Monday, September 20

करिश्मा मानन्धर - नायिका

लक्ष्मी भण्डारी थापा
नेपाली चलचित्रकी सदाबहार नायिका करिश्मा मानन्धर सन् १९७२  फेबु्रअरी ४ का दिन झरुवारासी, ललितपुरमा जन्मिएकी हुन्। आमा कोमल तथा सेनाका मेजर बुवा क्षेत्रबहादुर केसीका २ छोरीमध्ये जेठी करिश्माकी ठूलीमुमा -अर्की आमा) तर्फ २ दाजु छन्। जन्म ललितपुरमा भए पनि बानेश्वर, थापागाउँमा उनको बाल्यकाल बित्यो। इलाम आर्मी क्याम्पका गणपति बुवाको नवमीका दिन निधन भए पनि उनलाई आमाले त्यसपछिका हरेक दसैंमा रिक्तता र निराशाको अनुभूति नदिएको उनको भनाइ छ। करिश्मा भन्छिन्-ँनवमीका दिन अहिले पनि मेरो माइतीमा श्राद्ध हुन्छ तर मलाई मेरी आमाले कहिल्यै नरमाइलो महसुस गराउनुभएन, उहाँ हरेक पर्वमा समान खुुसी दिने प्रयास गर्नुहुन्छ। बाल्यकालमा रमाइला दसैं मनाएकी करिश्मा सन् १९९१ मा विनोद मानन्धरसँग विवाह गरेपछि पर्व मनाउने तरिकामा केही फरकपन महसुस गरेको बताउँछिन्। राजविराज निवासी विनोदकी आमा वीरगञ्जकी भएकीले पनि उनीहरूको चाडपर्वमा मधेसी संस्कारको झलक आउँछ। उनीहरू सबै संस्कारलाई पछ्याउँदै मिश्रति रूपमा दसैं मनाउँछन्। सकारात्मक सोच राख्ने हो भने जीवन इन्दे्रणीझैं रंगीन छ भन्ने करिश्मा आफ्नो परिवार स्वादको पारखी भएकाले आफू पनि खाने कुरामा सम्झौता नगर्ने बताउँछिन्। 

केमा व्यस्त हुनुहुन्छ ?

  
अहिले व्यावसायिक जीवनबाट थोरै समयका लागि बाहिरिएर परिवारसँगै व्यस्त छु। जीवनको केही समय परिवारसँग बिताउनुको आनन्द लिइरहेकी छु। 

तीज, दसैं, तिहारलगायतका ठूला चाडपर्वमा समयसँगै नयाँ चलनहरू भित्रिरहेका छन्, यसलाई कसरी हेर्नुहुन्छ ?

  
म केही वर्ष विदेश बसें। त्यहाँको वातावरण बुझें, उनीहरूको आफ्नो भन्ने कुनै संस्कृति छैन। हामी संस्कारका धनी छौं। हाम्रा चाडपर्वमा जति आधुनिक कुरा थपिए पनि, पुराना जति पनि कुरा परिमार्जित भए पनि जेका लागि भनेर चाड मनाउने हो त्यो मेटिनु हुँदैन। त्यसको जरोलाई मर्न दिनु हँँदैन। किनभने हामी त्यही कुराले धनी छौं र त्यो हामी नेपालीको परिचय पनि हो।

अहिलेको दसैं कसरी मनाउँदै हुनुहुन्छ ?

यो वर्ष इंग्ल्यान्डबाट मुमा-बुवा -सासू-ससुरा) आउनुभएको थियो। उहाँहरू बस्नुहुन्छ र अघिपछिको दसैंभन्दा रमाइलो हुन्छ भन्ने ठूलो आशा थियो तर स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले उहाँहरू र्फकनुपर्ने भयो। त्यसैले दसैं जसरी मनाउँदै आएकी थिएँ त्यसरी नै मनाउनुपर्ला। 

किनमेल कहाँ गर्नुहुन्छ ? के-के खरिद गर्ने विचार छ ?

   
जहाँ पनि हुन सक्छ। म असाध्यै साधारण मान्छे हुँ। मलाइ सपिङ गर्न, खान, घुम्न यही निश्चित ठाउँ नै चाहिन्छ भन्ने छैन। म साधारण ठाउँमा पनि किनमेल गर्छु। स्टाफहरू र छोरीलाई नयाँ पहिरन किनिदिन्छु। 

दसैंको महत्त्वपूर्ण पक्ष ?

सबै आफन्तलाई एकैठाउँमा जुटाइदिने दसैं महान् छ। आफन्तमा कुनै रिस, राग, द्वेष एवं चित्त दुखाइ छ भने पनि यो पर्वले मेटाइदिन्छ र राम्रो वातावरण सिर्जना गरिदिन्छ। त्यसैले यो पर्वमा कुनै शक्ति छ भन्ने मलाई लाग्छ। जुन शक्ति मेरा लागि सबैभन्दा महत्त्वपूर्ण छ। 

दसैंमा सबैभन्दा मन पर्ने कुरा ? 

पाहुना, इष्टमित्र तथा आफन्तहरूलाई ख्वाउन तथा कम्पनी दिन रुचाउँछु। 

कुन ब्रान्डको डि्रंक्स रुचाउनुहुन्छ ?

आइ लभ टु डि्रंक बियर -तर बियरले मोटाइने हुँदा अहिले त्यति पि्रफर गर्दिन) डि्रंक्समा मेरो अर्को रुचि ब्रान्ड रेड वाइन -ड्राइ, नन-

स्विटन) हो। 

चाडपर्वमा हरेक क्षेत्र केही समयका लागि सुस्ताउँछन्, के यसो हुनु ठीक हो ?

हामीले त्यो सुस्त गतिलाई तीव्र गतिको काम पछिको थकाइ मार्ने अवसरका रूपमा लिनुपर्छ। किनभने दसैंको ठीक अगाडि एकदमै स्पिडमा काम हुन्छ जुन समयमा भएको कामले वर्षभरिको कामलाई माथ गर्छ। 

अब पनि दसैं जस्तो लामो अवधिको पर्व मनाइरहनु कत्तिको सान्दर्भिक छ ?

 
मलाई त राम्रो लाग्छ। यसको सान्दर्भिकता यसर्थमा पनि छ कि काम मात्र जीवन होइन। मान्छेलाई स्वस्फुर्त रूपमा काम गर्न तरोताजा दिमाग एवं आरामदायी शरीर चाहिन्छ। जुन कुरा सुखी, उमंग, हर्ष तथा आरामद्वारा मात्र सम्भव छ। दसैंको लामो बिदा र उल्लास सकिएपछि हामी अझ तरोताजा मस्तिष्कका साथ नयाँ सिर्जना गर्ने मुडमा काममा र्फकन्छौं। 

बाल्यकालको चाडपर्वमा तपाईंको रोजाइ र अहिलेको चाडपर्वमा तपाईंकी छोरीको रोजाइमा के भिन्नता छ ?

धेरै भिन्नता छन्। म सामान्य परिवारकी, आमा मात्र भएकी घरकी छोरी थिएँ। केही अप्ठ्यारो स्थिति थियो तर माग भने गर्थें। कविता अहिले सम्पन्न परिवारकी छोरी हो भन्नुपर्छ तर उसको कुनै माग हुँदैन। म उसलाई चाडबाडमा कुर्ता-सलवार किनिदिन रुचाउँछु, ऊ जिन्स मन पराउँछे। 

दसैंले नेपाली कला क्षेत्रमा कस्तो प्रभाव पार्दै आएको छ ?

चलचित्र चल्ने र रिलिज हुने कुरा गर्नु हुन्छ भने यो ज्यादै उपयुक्त अवसर हो। दसैंमा सबै मानिस काम सकेर थकाइ मार्ने, मनोरञ्जन गर्ने मुडमा हुन्छन्। दसैंमा उपत्यका बाहिरबाट चलचित्र रिलिज हुनु भनेको बेस्ट रिलिज हो। जसले चलचित्र क्षेत्रलाई अवश्य लाभ पुर्‍याउँछ। 

विदेशमा मनाएको दसैं ?

   
एक-दुईपटकबाहेक दसैंमा कहिले विनोद उता, कहिले म यता हुन्थ्यौं। विदेशमा भए पनि हामी त्यहाँ जमरा उमार्ने, टीका थाप्ने, खसी काट्ने काम गथ्र्यौं। विदेशको दसैं अझ महत्वपूर्ण हुँदो रहेछ। बाल्टिमोरमा बस्दा हामी नेपालीहरू प्रेमराजा महत दाइकहाँ टीका थाप्न जान्थ्यौं। उहाँको घर त्यहाँ बस्ने हरेक नेपालीका लागि टीका थाप्ने बूढो घर हुन्थ्यो। रमाइलो हुन्थ्यो विदेशको दसैं पनि तर विनोद र म छुट्टएिको दसैं भने नरमाइलो भएको थियो। 

सपनाको देश अमेरिकामा करिब स्थापित भैसकेपछि नेपाल फर्किनुको कारण ?

म अमेरिकन भएर त्यही बसोबास गर्छु भन्ने नियतले गएकी थिइन। फिल्म क्षेत्रमा मात्रै सीमित हुनुपर्दा म एकोहोरो जीवन बाँचिरहेकी थिएँ। त्यहाँ गएपछि थुप्रै कुरा सिक्न र अनुभव गर्न पाएँ। म आफ्नो देश छाडेर अन्त बस्न सक्ने मानिस होइन। म त्यहाँ केही सिक्न गएकी थिएँ, जुन सिकेर फर्किएँ।

अब फेरि चलचित्रमा र्फकने विचार छ वा अन्य कुनै व्यवसाय गर्ने ?

अहिले तुरुन्तै फिल्म बनाइहाल्छु वा चलचित्रमा काम गरिहाल्छु भन्न सक्ने स्थिति छैन। यद्यपि फिल्म र समाजसेवा नै मेरा लक्ष्य हुन्। 

दसैंको के कुराले छुन्छ ?

मलाई दसैंताकाका घमाइला दिन र सफा मौसमसहितको हावाले छुन्छ। मलाई दसैंमा वातावरणको वासना मीठो लाग्छ। 

दसैंमा लगाउने पहिरन ?

साडी नै मन पर्छ। त्यसैले म दसैंमा विशेष किसिमको साडी बनाउँछु। 

दसैं तपाईंका लागि के हो ?

मेरा लागि दसैं मिक्स प्याकेज हो। रमाउने, खाने, मन परेको पहिरन लगाउने, मठ-मन्दिर जाने, आफन्तलाई ख्वाउने, जमघट गर्ने उपयुक्त अवसर हो मेरा लागि दसैं। 

नारी

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails