Monday, September 14

के सांचै ताली बजाएर रोगहरुको उपचार गर्न सकिन्छ?

आऊनुस आज हामी यसैको बारेमा केहि जानकारी हासिल गरौ।

परापूर्बकाल देखी चलिआएको योगबाट रोग निको पार्न सकिन्छ भने कुरा त बाबा स्वामी रामदेबको प्रबच्न र योगाबाट संम्पूर्ण उहाँका अनुयायीहरु मात्र हैन आज संसारका धेरै जसो मुलुकका मानिसहरुलाई पनि यो अबगत भै नै भैसकेका कुरा हो।

ताली बजाऊदा पनि रोग निको हुन्छ भने कुरा कतिलाई पहिले देखी जानकारी पनि होला तर कति मानिसहरु सायद यसबारे अनभिज्ञ पनि हुन सक्छ, थाहाँ नहुन पनि सक्छ। भारतका एउटा पत्रिका ऊनुसार ताली मात्र बाजाऊनाले पनि कति रोगहरुलाई निको बनाऊन सकिन्छ रे।
त्यसैले हाम्रो देशमा पनि भजन र आरती गर्ने बेला ताली बजाऊने जो चलन छ त्यसलाई बैज्ञानिक मान सकिन्छ। स्वास्थ्यको हिसाबले पनि धेरै लाभदायक नै छ। ताली बजाउँदा रोग लाग्न बाट बच्ने मात्र हैन त्यसबाट अनेक रोगहरुको उपचार पनि हुनसक्छ। हातबाट नियमित ताली बजाएर धेरै रोगहरुलाई टाढा भगाइ रोग निको पार्न पनि सकिन्छ। प्रति दिन यदि नियमित रुपले कमसे कम १ या २ मिनेट ताली बजाऊने हो भने हामीले योगा र अन्य ब्यायामहरु गर्ने जरुरतै पर्दैन। लगातार ताली बजाउदा मानब शरिरमा रोक प्रतिरोधक शक्ति बढ्न जान्छ। जस बाट शरिरका रोगहरुसंग बच्ने क्षमता हासिल गर्दछ।
एक्यूप्रेशर चिकित्सा विज्ञानको दृष्टि बाट हेर्ने हो भने हातको हतकेलामा शरीरको सबै आन्तरिक उत्सर्जन संस्थाको बिन्दू भएको हुन्छ। जब हामीले ताली बजाउदा त्यस बिन्दुमा बारंम-बार दवाब पर्छ तब सभी आन्तरिक संस्थानले ऊर्जा पाएर आफ्नो काम सुचारु रुपले गर्न पुग्छ। जसबाट शरीर स्वस्थ र निरोगी बनाइ दिन्छ। ताली बजाऊँदा शरीरको अतिरिक्त बोसो पनि कम हुन्छ। जसबाट मोटोपन घटाऊनमा मद्दत पनि गर्दछ। शरीरका विकार नष्ट भईन्छ, वात, पित्त, कफ हरुको संतुलन ठीक हुन् जान्छ। ताली बजाऊने यस प्राकृतिक साधनको उपयोगक लाभ तब पाऊन सकिन्छ जब हाम्रो दिनचर्यामा अप्राकृतिक साधन उपयोग कहीं पनि नभएको हो। जब हामी प्रकृति को नाश गर्छौ तब प्रकृतिले पनि हामीसित बदला लिने गर्छ। अनि प्रकृति विकृति मा बदली दिन्छन। विकृति भनेकै व्याधि हो विकार ग्रस्त हुनु रोगी हुनु हो। ताली बजाउने भनेको मनको खुसीको प्रतीक पनि हो। यस कारण मानिसहरु खुसीमा ताली बजाउन्छन् ।

श्रोत: खासखबर

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails