Thursday, August 30

धेरै भो तिम्रो बोली नसुनेको

धेरै भो तिम्रो बोली नसुनेको मनै खडेरी भो

टाढा तिमी भए देखी मेरो साथ अधुरो भो

तिम्रो स्मृतिको छट्पटीले रात कटाउन गाह्रो भो  
यादमा टोलाए बस्दा पनि दिन बिताउन साह्रो भो

भुल्ने कोशीस् पनि गरेकै हो, तर साथै शराबी भो
बेहोसी हुन नशा पनि गरेकै हो, तर मातै अपुरो भो
सम्झना मै थिएँ कतै एक्कासी झस्किन पुगेछु
कसैले सुम्सुम्याइ झैँ लाग्यो, खै कसको आगमन हो

कुनै दिन फूलेकै थियो फूल, मेरो जिन्दगीमा पनि
तर, चुडी लग्यो कसैले मेरो फूल, नजरै बेईमानी भो

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails