Saturday, September 11

गीतको बोल बनि रहेको छ

छैन, याद छैन मलाई केहि पनि
त्यस पहिलो भेट र सिर्फ तिमी सिवाय
जुन तिम्रो आँखा बाट मेरो आँखा सम्म
केहि काप्दै आएको थियो
देखेका थिए अनेक प्रेम र साथमा
धेरै प्रश्न मैले,
तर थाहा छैन कुनि भने छ मनले
या कुनै सपनाको सायां थियो
सोच्छु फेरी रातको अंध्यारोमा
तिमीलाई कति पल्ट मैले

जस्तै कुनै अंन्जान, सुगंध जस्तै आएर
शरिर भरी महसुश दिलाउँछ
अनि आउँछ हातमा एऊटा हात यस्तै कल्पना मै
र युगौ देखी जमेको कुनै बर्फ पग्लाई दिन्छ
तब जाग्न थाल्छ तन र मन
…….


जस्तै यस शरिरका अंधकार
कसैको अंगालोमा अल्झेर
बस आफ्नो अंन्तिम सांश
तोड्न चाहन्छ
या जस्तै कोई बर्षो देखीका भाकल
सपना अब पुरा हुन लागे छ
तर त्यतिकैमा थाहा छैन कुन सोचबाट
शरिर भित्रको रौं सबै कांप्न थाल्छ
लाग्छ जस्तै मैले अन्जानमा कुनै
बर्जित फल खाएछ
तब मेरो लातो शरिर भरी
स्पर्श गर्दै तिम्रो हात जस्तै
एउटा चन्द्रमाको सायां बनाई दिन्छ
मायाको ‍एहसासमा डुबेको त्यो हात पनि
मेरो मनको साथ हिचकिचाऊछ
तब त्यसै बगिरहेको हावाले उडाई लान्छ
त्यो साइनो धुलो आँखा सम्म
जुन संसारको नजरमा
आज तिम्रो मेरो लेखाई
गीतको बोल बनि सकेको छ 

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails