तिम्रो स्मृतिले हो कि कुनि मुटुको ब्यथा बढे जस्तो छ
बिरहले हो कि कुनि आज मेरो आँखाबाट आँसु झरेछ
लेख्न त मन लाग्छ मनका कुराहरु,तर के लेखुं शब्द नै रहेन्छ
भेटु त कहाँ गएर भेटौं निष्ठूरीको कुनै वतनै थाहा रहेन्छ
आकाश माथि कालो बादल फाटि पानी पार्ला जस्तो छ
बादल जस्तै यो मेरो मन पनि फाटि जाला जस्तो छ
चारै तिर अंन्ध्यारो छ हुरी बतास चलला जस्तो छ
हुरी संग कतै मेरो दिल पनि चुंडी जाला जस्तो छ
कसरी बिताऊँ यो दिनहरु, रात परे नि हुन्थ्यो
रातसंगै दिनको आशा पनि अस्ताए नि हुन्थ्यो
साँझ पर्यो गोधुलिमा घाँम अब डुल्ने हो कि
गोधुलिको घाँम संगै जिवन पनि डुब्ने हो कि
त्यसैले…….!
रातमा जम्न मन लाग्छ, लुकेर पिऊँन मन लाग्छ
जिन्दगी पर्खाल रहेछ, त्यसैले भटकाउन मन लाग्छ
दिन भरि भौतारेनी सांझमा तिम्रै साथ हुन मन लाग्छ
जिन्दगी मात्र क्षनिक रहेछ, यसै गरि बिताऊन मन लाग्छ
बेहोसीमा जिऊँन मन लाग्छ, होसमा त मात्न मन लाग्छ
जिन्दगी आखीर प्रहर रहेछ, तिमि सित कटाऊन मन लाग्छ
गल्ती एक हैन हजार हुन्छ आफ्नै होस हराऊँदा के लाग्छ
बेहोसीमा गरेका गल्ती फुर्सतमा भने सच्याऊन मन लाग्छ
3 प्रतिक्रिया:
परीको स्वर्गमा मडारीन म पनि आइपुगे अब देखी । अति राम्रो ब्लगा बनाउनु भएछ अझै प्रगतिको कामना....
परी जी मिठो कविता । शब्दमा यसरी जीवन बिताउन मन लागे पनि यथार्त जीवनमा भने यस्तो नहोस है । सम्हालनुस आफुलाई ।(कवितामै भनेको)
मिठो कविता!!!
तपाई को कविता राम्रो लाग्यो अनि फोटो पनि मन पर्यो |तपाई को ब्लग बाट फोटो पनि झिके रक्सि पिएको,नरिसाउनु है ??
Post a Comment
कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!