Tuesday, April 13

डायरीको पाना बाट

alone

जब रुन्थे अरु, सोच्थे रुनु किन पर्ने हो,

आज आफ्नै आँखा बाट आँसु कहिले रुक्ने हो

कहिले चारै तिर बसंत

अनि लाखौ फुलबारी वरिपरी

बिश्वास नै गर्दैन्थे

पटझड पनि हुन्छ भन्दा

आज यस्तो बागमा छु

कांढा मात्र वरिपरी

थाहा छैन पात कहिले लाग्ने हो

बिछोडको कुरा सुन्दा

कल्पना हो भनि दिन्थे,

आफ्नै मुटुले धोखा दिन्छ भन्दा

हांसी रहन्थे,

आज यस्तो चोट पाए मैले

तडपाइ मात्र दिने सदा

अब त बिश्वासै मरि गयो

बिश्वासले धोखा दिंदा

 

आफुलाई भन्दा बढि

बिश्वास गरेका थिए उसलाई

छिया छिया पारि दियो

उसले त्यहि बिश्वासलाई

जिवनमा संम्पन

कसले चाहेको हुन्दैन र

आरामको जिन्दगी

मन नपर्ने को होला र

तर आफुले चाहेर मात्र

यहा के नै हुन्छ र

त्यसैले कहिले काहि

मन धेरै दुख्दो रहेछ,

भित्रि मन दुखे पनि

बाहिर हाँस्न पर्दो रहेछ

जिन्दगी उजाडिए पनि बाच्नै पर्दो रहेछ,

आँखा बाट आँसु सुके पनि रुनै पर्दो रहेछ

मनमा पिडाहरु राखेर पनि

बाहिर हांस्नै पर्दो रहेछ

 

अब त उ नजिक भएर पनि

टाढा झै लाग्छ

सपनामा देखेको कुरा पनि

बिपना झै लाग्छ

कोई बिदेशिए पछि जिन्दगि

कति आराम दायी होला थान्थे,

सबै आकांक्षा पुरा होला अनि

सुखी जिवनको सुरुवात भएको थान्थे

अरुको खुशी जिवन देख्दा

आफ्नो पनि त्यसै होला भनि थान्थे

आज अचानक तिम्रो ब्यबहारले

सबै सपना चक्नाचुर बनाई दियो

 

अरुले कति कुरा काट्दा पनि

सबै झूठो हो भनि दिन्थे

आज आफ्नै आंखाले देख्दा हेर्नै लाज भो

कोई कति निरह अनि बिश्वासघाती हुन्दो रहेछ

skparisad

नदीको दुई किनार भए पनि

मिलनको आश राख्नै पर्दो रहेछ

जिंदगी सबै उजाडीए पनि

कसैको लागि बांच्नै पर्दो रहेछ

आंखामा आंसु सुकी सक्यो

तर पनि रुनु पर्दो रहेछ

यस्तै रहेछ

आफ्नो कथा अनि ब्यथाहरु थाहा छैन

कस कसलाई सुनाऊदै हिड्नु पर्दो रहेछ

परिस्थितिको हुरीले आंखा छोपे जस्तो लाग्यो

 

झसंग भई आंखा खोलेर हेरे अनि म

समतल धेरै टाढा पुगे जस्तो लागेछ

अनि संझाऊन खोजे, फकाऊन खोजे

तर पनि आएन

थाकेको यात्री झै

अनिस्चित भबिश्यको दोसाधमा

आज म उभिएको छु

अनि एकोहोरो हेरि रहेको छु

क्षितिज पारी

अन्जान कुनै उदाऊछ कि

सुर्य बिहानिको भनेर

 

बिहान निंद्रा बाट झसंग भई आंखा खोले

सिरानि भिजेको देखे पछि

बल मन रोएको आभाष मैले पाए

सांचै उनको जिंदगी बिना

अनुभव गर्दा जिऊदो लाश झै पाए

घर सुन्य गाऊँ सुन्य

अनि सुन्य छ यो संसार

बिछोडको पिडाले हृदय पनि सुन्य पाए

अब पीरहरु बांध्ने पनि कोई छैन मेरो

त्यसैले उ प्रति आफु निरती पाए

 

मलाई कबिता धेरै मन पर्छ, कहिले काही लेख्ने पनि गर्छु। अनि आफुलाई मन परेका कबिता आफ्नो डायरीमा सार्ने पनि गर्छु। तर कहिले काही कबिताहरु सार्ने क्रममा मैले आफ्नो डायरीमा मिति न लेखिएकाले कहिलेको हो थाहा पाऊन सक्दिन्थ्यो अनि स्रोत पनि। त्यहि कलेक्सन बाट चुनिएका केहि कबिता हुन यो………..

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails