Monday, September 20

अधुरो प्रेमकथा

जिन्दगिमा कति बेला कस्ता मोडहरु आऊन्छ, यदि त्यो पहिले नै थाहा भएको भए सायद गल्ति कसै बाट पनि हुन्दैन होला। अनी कसैले प्रेममा धोखा अनि पिडा पनि खेप्नु पर्दैन।
चिनजान धेरै लम्बिन नपाउँदै तिमीसँग यात्रा गरें, मात्र मोबाइल फोनबाट चिनजान भएको थियो, तै पनि यती धेरै बिश्वास अनी भरोसा थियो हामी दुबैमा। आजको  समाजमा स्वार्थ बिना एक पाईला चल्दैन तर पनि हाम्रो त्यो निस्वार्थ प्रेम एक आपसमा धरै गहिरो र निश्चल थियो।  
समयको गतिसँगै सबै कुरा आ-आफ्नो अवस्थालाई पार गर्दै व्यस्त भैरहेको थियो। यस्तै समयसँगै दौडने क्रममा हामी दुबै बिच त्यो सबै हुदै गए जुन प्रेमी प्रेमिका बिचमा हुन्थ्यो। प्रकृतिले पनि हाम्रो साथ दिन्दै थियो। तिमिलाई म आफूलाई भन्दा पनि बढी माया गर्छु र तिमि नै मेरो संसार हो, मेरो खुसी, रोदन, हाँसो सबै तिमी हो । तिमीलाई सम्झँदा मात्र पनि मनका सबै पीडा बिर्सन्छु अनि डुब्न थाल्छु हाम्रो त्यो बिगतमा सम्झनामा र न्यानो स्पर्शमा । मलाई तिम्रो यति माया लाग्छ कि, जस्तोसुकै परिस्थितिमा पनि बिर्सन सक्दिन, तर बाध्यता छ, अनि सम्झन्छु पहिलेका ती मायाका भावनाहरू, ती स्पर्श र न्यानो साथ अनि सुरु हुन्छन् आँसुका वर्षाहरू... मेरो मन यति पिरोलिन्छ, यति अतालिन्छ, के गर्ने ? जता गए नि हुन्न उता गए नि हुन्न । अझ कुनै त्यस्तो क्षण सम्झिन्दा त तिम्रो एकदम याद आउँछ   
तिम्रो अमूल्य माया अनि तिम्रो मधुर बोलीले मलाई मदहोस बनाएको छ । कुनै कठोर परिस्थितिमा तिमीलाई सम्झँदा मात्र पनि सन्तोष प्राप्त हुन्छ 
त्यस्तै यात्राका क्रममा तिमीलाई अत्यधिक माया गर्न थालेछु, मेरो हृदयको रोजाइ तिमी नै बन्न पुग्यौं । सायद तिमी मेरै निम्ति बनेका हौं । तिम्रो त्यो सुन्दर मुहार अनि मीठो बोलीमाथि अलिकति मुस्कुराउँदाको सुन्दरता वर्णन गरी नसकिने, अनि तिम्रो त्यो सहयोगी भावना र अरूप्रति गर्ने तिम्रो व्यवहार.... तिम्रो निर्मल हेराई अनि त्यो स्वच्छ व्यवहारले पनि होला म तिमि प्रति आकर्सित भएको... 

जहाँत्यहीँ छलकपट, विश्वासघात अनि मायाप्रेम जस्तो अमूल्य चीजमा पनि धोका भेटि्न्छ तर तिमी र मेरो वास्तविकता त्यो होइन । मेरो मोबाईलमा पहिलो त्यो तिम्रो मिसकल आऊदा तिमिसित भएका केही कुराकानीमा नै मेरो मनमा हलचल मचिसकेको थियो। मानौ भित्रि कतै करेन्ट लागे जस्तो, सायद त्यसैले नै  तिमीलाई रोजें
कति छिटो हाम्रो मिलन अनी बिछोड भयो यो सोच्दा मात्र पनि मन भारी भएर आउन्छ। सायद हामी दुबैको जिन्दगीमा सुन्दर क्षण त्यही थियो होला, हरेक साता भेट भै रहन्थ्यो, अनि हर दिन अलि समय् हुने बितिकै मोबाईलमा घण्टौ सम्म बातचित हुन्थ्यो। एक पल्ट आवाज सुने बिना बस्न सकदैन्थ्यो। तर अज अचानक के भयो..! भयो मानौ हामी दुबै बिच कहिल्यै चिनजानै नभएको जस्तै, आज तिमीबाट टाढा रहँदा पनि हृदयको कुना-कुनामा तिम्रै तस्बिर खोज्न थाल्छ । यो सुन्दर संसारमा तिम्रै न्यानो माया अनि साथ पाइरहे म कति धन्य हुन्थे, तिम्रै सहारामा जिन्दगीको उकालीओराली अनि भन्ज्याङहरू पार गर्दै दिनहरु बिताऊन पाए हामी कति खुशी हुन्थे 
आज तिमीसित मेरो भेट नभएको सायद एक बर्ष भन्दा बढि भैसक्यो, सुनेको छु केहि दिन पहिले फेरी तिम्रो कोखमा अर्को छोरा पाएछ रे भने। अब त भगबानसित एउटै कुरा सोध्छु यदि यसरी बिछोड नै हुनु छ भने मिलन किन गरायो हामि दुबैलाई..?

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails