फेरि देखाएकोमा
घर भित्र पनि हावा चल्न थालेछ
घरको भिता भट्किएकोमा
के थाहाँ छ को कहाँ छ भने
उनलाई नदेखेको जुनी भएकोमा



किन रुन्छौ अब यहाँ

धुलो परेको छ यो आँखामा
आँसुले तिमि आई पखालि देऊ
कुनै सुखा बृक्ष भेटेमा
संगै उसमै टाँसी रोईदेऊ
जुनी जुनीको प्यासा छु
केहि त बालुवाको
प्यास मेटाई देऊ
बालुवा मै यदि हिड्नु छ भने
आफ्नो खुट्टा अलि भिजाई देऊ

प्रेमको भाग्य यस्तै हुन्छ
किन रुन्छौ अब यहाँ
या त पुरा रात यस्तै रुनु
बिहान भए पछि सुत्नु
खोला बाट मैले सिकेको छु
छल गर्ने
बाहिर बाहिर हाँस्नु
भित्र भित्र रुनु

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails