Tuesday, October 5

तिमी जस्तो अरु कोहि छैन

जब पाइला-पाईलामा धोखा खाईछ
तब हृदय देखी तिम्रो स्मृति आउँछ


पुजा र सोनुको प्रेम संबंध छुटिएको आज दुई बर्ष भै सक्यो। आज भोली कसै संग पनि माया प्रितीका कुरा गर्न र सुन मन लाग्दैन। आफ्नो बिगत बारेमा भुलेर पनि कसैलाई भन्न चाहान्दैनन् र कहिले समझ्नै चाहन्छ।  

दुबै बिच एक अर्कामा अत्यंत माया प्रिती थियो। तर पुजा यसलाई कहिल्यै आफ्नो तर्फ बाट बिहेको रुपमा मंजूरी दिन सकेन। उ आफैलाई थाहा छैन आत्माले किन स्विकार गर्न नसकेको यस पबित्र संम्बन्ध लाई। राम्री त थिई नै उनी, तर कहिले उनलाई कुनै कुराको घमंड छैन, अति नै राम्री स्वभावकी दिलकी धनि केटी। साथीहरुमा माझ पनि सबैको प्यारी पुजा।

एक दिन सोनुले उनलाई भने छ बिहेकोलागी घरमा केटी खोज्न सुरू भैरहेछ, तर पनि सकेन। आखिर सोनुको बिहेको रिश्ता अर्कै केटीसंग हुन्छ। त्यस पछि मुश्किलले ६ महिना जति भेट घाट भै रहे अनी बिस्तारै नाता टाढा हुन्दै गए। फीलिंग्स पनि घट्दै गए। उता सोनु आफ्नै घर जममा ब्यस्त हुन्दै गए र पुजाको लागि समय पनि कम हुन्दै गए। तब पुजालाई एकलोपनको अनुभूति र अहसास हुन थाल्यो।      


अब पुजालाई एक अर्को साथीको जरुरत महसूस हुन थाली। उनले ए लेबलको पढाईको बेलामा एक दुई साथी को नजिक हुन कोशिस शुरु गरेकी थिई। उनलाई लाग्यो कि त्यसमा उनको जिवन साथी बन्न लायकको कुनै छ। तर कुरा बढ्दै जांदा कुनै न कुनै कुरामा बिबाद हुंदै जांदा मतभेद भई एक एक गर्दै उनको साथ छोड्दै गए र कहिले अर्कोलाई पुजा आफैले बाई गरी छोडी दिए।

नहोस पनि किन उनलाई हरेक त्यस नयाँ साथीमा सोनु खोज्ने प्रयासमा हुन्थे। त्यस्तो कुनै हालतमा संम्भव हुन्दैन थियो। अब पुजाको मन मनै लाग्न थाल्यो आफ्नो गल्ती अनिभुति हुन थाल्यो कि सायद सोनुलाई जिवन साथी नबानाएर जिवनमा सबै भन्दा ठुलो गल्ति गरेछ। जुन अश्लि हिराको खोजिमा थिई त्यो धेरै पहिले एउटा शिसाको तुक्रा सम्झि फ्याकी सकेकी थियो।

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails