Tuesday, September 1

ब्लगरहरुको अनिवार्य शस्त्र -Windows Live Writer-



ब्लगरहरुको अनिवार्य शस्त्र -Windows Live Writer-

Blogger, Wordpress, Typepad, LiveJurnal, Moveable Type वा आफ्नै डोमेन र सर्भरमा भएका ब्लगका लागि पनि उपयुक्त ।

यो जानकारी मूलक लेख कपी गरी मेरो क्म्प्यूटरमा सेभ गर्दा एक दिन मलाई नै काम देला भनी सोचेको पनि छैन्। त्यस बेला मैले ब्लगको नाम त सुनेका छु, तर मेरो जानकारी अनुसार ब्लग भनेको पत्रकार मित्रहरुले मात्र प्रयोग गर्ने होला भन ठानेका थिए। त्यसैले त्यति ध्यान पनि दिईनौं, पछि साथिहरुको बल्गहरु हेर्दै जाँदा एक दिन आफै पनि ब्लगसाइट बनाउने सोच गरे। र आज अचानक मेरो कम्प्यूटरमा सेभ गरिराखेको यो लेख देखे, र प्रयोग पनि गरी हेरे,

सांचै बबालै रहेछ यो सफ्टवेर त नेटबिना पनि सबै काम गर्नु हुने ईमेज, भिडियो र अन्य सामग्री अपलोड गर्न पनि सजिलो रहेछ। तर त्यस बेला मैले कुन साईटबाट कपी गरीलिएको हुँ बिर्से छु, जे होस जुनै साईट बाट लिईएको भएपनि आज म त्यस साईटको आभारी रहनेछु, र धेरै धेरै धन्यबाद पनि भन्छु। Thank you so much…

यदी तपाईहरु पनि आफ्नो ब्लगमा लेखीने टाँसोहरु सिधै ब्लगर, वर्डप्रेस वा अन्य कुनै प्रदायकको वेब पेजमै गएर लेख्‍ने गर्नु हुन्छ र सो भन्दा सजिलो उपाए अबलम्बन गर्न

चाहनुहुन्छ भने यो सफ्टवेयर तपाईको लागि अति लाभदायक हुनेछ । यसले ब्लगर, वर्डप्रेस, वा अन्य कुनै पनि डोमेनमा ब्लग पोष्ट गर्न मिल्ने भएकोले यो सबै ब्लगरलाई उपयोगी हुन्छ, मैले त प्रयोग पनि गरिसके तपाई पनि गर्नु हुन्छ भने आजै सुरु गरि हाल्नुस।

शुरुमा यसका केहि उपयोगीताहरुको बारेमा चर्चा गरौं ।
अर्थात तपाईले आफ्नो कम्प्युटरमा Windows Live Writer राख्‍नु भएपछि:

  • अफ लाईनमा बसेर ब्लग लेख्‍न र यसको साज-सज्जा निर्धारण गर्न सक्नुहुन्छ (पोष्ट गर्ने बेलामा मात्रै अनलाईन जाँदा पनि हुन्छ)
  • ब्लगमा आफुले भनेकै स्थान वा कुनामा फोटोहरु राख्‍न र फोटोमा पनि आफूले भनेकै ठाँउमा वाटरमार्क राख्‍न र फोटोको वरिपरि चाहेजत्ती खालि स्पेस दिन सक्नुहुन्छ ।
  • ब्लग पोष्टमा टेबुल, कोडहरु, ट्याग लाईन, नक्शा, पुरै फोटो एल्बम सजिलै अपलोड गर्न

    सक्नुहुन्छ।
  • हालको भर्सनले पुरानो ५०० औं पोष्ट समेत लाई खोल्न मिल्ने बनाएकोले, छापिएका पुराना पोष्हरुलाई चाहेजस्तो गरी डेस्कटप बाटै सम्पादन गर्न सक्नुहुन्छ ।
  • पोष्टहरुलाई कुनै पनि निश्चीत, दिन वा समयमा मात्रै ब्लगमा झुल्कीने गरी अग्रीम मिति र समय तोकी सर्भरमा अपलोड गर्न सक्नुहुन्छ ।
  • यसले तपाईको ब्लगर, वर्डप्रेस वा कुनै पनि टेम्पलेटको सेटीङलाई अद्याबधिक गर्ने भएकोले तपाईले १ वा १ भन्दा बढि जत्ती सुकै ब्लग पनि एउटै सफ्टवेयर बाट व्यवस्थापन गर्न सक्नुहुन्छ ।
  • यसका साथै फेशबुकको फोटो ब्लगमा सेयर गर्ने वा अन्य धेरै प्लगईनहरु तपाईले यसमा जोडन सक्नुहुन्छ ।

मलाई सबैभन्दा मन परेको विशेषता भने यसको WYSWYG (What You See What You Get) वा ‘जस्तो देखीन्छ, त्यस्तै छापिन्छ’ हो । माथि भने जस्तै यसले कुनै पनि ब्लगको टेम्लेटलाई ‘चिन्ने’ भएको र यसमा प्रिभ्यूको व्यबस्था भएकोले तपाईको पोष्ट तपाईले जस्तो डिजाईन गर्नु हुन्छ, वा जस्तो रुपमा चाहनुहुन्छ त्यस्तै देखीने गरी छापिने छ।

अब आउनुहोस यसलाई आफ्नो कम्प्युटरमा स्थापना गर्नेतर्फ। माईक्रोसफ्टले यो सफ्टवेयरलाई उसका अरु सफ्टवेयरहरु संग एकत्रीत गरेर मात्रै डानलोडमा राखेकोले ईण्टरनेटको गती कम छ भने तपाईले यो Windows Live Writer मात्रै वा यसको करिब ५.५ एमबीको standalone version मात्रै यहाँ बाट डाउनलोड गर्न सक्नुहुन्छ ।

यदी माथीको जोर्नी (लिन्क) बाट भएन भने मैले यसलाई सुबिधाको लागि अन्त पनि अपलोड गरेकोले यहाँयहाँबाट पनि डाउनलोड गर्न सक्नुहुन्छ ।

नोट: यदी तपाईको कम्प्युटरमा विण्डोज एक्सपीको सर्भिस प्याक ३ वा Microsoft .NET Framework छैन भने तपाईले यसको सञ्चालनको लागि सो समेत डाउनलोड गर्नु पर्ने हुनसक्छ । Microsoft .NET Framework भने तपाईले सिधै यहाँ बाट डाउनलोड गर्न सक्नुहुन्छ ।

कम्प्युटरमा स्थापना पश्चात तल दिईएका स्क्रीनशट जस्तै गरी आफ्नो ब्लग कन्फिगर गर्नुहोस ।

image

शुरुमा यो १ नं को चित्रमा जस्तो डाइलग देखिनेछ, जसमा केवल 'Next' मात्रै दबाएर अगाडि बढ्नुहोस । त्यसपछि देखीने स्क्रीनमा भने तलको चित्रमा जस्तै ‘Other blog service’ मा टिक लगाएर 'Next' दबाउनु होला ।

image

अब देखीने स्क्रीनमा आफ्नो ब्लग ठेगाना, युजर नेम र पासवर्ड राखेर पून: 'Next' दबाउनु होला। अब तपाईको ब्लगको सेटीङहरु लाईव राईटरमा जम्मा हुन थाल्छन र केहि छिनपछि तपाईको स्क्रिनमा तपाइको ब्लग सेटीङ पुरै अद्यावधिक भएको जानाकारी आउने छ:

image

चित्रमा जस्तै 'Blog nickname' को खाली भागमा ब्लगकै नाम वा अरु कुनै सजिलो नाम राख्‍नुहोस र 'Finish' दबाउनुहोस। बस अब तपाईको लाईभ राईटर तयार भयो ।

अब खुल्ने नयाँ पेजको "Enter a post title" लेखीएको ठाऊमा नया टाँसोको शीर्षक हाल्नुहोस, बीचको ठुलो खाली भागमा लेख्‍नुहोस र तलपट्टीको ‘Set categories’ बाट आफ्नो लेबल तोक्नुहोस र सबैभन्दा माथी रहेको 'Publish' दबाउनुहोस, तपाईको टाँसो तुरुन्तै तपाईको ब्लगमा छापिने छ ।

यदी तपाई लेखीएको पोष्ट तुरुन्तै नछापी केहि दिन, हप्ता वा महिना पछि मात्रै तपाईको ब्लगमा देखीने गर्न चाहनुहुन्छ भने ‘Set publish date’ मा ब्लग अनलाईन छापीने मिति र समय तोक्नुहोस । यसरी भविष्यको मिति र समय तोकेर तपाईले आफ्नो टाँसोलाई 'Publish' गर्नु भयो भने सो पोष्ट ब्लगरको सर्भरको ‘ड्राफ्ट’ मा गएर बस्नेछ र तोकिएको मितिमा आफै तपाईको ब्लगमा टाँसीने छ ।

नोट: तपाईको नाममा एक भन्दा बढि ब्लग दर्ता भएकाछन भने, शुरुमा यसलाई कन्फिगर गर्दा तपाईले तलको जस्तो स्क्रीन देख्‍न सक्नु हुनेछ:

image

यस्तो अबस्थामा तपाईले हरेक ब्लग सेटीङलाई माथीको तरीका अपनाएर एक एक गरी लाईव राइटरमा अद्याबधिक गर्नु पर्ने हुन्छ । ब्लग लेख्‍ने, सम्पादन गर्ने र पोष्ट गर्ने कार्यलाई झन्झटीलो हैन सरल, उपयोगी र विविधता पुर्ण बनाउनुहोस।

Happy Blogging!



-: साभार

4 प्रतिक्रिया:

Unknown said...
This comment has been removed by the author.
Unknown said...

Skpari जी, सूचना वा जानकारी बाँडनु राम्रो कुरा हो, तर कसैले मेहनत गरेर लेखेको कुरामा सो लेख्‍ने व्यक्तिको नाम र लिन्क भने खुलाउँदा नै राम्रो हुन्छ ।

तपाईले कपि-पेष्ट गरेर राख्‍नु भएको माथिको स्क्रीनशटमा नै सो ब्लगको नाम अर्थात “मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी” लेखेको प्रष्ट देखिन्छ ।

यो पोष्ट मूल रुपमा यहाँ राखीएकोले कृपया सो पोष्टका लेखक र मूल पोष्ट भएको लिन्क यो पोष्टमा राख्‍नु होला ।

skduwal.blogspot.com said...

सुजनजीलाई मेरो खुला पत्र: मैले लेख मार्फतै प्रशत्याईसके की यो मैले मेरो ब्लगसाइट बनाउनु भन्दा पहिले नै कम्पयूटरमा सेभ गरिराखेको यो लेख रचना हो भनी।
दिलिपजी, सायद कहिलेकाही आफ्नै नजिकको चिज पनि देखिन नसकिन्दो रहेछ म प्राय: जसो तपाईको ब्लगसाइटमा छिर्ने पनि गर्दछु। तर पनि जुन चिजको तलास मैले गर्दै थिए त्यो भने सुजनजीको प्रतिक्रियाले मात्र देख्ने मौका पाए, हामी त तपाईहरुको अगाडी भखर सिक्दै गरेका सिकारु नै हुँ नी हैन र..?, सहि जानकारीकोलागी सुजन शर्माजीलाई पनि मुरिमुरी धन्यबाद… यस्तै प्रतिक्रियाहरुले नै हामीले केही सिक्ने मौका पाउदै जाने हो।
अर्को कुरा मेरो यो ब्लग कुनै ब्यबसाहिक प्रायजनकोलागि चलाएको ब्लगसाइट हैन यो त
तर सुजनजीले भनुभए जस्तै (कसैले मेहनत गरेर लेखेको कुरामा सो लेख्ने व्यक्तिको नाम र लिन्क भने खुलाउँदा नै राम्रो हुन्छ) यसमा मेरो भनाई यही छकी यदि व्यक्तिको नाम या साइटको नाम थाहा पाएको भए। ““जुनै साईट बाट लिईएको भएपनि आज म त्यस साईटको आभारी रहनेछु”( भनी किन लेखी राख्थे र..?) त्यसको ठाऊँमा उहाँको साइटको लिंन्क अबश्य लेख्ने थिए। मेरो बिचारमा मैले आफ्नो लेखमा कतै पनि यो आफ्नै सिर्जना हो भनी भनेका छैन, मात्र मैले कुनसाइटबाट लिएका थिए त्यो थाहा नभएर हो। र अर्को कुरा कुनै पनि लेख रचना कहि हेरे बिना, या पढे बिना कसैले आफ्नै दिमाले सिर्जना गरि लेखीरकेको छर..?, कहिं नकहीं हेरेर या पढेरै लेखीन्छ नी हैना र..! आफैले सिर्जना गरेका लेखहरु पनि होला तर त्यस्तो कमै लेख रचना मात्र आफ्नै सिर्जना भित्र पर्छ। त्यसमा दुईमत छैन कि लेखको मोडलमा चेन्ज गरिन्छ या translate गरी लेखेको हुन्छ।
ब्लग भनेको मेरो बिचारमा बिध्दुटिय ब्यक्तिगत डायरी पनि हो यदि त्यो ब्यबसायिकत्ताकोलागि प्रयोग हैन भने, र त्यसमा आफुलाई कुनै लेख रचना समाचारहरु कुनै पनि इन्टरनेटको साइट बाट मन पर्यो र राम्रो लाग्यो भने पछि पढ्नकोलागि भनी आफ्नो कम्पूटरमा सेभ जुनै ब्यक्तिले पनि गरि राखेको हुन्छ हैन र……!

Unknown said...

skpariजी, हामीहरुले एक-अर्कासंग सिक्ने नै हो त्यसैले मैले तपाईलाई याद नभइको साईटको ठेगाना सम्झाईदिएको मात्रै हो ।

तपाईले आफ्नो ब्लग पोष्टमा नै "जुनै साईटबाट लिएको भए पनि..." भनेर आभार व्यक्त गर्नु भएको कुरा मलाई पनि याद छ । हाल तपाईले माथि सो ब्लगको व्याक लिन्क पनि दिईसक्नु भएको अबस्थामा यो कुरालाई साह्रै सिरियसली लिनु जरुरी छैन जस्तो लाग्छ मलाई पनि :) । यस बारेमा मेरो कमेण्टलाई अन्यथा नलिनु होला !

Happy Blogging !

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails