Loading...

Thursday, November 5

“म”




एउटा यस्तो गीत गाऊन चाहन्छु, म
खुशी हो या दुखी: बस मुस्कुराउन चाहन्छु, म

साथीसित मित्रता त हर कोई निभाऊँन्छन
दुश्मनलाई पनि आफ्नो मित्र बनाऊन चाहन्छु, म
जो एकलै सफलताको ऊँचाई पुगे त के नयां गर्यौ, र
साथमा हर कोईलाई सफलतामा पुगेको हेर्न चाहन्छु, म

उ सोच्छन कि म एकलै हुन्छु, उनको बिना….
एकान्त संगैछ मेरो, उनलाई यती भन चाहन्छु, म
हे ईश्वर ईच्छा बस यती मात्र छ, पुरागरी देऊ
हाँस्दा हाँस्दै नै तिम्रो अगाडी आऊँन चाहन्छु, म

बस खुशी रहुंन हरेक क्षण, र बासना छाई रहुन यो बगियांमा
आज हरेक कसैको दु:खलाई आफ्नो बनाऊन चाहन्छु, म


बाँकी अंश...

Wednesday, November 4

‘असल साथी’


तिम्रो मित्रता मेरो परिचय हो
तिम्रो खुसी नै मेरो जिवन हो
केहि हैन मेरो जिन्दगी
बस यती सम्झौं कि
तिम्रो मित्रता नै मेरो शान हो

न लुकाऊ कुनै कुरा मनमा भए यदि
राख: केहि भरोसा तिमी म प्रति
हामी निभाऊला मित्रताको नाता यसरी, कि
चाहेर पनि बिर्सन नसकुंन जिन्दगी भर मलाई

आफ्नो मुख बाट तिमीलाई म कसरी बयान गरौं
त्यसैले सधै भगवानसंग म प्राथना गर्दछु
जतिबेला पनि तिम्रो मुटु जोडले धडकन छ
कि तिमीलाई ह्रदय देखी म सम्झि रहेको छ


तिमी जस्तो असल साथी कोई हुन सक्दैन
जस्तो रिस्ता हाम्रो छ अरु कसैको हुन सक्दैन
चाहे सारा संसारमा खोजेर हेर
पुरै ब्रम्हान्डमा तिमी जस्तो प्रिय कोई हुन सक्दैन

तिम्रो बारेमा चर्चा भो जब स्वर्गलोकमा
म आफैलाई सबै भन्दा भाग्यमानि पाए
ईच्छा थियो कि असल मित्र कोई पाए हुन्थ्यो
तर ईश्वर आफै मित्र बनी मेरो अगाडी आए

सबै भन्थे असल मान्छे मरे पछि तारा बन्छ
तर म भन्छु असल तारा टुक्रिय पछि
तिमी जस्तो साथी बनी यस धर्ति आऊंछ
र म जस्तो साथीको ह्रदयामा बस्न पुग्छ


बाँकी अंश...

Wednesday, October 21

एक शब्दमा के तारीफ गरू म तिम्रो

कुनै एक मित्रले भनेका थिए ब्लग बनाऊन सजिलो छ तर त्यसलाई निरंत्रता दिनु धेरै गाह्रो छ। सायद मैले पनि यसको अनुभूती अब गरेको छु। कहिले पोखरा कहिले काठमाण्डौ गर्दै मेरो दशै देखी तिहार सम्मको समय बितेको थाहै पाएन र ब्लगकोलगि समय निकाल्न मेरो लागि मुश्किल हुन गयो। अर्को मेरो एउटा फेसबुक एकाउण्ट डिजेबल भएकोले पनि त्यस एकाउण्ट इनाबल गर्न मैले धैरै समय् त्यसमा पनि खर्चनु पर्यो, मित्रहरूको सलाह बमोजिम सम्बन्धित ठाऊँमा मेलहरू नपठाएका पनि हैन, तर केहि लागेन। निरास भई अन्तमा नयाँ एकाउण्ट खोल्नै पर्यो। आज पनि त्यो एकाउण्ट खुल्छ कि भनी हरेक दिन प्रयास गर्दै रहेको छु सायद अब खुल्छ कि भनी तर त्यहि खाली हात भने जस्तै भैरहेछ। जे होस यो ईण्टरनेटको संजालमा केके हुन्छ भने कुराको जानकारी सिक्दै छु।



एक शब्दमा के तारीफ गरू म तिम्रो
तिमी त्यस शब्दमा कसरी अताऊन सकला र?
बस यति जानी राखुं कि जब कसैले साथीको बारेमा सोधे
मेरो आँखा बाट सिर्फ तिमीलाई देखीने छ

गोधुली साँझमा आकाशमा चन्द्रमा छाई सकेको छ
मौसमले ऋतु परिबर्तन गरि नयाँ रंग लिई सकेको छ
तिमी भने सांन्त र मौनतामा अल्झिरहेको छ
अब त हांसी देऊ
किन कि हाम्रो मिलनको क्षण आई सकेको छ

बिहानको कफीको प्यालामा तिम्रै मुटु नजर आऊछ
सांझको रमको नशामा तिम्रै दर्द याद दिलाई दिन्छ


भोली फुर्सत न भए के हुन्छ र
हरेक दिन तिम्रै आहतको पर्खाई छ
भोली आँखा न देखे के हुन्छ र
मेरो मनको आँखाले सधै तिमीलाई देखी रहने छ

त्यस मुटुसित माया सात:जसले तिमीलाई पिडा दिन्छ
तर त्यस मुटुलाई कहिले दुख:नदेऊ जसले तिमीलाई माया गर्छ
किनकि तिमी दुनियाँको लागि कुनै एक हो
तर कुनै एकको लागी तिमी सारा दुनियाँ हो

फूल सित कसैले सोधेछ तिमीले बास्ना दियौ,
तर के पायौ
फूलले भनेछ लिनु र दिनु त ब्यापार हो
जो दिएर केहि पनि लिन्दैन त्यहि प्यार हो
कुनै एक संग यती माया गर्नु कि
अरू कुनै सित माया गर्ने ठाऊँ न हो
त्यो एक चोटी हांसी दिंदा मानौ
जिन्दगीमा केहि ईच्छा आकांक्षा न हो


बाँकी अंश...

Sunday, October 11

'पर्खाइ''


न तड्पाऊ पर्खाइमा यति धेरै मलाई,
कि समयको फैसला माथि खेद होस
के थाहा भोली तिमी फर्के बेला
र म चुपचापै निदाई देओस

टाढा हुंन्दैमा फरक के पर्छ र
कुरा त आत्मा नजिकिएर हुन्छ
साथी त तिमी जस्तो रहे हुन्छ
नत्र यहाँ भेट त कतिसित हुन्छ

ह्रूदय संग खेल्न मलाई आऊदैन
त्यसैले प्रेमको बाजीमा म हारें, सायद
मेरो जिन्दगीसीत धेरै माया थियो उनलाई
त्यसैले मलाई जिऊँदै मारी गए


फकाऊ छु तिमी रिसाएर त हेर
जोडी दिन्छु तिमी फुटेर त हेर
नासम्झ हुं तर त्यति पनि हैन
समाऊँछु तिमिलाई छुटिएर त हेर

मान्छे, प्रेमलाई भगवानको नाम दिन्छ
कसैले गरे त्यसलाई दोस दिन्छ
भन्छ ढुंगाको मन कहिले रुंदैन
तर ढुंगा रोए त्यसलाई झरनाको नाम दिन्छ

भिजेको आँखाले हाँसी दिंदा मजा अर्कै हुन्छ
हाँस्दा हाँस्दै परेला भिज्दा मजा अर्कै हुन्छ
कुरा भनी त जसले पनि बुझ्न सक्छ,
तर नभनी बुझ्न सके त्यो मजा अर्कै हुन्छ

हाँस्नु नै खुसी हुनु हैन
बर्ष बिट्दैमा जिएको हुन्दैन
साथीलाई सधै सम्झनु पर्छ
किन कि साथी भन्दैमा साथ दिंदैन


बाँकी अंश...

Thursday, October 1

बेलायतमा नेपाली विद्यार्थीको विचल्ली



नवीन पोखरेल/लन्डन

उच्च शिक्षाको नाममा 'पाउण्ड टिप्न' लाखौं खर्चेर बेलायत आइपुगेका नेपाली विद्यार्थी काम नपाएपछि विचल्ली भएका छन् । आफैं आर्थिक मन्दी खेपिरहेको बेलायतमा पर्याप्त रोजगारी नहुँदा सिमित 'ट्राभल चेक' बोकेर बेलायत उत्रेका असंख्य विद्यार्थी भोकै बस्नुपर्ने वाध्यता छ । आर्थिक अभावले केही नेपाली विद्यार्थी लन्डनस्थित साउथहल पार्कमै सुतेको खवर प्रकाशमा आएका छन् । खर्च सकिएपछि काम खोज्न करिव दश माइल पैदल हिंडेको समेत विद्यार्थीको दुःखेसो छ ।

जुलाई २४ मा युके आइपुगेका चन्द्रमणी चाम्लिङ अझै कामविहीन छन् । कामको खोजीमा उनले शहर डुल्दै धेरै सिभी छाडिसके । 'फोन आउने आशमा सिभी छोड्यो, तर कुनै जवाफ नआउँदा त दिक्कार लाग्छ'-उनको दुखेसो छ । धरान निवासी उनले कलेज अफ आइटी एण्ड इकमर्श, लन्डन बि्रजमा एड्भान्स् ग्रयाजुएड्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट पढ्न अंग्रेजी कोर्स सहित ३५ सय पाउण्ड बुझाइसकेका छन् । बुधवार, बिहिवार दुई दिन कलेज गएपछि बाँकी समय बिताउन सार्वजनिक पुस्तकालयमात्र उनको विकल्प छ । 'राम्रो शिक्षा र बाँच्नसम्म पाए मलाई अब कमाउने आस हरायो'-उनले भने-'खाने ठेगान छैन्, सिंगल बेडमा दुई जनासम्म सुत्नु परेको छ, के विजोग भयो यस्तो ।' बेलायतमा काम पाउन मुश्किल छ भन्ने थाहा हुँदाहुँदै पनि विदेश जाने चक्करले युके आएको बताउन लजाएनन् उनी । भने-'आइयो, चिन्ताले अन्यत्र सोच्नै भ्याएको छैन्, काम भएन भने त टिक्न पो गार्‍हो छ ।'

ह्यारोस्थित हेलिफ्याक्स् कलेजमा होटल म्यानेजमेन्ट पढ्न कलेज शुल्कमात्र ४६ सय पाउण्ड -करिब ६ लाख नेपाली) तिरेर १४ सेप्टेम्बरमा बेलायत आएका कृष्ण चौधरीको मन कामविहीन अन्य साथीहरुको रोदन र बेरोजगारी समस्याले झनै विक्षिप्त बनाइदिएको छ । 'सबै साथी काम पाइएन मात्र भन्छन्, मेरो समेत आशा हरायो'-चौधरीको चिन्ता छ-'अर्को वर्षको कलेज शुल्क त छँदैछ, व्याजमा खोजेको लाखौं रुपैंया ऋण कसरी चुक्ता गर्ने भन्ने पिरलोले पो दिक्दार लाग्न थाल्यो ।'

नेपाल मेडिकल कलेजमा दश वर्ष काम गरेर सेन्ट्रल लन्डनस्थित साइटेक कलेजमा हेल्थ केयर म्यानेजमेन्ट पढ्न २२ जुलाई, ००९ मा युके आइपुगेकी गीता ढकाल बाँच्नका लागि अझै कामको खोजीमा छन् । भौंतारिंदा भौंतारिदा सेन्ट्रल लन्डनमा साताभरका लागि १२ घण्टामात्र काम पाएकी उनले भनिन्-'अहिलेको कमाई ट्राभलमै सकिन्छ, अब कमाउन भन्दा पनि युके आउँदा खर्च भएको ८ लाख कसरी उठाउने भन्ने नै चिन्ता भयो ।'

बेलायत सरकारले अपि्रल १, २००९ देखि उसकै शव्दमा 'कडा नियम' लागू गरेपछि बेलायत पढ्न आउने विद्यार्थी संख्या झन् बढिरहेको छ । तर, विद्यार्थी एकैपटक ओइरिंदा न काम छ, न आवास व्यवस्था । 'एकोमोडेशन' का लागि अगि्रम शुल्क बुझाइसकेका विद्यार्थी पनि कलेज व्यवस्थापनको चतुर्‍याइंका कारण कि त एउटै बेडमा तीन जना सुत्न वाध्य छन्, कि भुईंमा । नेपालीको बढि जनघनत्व भएको लन्डनस्थित प्लमस्टिडमा त कलेज व्यवस्थापनले केटाकेटीलाई एउटै कोठामा लस्करै सुताइदिएको समेत विद्यार्थीको गुनासो छ ।

नयाँ विद्यार्थी नौलो ठाउँमा ठगिएका उदाहरण पनि उत्तिकै छन् । बढिमा सात पाउण्डको 'डे ट्राभल कार्ड' बाट गन्तव्यसम्म पुग्न सकिने हुँदाहुँदै ट्याक्सी वा क्यावले ५० देखि एक सय पाउण्ड सम्म लिएका पाइएको छ । अरु त अरु, अहिले एकथरि नेपाली नै आफ्नै देशका नयाँ विद्यार्थीलाई एयरपोर्टबाट 'पिकअप' गर्ने नाममा सयौं पाउण्डसम्म लिएर कमाउने धन्दामा लागेको चर्चा पनि छ ।

'केही विद्यार्थीले त साउथ इष्ट लन्डन पुग्न एक सय पचास पाउण्ड ट्याक्सीलाई तिरेछन् जुन तेब्बर बढि हो'- म्यारिटाइम ग्रीनवीच कलेज, लन्डनका पि्रन्सिपल नरेन्द्र कंडेल भन्छन् । एकवर्षको कलेज शुल्क तिरेपछि साथमा ६ महिनाका लागि पुग्ने खर्च बोकेर मात्र युके आउन सुझाव दिंदै उनले भने-'कमाइएला भन्ने आशमा ब्याजमा ऋण लिएर युके आउनु बेकार छ ।'

हल्लै हल्लाको भरमा युके ओइरिने विद्यार्थीलाई उचित सल्लाह/सुझाव दिन गठित 'स्टुडेन्ट्स हेल्प डेक्स एसोसिएसन' का कमल पन्थीको भनाइमा अहिले उनको शरणमा पुग्ने नेपाली विद्यार्थी असंख्य छन् । 'सबैको रोदन र विजोग हेर्नु बाहेक अन्य विकल्प हामीसंग पनि छैन् । हामी विद्यार्थीलाई केवल हटलाइन र इमेलमार्फत वस्तुस्थिति बताइदिन मात्र सक्छौं'-पन्थीले भने-'यहाँ ज्याक चल्दैन, काम कतै छैन् ।'

बेलायत सरकारको पछिल्लो 'प्वाइन्ट सिस्टम' बमोजिम युरोपेली बाहेक अन्य राष्ट्रका विद्यार्थीहरु बेलायत ल्याउन कलेजले होम अफिसबाट 'युकेबीए लाइसेन्स्' लिन जरुरी छ । लाइसेन्स प्राप्त कलेजहरुलाई सरकारले वाषिर्क कोटा दिने र त्यही कोटाभित्र सीमित रहेर विद्यार्थी झिकाउन पाइने नियम अनुसार यतिखेर नेपालबाट धमाधम विद्यार्थी युके ओइरिएका छन् । तर भाषा, अनुभव एवं कानुनी रुपमा पार्टटाइम (साताको २० घण्टा) मात्र काम गर्न पाउने विद्यार्थीको 'स्ट्याटस्' ले कामै पाउन मुश्किल छ ।

प्रायः सार्क र अफ्रिकी मुलुकका विद्यार्थीहरुले बेलायतमा रेष्टुरेन्ट, म्याकडोनाल्ड, केएफसी, हस्पिटल वा नर्सिङहोमतिर काम पाउँछन् । यद्यपि, आर्थिक मन्दीले यतिखेर त्यो सम्भावना पनि टरेको छ । भारतीय, बंगाली र पाकिस्तानीहरुले रेष्टुरेन्टमा काम दिए पनि घण्टाको ४ पाउण्ड हाराहारी मात्र दिएर श्रम शोषण गरिरहेका छन्, जुन एकदम न्यून ज्याला हो ।

पछिल्लो विश्व आर्थिक मन्दीको चपेटामा परेपछि बेलायत आफैं निरिह छ । बेलायतमा हाल बेरोजगार संख्या २.४ मिलियन -२४ लाख अधिक) पुगेको यहाँको राष्ट्रिय तथ्यांक विभाग बताउँछ । यो नोभेम्बर १९९६ यताकै अत्यधिक बेरोजगार प्रतिशत हो ।

बेलायतमा अहिले काम पाउने सम्भावना अत्यन्त कम रहेको बुझेका लन्डन थेम्स् कलेजका निर्देशक वीपी खनाल भन्छन्-'कलेजमा नियमित हाजिरी हुनुपर्ने अवस्थाले विद्यार्थीलाई काम पाइहालेमा पनि गर्न अप्ठ्यारो छ । त्यसकारण काम, अध्ययन र पैसाको तालमेल मिलाउन सक्नेबारे विश्वस्त भएमा वा परिवारले पढाइका लागि चाहिने रकम पुर्‍याउन सक्ने निश्चित छ भनेमात्र विदेश जाने प्रक्रिया शुरु गर्न मेरो सुझाव छ ।'

युके आएका नेपाली विद्यार्थीको विजोग गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएन, युके) सम्म पुगेको छ । नवनिर्वाचित एनआरएन, युके अध्यक्ष सूर्य गुरुङले विद्यार्थीका समस्यातर्फ आफूहरुको ध्यानाकर्षण भएको जनाउँदै भने-'धेरै विद्यार्थीले दुःख पाएका खवर सुन्नमा आएको छ, बेलायतमा नेपालीका धेरै रेष्टुरेन्ट भएकाले नयाँ विद्यार्थीलाई रेष्टुरेन्टमा भएपनि काम लगाइदिन हामीले सोचेका छौं ।'

बेलायतका विश्वविद्यालयमा मात्र युरोपेली मुलुक बाहेकका ३ लाख ४० हजार भन्दा बढि विद्यार्थी अध्ययनरत रहेको अनुमान छ । उनीहरुले वाषिर्क अध्ययन शुल्कमा १.२५ विलियन पाउण्ड, बसाईमा १.६ विलियन र बेलायतको अर्थतन्त्रका लागि वाषिर्क ८.५ विलियन पाउण्ड योगदान गर्ने गरेको अध्ययनमा छ ।

साभार: नागरिक न्यूज


बाँकी अंश...

Saturday, September 26

रोचक अपत्यारीलो केहि फोटोहरु


यो त पत्याऊनै गाह्रो


नेपालीहरुको महानचाड बिजया दशमीको आज महाअष्टमीको दिनमा केही अपत्यारीलो रोचक फोटोहरु राखी पाठकहरुलाई मनोरंन्जन दिने कोशिस गर्दै छु। यो फोटोहरु मैले ईन्टरनेट चलाउंदै गर्दा एक एक गर्दै कलेक्सन गर्दै राखेका थियौं। आज खै किन हो मलाई आफ्नो ब्लगसाइटको तासोमा राख्न मन लागिरहेको छ।
जस्ले हेर्नु भएको छैन उहाँहरुको लागि यो नौलो नै होला, जस्ले हेर्नु भैसकेको छ उहाँहरुले पनि एक पल्ट पहिलाको स्मरण अबश्य गर्ने नै छ भनि आज केहि फोटोहरु प्रेशित गर्दै छु

परेवाले कसरी एकजना बच्चालाई लखेटदै छ


आफु भन्दा बढि वजन भएका अंजिगरलाई एउटा लठ्टीले उचाल्दै

टाऊकै टोक्न सक्ने हाँस

आफ्नो आहाराको लागि जति पनि वजन उठाउन सक्ने

सायद बेखबर

कहिलेकाहि सालिकलाई पनि चुरोट पिऊन सकसक् लाग्ने रहेछ।

सायद चिठ्ठी पढ्नमा मद्दत गर्दै

नेपालमा मात्र हैन अमेरीकामा पनि आफ्नो नेतालाई बोक्ने चलन रहेछ

झुलुन्ङ्गे पूलमा हिड्ने बाध्यता नेपालीहरुको मात्र हैन रहेछ

समय आए पछि रोकेर रोक्दैन



बाँकी अंश...

Tuesday, September 22

‘मायालु साथी’


हाँसो हाम्रो,
सबको लागि राम्रो हुन सक्दैन
हर यात्रि,
जिन्दगीको साहारा हुन सक्दैन
भेटिन सक्छ धेरै मान्छे
यस एकलो जिन्दगीमा
तर हर साथी,
तिमी जस्तो प्यारी हुन सक्दैन

अबश्य
केहिं समय पर्खाइमा बिटाए हामीले
तर,
भगवान भन्दा राम्रो साथी पाए हामीले
अब न केहि स्वर्गको ईच्छा,
हे मित्र,
तिम्रो मित्रतामा यति धेरै माया पाए मैले

न साथी कोई,
न सहयात्रि नै कोई
न म कसैको,
न मेरा छ कोई
तर तिमिलाई हेरेर भन सक्छु,
की,
मायालु साथी
हाम्रो पनि छ कोई

खुसीलाई खोजे की
दु:ख भेटिन्छ
यो दु:ख जिन्दगीमा
हर समय भेटिन्छ
जुन हृदयको
सबै दु:ख बांढ्ने
यस्तो साथी
जिवनमा कमै भेटिन्छ


बाँकी अंश...
Blog Widget by LinkWithin

हिन्दी ब्लॉग टिप्सः तीन कॉलम वाली टेम्पलेट