Sunday, June 27

शिव मुर्ति दर्शन गर्नेको घुइचो


दक्षिण एसियाकै अग्लो मानिएको शिवको मुर्तिको दर्शन गर्ने भक्तजनको शनिबार दिनभर घुइचो लागेको छ ।

यस अघि दैनिक करीव पाच सात सय जाने गरेकोमा उद्घाटनपछि दैनिक दुई हजार भन्दा बढी भक्रजन जाने गरेको मुर्तिका लगानी कर्ता कमल जैनले जानकारी दिए ।

उनले मन्दिर प्रवेशका लागि व्यवस्थापनका लागि भन्दै २० रुपैया उठाउने गरेपनि असार एक गतेदेखि शुल्क उठाउन छाडेको छ । 'दर्शनार्थीको संस्था हवात्तै बढ्यो,' जैनले भने-'व्यवस्थापन गर्न समस्या भएको छ ।' व्यवस्थापन गर्न २० जना कर्मचारी खटाएको उनले बताए । शनिबार मात्र पाँच हजार भन्दा दर्शनार्थी आएको उनले बताए ।

साँगा बजारबाट सवारी साधन लिएर मन्दिर जान शनिबार आधा घण्टा देखि दुई घण्टा सम्म जाममा फसेको थियो । ठाडै उकालोको सानो बाटोमा दुई तर्फी गाडी चलेपछि यातायात व्यवस्थापन गर्ने ट्राफिक थिएन । जाममा बिदेशी पर्यटक समेत फसेका थिए । 'दैनिक हजारौ भक्तजन आउछन, गाडी व्यवस्थापन गर्न ट्राफिक प्रहरी आइदिए राम्रो हुन्थ्यो,' उनले भने । सागाबाट मन्दिर जाने र र्फकदा चित्तपोल डाडा हुदै र्फकने व्यवस्था गर्न लागेकोले ट्राफिकले सहयोग गरिदिन उनले आग्रह गरे ।

जैनले मन्दिर प्रवेशका लागि शुल्क उठाउन छाडेपनि मन्दिरको पार्किङ तलतिर स्थानीय युवाहरुले मन्दिर निर्माणका लागि भन्दै सादा कागजमा जबरजस्ती पैसा लिन थालेका छन् । त्यस्तै पार्किङ शुल्क समेत मनलागी लिने गरेको छ । मोटरसाइकललाई १० देखि २० रुपैया र गाडीलाई पचास रुपैया सम्म लिने गरेको छ ।

मन्दिरको व्यवस्थापनका लागि शुल्क उठाउदा रोक लगाउने प्रहरी प्रशासनले जथाभावी पैसा उठाउदा भने रोक लगाउन सकेको छैन । त्यस्तै मन्दिर क्षेत्र बाहिर जथाभावी फुटपाथ व्यापार गर्न थालेपछि फोहर बढेको छ ।

Kantipur

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails