Sunday, September 13

स्मृतिमा आत्मा जलि रहेकोछ

अनायासै आज मेरो मन मस्तिकमा
तिम्रै तस्बीर छाई रहेकोछ
भन सकिएन किन हो कुनि
तिम्रै मात्र सम्झना आई रहेकोछ
न थाक्ने यी आँखाहरु ले पनि
सपना भरी तिमिलाई देखी रहेकोछ
मुट मेरो कमजोर भएर होकि
बिर्सन खोज्छु झन सम्झिन पुग्छु।


आस्था र बिश्वासको भूमरीमा
न उम्किने गरि रुम्लिन पुगेकोछु
हंसिलो मुहारको मुश्कान भित्र
अचानक कै म डुब्न पुगेछु।
पानी बिनाका माछा तड्पिए झै
मुटु त्यसै छट्पटिन थालेकोछ
बिर्सन पनि सकिंन मैले तिमिलाई
स्मृतिमा आत्मा त्यसै जलि रहेकोछ


संसार बुझ्ने केवल एक हुन्छ

पिडा र चोटमा हुर्केका
यो मुटुलाई दर्द कहाँ हुन्छ
सधैं आँसुले रुझ्ने यी आँखालाई
साउन भादौ कहाँ हुन्छ
कतै गहिरो सागर त
कहीं उराठ मरु भूमि हुन्छ
कहीं पोल्ने आगो त
कतै शितल छायाँ हुन्छ
कहिं नाजुक कोमल फूल त
कहीं सुन्दर जून हुन्छ
कहिं रमाईलो जिवन त
कतै डरलाग्दो अंन्त्य हुन्छ
हजारौ भिन्न भावनाहरु
कसरी एउटै मुटुमा हुन्छ
हजारौ फरक बिचार
किन एउटा दिमागमा भेट्छ
कहिं के हुन्छ कतै के
भिन्न भएर पनि एक किन हुन्छ
सबै एक भएर पनि
फेरी भीन्न र फरक किन हुन्छ
संसार सरल भएर पनि जतिल किन हुन्छ
अनि जतिल भएर पनि किन सरल हुन्छ
लाग्छ संसार बुझ्ने केवल एक हुन्छ
जहाँ मन हुन्छ अनि जहाँ ईश्वर हुन्छ।

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails