Wednesday, September 1

त्यस रातको सम्झना

मलाई आज भोलि निन्द्राले साथ दिन छाडेको पनि कयौं दिन भै सक्यो। निदाउँने धेरै प्रयाश गर्दा पनि सधै झैँ मात्र प्रयाश मै सिमित हुन्थ्यो, सायद त्यो मनमा खेलीरहेका बिगतका यादहरुले गर्दा होला झन निन्द्रालाई धेरै टाढा-टाढा सम्म भगाइ दिन्छ। त्यसैले मलाई रातको सम्झना मात्रले पनि सताउन थाल्छ।अनि त्यो रातको सुनसान मात्र घडीको टीक् टिक् आवाज, आफ्नो मुटुको धडकनलाई जिस्क्याई रहेको जस्तो भन दिलाउछ! मानौ आफ्नै मुटुको धडकन संगै चलेजस्तो अनुभूती हुन्छ।

मंसिर महिनाको त्यो जाडो रातमा मानिसहरू सिरक भित्र न्यानो पारी मस्तले सुत्ने दिन, तर मलाई गर्मीले छट्पटि भैरहेको छ। सिरक हटाए जाडो हुने, र ओढे गर्मीले पसिना-पसिना हुने। जति निदाउने प्रयास गर्छु उति मनका तरंङ्ग, अनि मुटुका धडकन झन जोडले धड्के जस्तो हुने। यस्तै ना-ना थरिका कुराहरूले मनलाई झन क्षत बिक्षत बनाई दिन्छ। राम्रा नराम्रा कुराहरूले मनमा बास पाउन थाल्छ, मेरो मुटुको धडकनलाई भिते घडीको टिक्-टिक् आवाज संगै धड्के जस्तै भई दिन्छ। अनि कहिले काही त सुन सान रातमा कतै एकान्तमा गएर दुबै हात उचालि माथि तिर हेर्दै चिच्याउन् मन लागे जस्तो भै दिन्छ।यस्तै सोच्दा सोच्दै कहिले बिहान भयो थाहै नहुने....। रातभर सुट्न नसकेर होला सायद बिहानको चिसो हावा चले पछि केही बेर सुत्न पुग्छु।


यस्तै जिन्दगीको यथार्थमा केहि शब्द कोर्ने विचारमा बारं बार कोसिश गरे, तर कहाँ बाट सुरू गरौं के लेखौ सोच्न सकिरको थिएन्।कति लेख्ने कोशिस गरे तर शब्दहरू भेटाउन सकिरहेको छैन्। भन्छन्, मान्छेले जे चाहन्छ त्यो हुन्दैन् जे न चाहिरहेको हुन्छ त्यो भईदिन्छ, कुनै कुरालाई कति बिर्सन खोज्छु त्यसको झन याद आई दिन्छ, कति कुरा सम्झन खोज्छु तर सम्झने शक्तिको अभावले होला झन बिर्सन पुग्छ।
“प्रत्यक प्राणीले आफ्नो-आफ्नो जीवन सुखमयको कामना गर्दछन्, तर पनि सुखमय् बन्न सकिरहेको हुन्दैन किन”? एक आपसमा सम्झदारी बनाउन नसकेर होकी के कारणले हो मेरो जिन्दगीमा पनि कहिले परिवारमा समन्वय् र बिश्वास कायम गर्न सकिएन।अरू पराईको कारणले होईन आफ्नै परिवारको कारणले आज म धेरै दुःखि छु। सायद यती दुःखि र निरास कोही भएको थिएन् होला। मानौ बाँच्नका निम्ति कुनै आधार नै नभए जस्तो, गन्तब्य बिनाको यात्रु झै थाहा छैन् कहाँ जाने कत्ता पुग्ने हो।अनि तूफानी रातको आँधिबेरीमा समुद्र बीच फसेका नाऊ झै कत्ता लगेर डुबाई दिने हो थाहा छैन, रूख बाट झरेको पात झै हावाले कत्ता उडाई लाने हो.., आकाशमा उड्दा उड्दै चुडीएको चँङ्गा जस्तै थाहा छैन कहाँ अल्झिने हो, किनाराको खोजिमा बगी रहेको नदी जस्तै, मानिसहरूको हुलमा पनि एकलै भए जस्तो लाग्छ मलाई।बसंन्तको हरियालिमा पनि उजाडीएको रूख जस्तै, मानौ दैबको लिला अपरंम पार भन्ने जस्तै..., हुने लाई कसले रोक्न र छेक्न सक्छ र?
कति अतित लाई भुलेर बर्तमानमा खुशि बन्दै रमन खोज्छु तर खुशि भन्दा पिडा भारी भएर होला चाहेर पनि मुस्काउन सकिरहेको हुन्दैन्। ह्रृदय्को ब्यथा लुकाई बाहिर म मुस्काउन खोज्छु, पिडा सहन नसकि आँखा बाट आँसु त्यसै झर्न थाल्छ। उधास भएर पनि कति बसौ अंध्यारोमा तर उज्यालोले साथ छ्योडेपछि नचाहेर पनि अज्यलो बिना बस्नु पर्दो रहेछ।

आकाशमा बादल हतिसके र बिस्तारै सुर्यको किरणले धरतीलाई उज्यालो दिन्दै छ, तर मेरो जिवनमा भन्ने घामको किरण कहिले पर्ने हो? उज्यालो कस्तो हुन्छ जीवनमा अहिले सम्म देख्न र महसुस गर्न सकेको छैन्। आफ्नो विबेकले भ्याएसम्म उज्यालोको कल्पना गर्न खोज्छु, तर उज्यालो कहाँ छ यकिन गर्न सकिरहेको हुन्दैन्। रात पछि दिन, दिन पछि उही रात जो सम्झना मात्रले पनि मेरो जिऊ जिरिङ्ग भएर आउछ। त्यस रातको सम्झना बिर्सन म कति त नशामा डुब्न पुग्छु, चुरोटको धुवामा कति उड्न खोज्छु, तर हातमा लाग्यो सुन्य भने जस्तै, त्यो अनिन्द्रा त्यो छट्पटीएको रातको सम्झना मात्रैले पनि मेरो रौं काप्न् थाल्छ।


त्यसैले होला कुनै कविले यसरी लेखेका थिए.........

त्यसो त संसार नै मायामा अडेको छ।
मायाको डोरीले नै
हामीहरू आपसमा बाँधिएका छऊ।
मायाले नै हामीलाई अ
दृश्य रूपमा बाँच्ने प्रेरित गरिरहेको हुन्छ।
प्रेममा बिश्वास हार्दिक्ता निकट्ता र
आत्मीयता भए जिवन नै सुवासित हुन्छ।
आप्सी आत्मा र भावनाहरू
एक भई साता सात हुन्छ।
तर प्रेममा शंका आशंका र
अबिश्वास अथवा अज्ञान्ताले बास पाउन्छ,
तब त्यस बेला बिछोड (Tragedy ) निम्त्याउँछ।
आत्मा र भावनाहरू बिक्षिप्त हुन पुग्छन्।
कोमल मुटुमा चोट लाग्छ।
विक्षिप्त, मर्माहत भावनाहरू
हृदयमा अडन नसकि
उकुस मुकुस बनि
संबेदशिल शब्दहरूको रूपमा
बाहिर आई पुग्छन्।
यस्तै स्थितिमा मानिसले
कबिता या कथा लेख्न प्रेरित बनाउँछ।
अनि आफ्नो बिगतका घटनाहरूले
कथा र कहानीका रूपमा जन्म लिन पुग्छ।
यस्तै मेरो बिगतका घटना बाट प्रेरित भई केहि पन्ना लाई कथाका रूपमा प्रस्तुत गर्दैछु।
क्रमश:.....

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails