Saturday, August 1

सपना

सोनू प्रधान


उ जानेर पनि आन्जान बनी रहेछ,
मुटुको दूरी सुनसान बनी रहेछ।

कति जाहिल निस्के छ मेरो साथी,
पराई घरमा पाहुना बनी रहेछ।

यो कस्तो माया हो अपरिचित,
घाऊ भरि सक्यो निशान बनी रहेछ।

बाढीले दुबाई सक्यो सारा गाऊँ, तर
ढुँगाको सालिक भगवान बनी रहेछ।

न चाहाना, न ईच्छा पुरा भए, तर
'सपना' फेरी पनि मिठो बनी रहेछ।

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails