मनको पिडा
बिश्वास नै मरिसकेछ
आँखाबाट आँसु झरी सकेछ
स्थिर थियो यो मन
अन्तै कतै आज सरेछ
मुटु बिनाको शरिर भैसकेछ
कसैकोलागि मरीमेटि
मायालाऊने समय अब गईसकेछ
पुर्णिमाको रात जस्तै उज्यालो
सम्झेको थिए जिवन
अब औशिको रात सरि अंन्ध्यारो
भै सकेको छ
आँसु पुछेर हाँस्न खोजेका धेरै भयो
खै, आँखामा आँसु कहिले रिटिएन छ
मनको पिडा भुलेर बाँच्न चाहेको धेरै भयो
खै, मनको पिडा कहिल्ये सिध्दिएन छ
म बिर्सु कसरी
शिसा सरि फुट्यो चाहानाहरु सबै
बिटेका यादहरु बिर्सुं कसरी
टुक्रिएको मुटु जोडि हाँस्न खोज्छु
तर पिडा लुकाई हाँसुं कसरी
तिम्रै सपना देख्छु यहाँ हरेक रात
तै पनि यो मनलाई सम्झाऊँ कसरी
कहिले हामी मन्दिर त कहिले
गुम्बा पनि हामी धाएकै थियौं
मन्दिर गुम्बा साक्षी राखि
लाएको माया म बिर्सु कसरी
0 प्रतिक्रिया:
Post a Comment
कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!