Sunday, April 18

तिम्रो पर्खाईमा



आउँछौं कि तिमी भनि यी आँखाहरु
बाटो भरी ओछ्याई रहेकी छु
यो मेरो मुटु भित्र तिम्रै तस्वीर
सजाई रहरको छु
हृदय भित्र पिडा राखेर पनि
बाहिर हांसी रहेको छु
किन की यो जिन्दगी नै
तिम्रै निम्ति साचि रहेको छु
बस यसरी नै तिम्रो यादमा
बाँचि रहेको छु

तर....
बिषै बिषले भरिएको यो जिन्दगी
घिसार्न एकदम गाह्रो भो
शान्ति पूर्बक बांच्न कता हो कता
छटपटाई बांच्न पनि साह्रो भो
ढालौं ला भन्थे बिवस्ताको पर्खाल
तर आफ्नै माया तगारो भो
हाँसेर बांचु भन्दा भन्दै
आँसु नै मलाई प्यारो भो
शितलता खोज्दा खोज्दै
तापको जलन झन खरो भो
बलियो बंन्धन बनाउन खोज्दा
माया किन लरटरो भो
जिवित हुं कसरी भनौं म
जिवन यसै अधमरो भो

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails