Wednesday, August 18

गीत गजल

कोहि राम्रो लाग्दैन
तिमीलाई जुन दिन देखे मैले
अब अरु कोहि मलाई राम्रो लाग्दैन
कसै सीत कुरा गर्न र बोल्न
पनि मलाई मन अब लाग्दैन

तिम्रो आँखामा जुन दिन मेरो तस्बीर देखे
मेरो आँखालाई कुनै ऐना अब राम्रो लाग्दैन
यहाँ अक्सर प्रेमको बंधन निरास भएको देखे
यो सागर हो यसलाई कांचो धागो राम्रो लाग्दैन

तिम्रो बारेमा दिन भरी सोची रहन्छु म, तर
तिम्रो बारेमा सबै संग सोध्दै हिडनु राम्रो लाग्दैन
चाहानाको त्यस गंतब्यमा आई पुगेको छु बस्न, अब
मलाई तिमी बाहेक अरु कोहि प्यारो लाग्दैन








किनारा लगाई देऊ
मलाई बाँच्ने आशा फेरी तिमी दिलाई देऊ
दुब्न लागेको नाऊँलाई किनारा लगाई देऊ

पिडाको ताल बिचमा म एकलै उभिरहेको छु
फेरी तिमी आई कांधको साहारा दिई देऊ
तिम्रो आंचल त भरिएको छ सारा जुनले
मलाई पनि सजाऊन एऊटा जुनेली दिई देऊ

मेरो घरको आंगनमा अंध्यारो छ आज धेरै
फेरी तिम्रो नजरले ऊज्यालो बनाई देऊ
केहि क्षण तिमीलाई हेर्ने मेरो धोको छ, बस
मैले कहिले भने, आफ्नो मलाई बनाई देऊ

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails