Saturday, August 8

पथलैयाबाट हतियारसहित ३ युवकलाई पक्राउ

वीरगन्ज साउन २४ - बारा प्रहरीले शुक्रबार राति पथलैयाबाट हतियारसहित ३ युवकलाई पक्राउ गरेको छ। गस्तीमा निस्केको टोलीले चेकजाँचका क्रममा राति पौने ८ बजे बारा करैया-८ का वर्ष २२ का रोहित कुशवाह, रौतहट पथरियाका वीरबलप्रसाद कुशवाहा र बारा हरैया-६ का काशिप्रसाद तिमल्सिनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय सिमराका प्रहरी निरीक्षक डम्बरबहादुर चन्दले बताए।उनीहरुको साथबाट अमेरिकन पेस्तोल एक थान, नलकटुवा एक थान र तिनमा लाग्ने गोली बरामद भएका चन्दले बताए। पक्राउ परेकामध्ये रोहित कुशवाह वाइसिएलका सदस्य हुन्। उनको साथबाट अत्याधुनिक अमेरिकन पेस्तोल र त्यसमा लोड हुने ६ थान गोलीसमेत भेटिएको छ।उक्त हतियार नेपाली सेनासँग मात्र रहने प्रहरी निरीक्षक चन्दले बताए। रोहितका दाजु दीपक कुशवाह माओवादी सेना हुन। हाल उनी शक्तिखोरस्थित माओवादी शिविरमा रहेको रोहितले बताए।

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails