Loading...

Thursday, November 5

“म”




एउटा यस्तो गीत गाऊन चाहन्छु, म
खुशी हो या दुखी: बस मुस्कुराउन चाहन्छु, म

साथीसित मित्रता त हर कोई निभाऊँन्छन
दुश्मनलाई पनि आफ्नो मित्र बनाऊन चाहन्छु, म
जो एकलै सफलताको ऊँचाई पुगे त के नयां गर्यौ, र
साथमा हर कोईलाई सफलतामा पुगेको हेर्न चाहन्छु, म

उ सोच्छन कि म एकलै हुन्छु, उनको बिना….
एकान्त संगैछ मेरो, उनलाई यती भन चाहन्छु, म
हे ईश्वर ईच्छा बस यती मात्र छ, पुरागरी देऊ
हाँस्दा हाँस्दै नै तिम्रो अगाडी आऊँन चाहन्छु, म

बस खुशी रहुंन हरेक क्षण, र बासना छाई रहुन यो बगियांमा
आज हरेक कसैको दु:खलाई आफ्नो बनाऊन चाहन्छु, म

यो संग संम्बन्धित अरु खबरहरु


4 प्रतिक्रिया:

Ashesh said...

आजकाल व्लगमा वाँडिने गीत कविताहरू निकै आशावादी किसिमका छन् । एकताका कविता भनेपछि खालि दु:ख, वेदना भन्दा अरू वाहिर केहि हुदैनथ्यो । मलाई पनि दिक्क लाग्थ्यो । अव त निकै परिवर्तन आइसक्यो । धेरै खुसी लाग्यो यो गजल पढेर ।

Dilip Acharya said...

अशेषजीले भन्नु भए जस्तै मलाई पनि निरासावादी कविता र लेख भन्दा यस्तै आशावादी रचनाहरु मन पर्छन ।

हुन त निराशावादीको पनि आफ्नै तर्कहरु होलान, तर मलाई भने निराशा भित्र पनि आश देखाउने यो कविता मन पर्‍यो !!!

sk pari said...

'अशेषजी'अनि 'दिलिपजी' यहाँहरुको ब्यस्त समयको बावजुत यस ब्लगमा आऊनु भै प्रतिक्रिको दिनु भएकोमा दुबै जानालाई मेरो मुरी मुरी धन्यबाद...!!! मेरो बिचारमा पनि कबिताको जन्म त्यस कबिताको भावना सित मेल खाएको र आफै त्यस भुमरीमा अल्झेको बेला लेखिएका....दिलिपजीले भनुभए जस्तै निराशावादी कबिताहरू पनि दु:ख,र वेदनाले भरीएरको भए पनि, त्यसको मर्म अनि बास्तबिक्ता भित्र सम्म छोएको, यस्ता कबिताले पाठक बर्गको भावनालाई छुन्न सफल हुन्छ भने त्यस्ता कबिता सधै राम्रै हुन्छ जस्तो मलाई लाग्छ.....

shakhada said...

sk jee kabita ramro chha . keep it up

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Blog Widget by LinkWithin

हिन्दी ब्लॉग टिप्सः तीन कॉलम वाली टेम्पलेट