Thursday, July 15

"मेरो दुई अन्दाज"

यस्तो खुसी आजतक मलाई कहिले भएको छैन
किन कि आज मैले आफ्नो प्रेम फेरि देख्न थालेछु
थाहा छैन आज कस्तो यो मेरो अंन्दाज भएछ
अनुभूती यस्तो भै रहेछ मानौ सारा संसारै देख्दैछु

निंद्रामा पनि सताई रहेको थियो बेचैनीले मलाई
सपनामा जब तिमी आयौ बेचैनी सबै गायब भयो
सम्झना तिम्रो यती धेरै आइरहेको थियो मलाई
तिमीलाई भेटे पछि तिम्रो आँखामै गायब भयो

निन्द्रा नै लागि रहेको थिएन मलाई हिजो राती
तिम्रो तस्बीर जब हेरें थाहा छैन कति बेला निदाएछु
अंगालोमै आई देऊन अब धेरै नसताऊ मलाई यसरी



सुंदरताको तारिफ गर्दै कतै मेरो उमेर बिटेर नजाओस
संम्हाल आज मलाई कतै मेरो तन टुटेर न जाओस

कसैले भन्छ आशिक त कोहि भन्छ दिवाना
कसैले आवारा त कोहि मलाई भन्छ फसाना
तिमी नै भन्न म को हुं ?
यो भन्दा पहिला कि मेरो खुशी म बाट पर भागोस
संम्हाल आज मलाई कतै मेरो तन टुटेर न जाओस

नदी आफ्नो किनारालाई सोध्दै बग्छन ठेगाना मेरो
कहि यस्तोमा याद नआओस बिटेका जमाना मेरो
जुन जमानामा हामी साथ थियौ फर्केर फेरि आओस
संम्हाल आज मलाई कतै मेरो तन टुटेर न जाओस

यो अरु कुरा हो कि मलाई तिमी बाहेक केहि देख्दैन
त्यो अरु कुनै रोग हो कि मलाई अरु कुनै सुच्दैन
तोडि देऊ पर्खाई यो भन्दा पहिले कि आज हदै होस
संम्हाल आज मलाई कतै मेरो तन टुटेर न जाओस

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails