Sunday, October 11

'पर्खाइ''


न तड्पाऊ पर्खाइमा यति धेरै मलाई,
कि समयको फैसला माथि खेद होस
के थाहा भोली तिमी फर्के बेला
र म चुपचापै निदाई देओस

टाढा हुंन्दैमा फरक के पर्छ र
कुरा त आत्मा नजिकिएर हुन्छ
साथी त तिमी जस्तो रहे हुन्छ
नत्र यहाँ भेट त कतिसित हुन्छ

ह्रूदय संग खेल्न मलाई आऊदैन
त्यसैले प्रेमको बाजीमा म हारें, सायद
मेरो जिन्दगीसीत धेरै माया थियो उनलाई
त्यसैले मलाई जिऊँदै मारी गए


फकाऊ छु तिमी रिसाएर त हेर
जोडी दिन्छु तिमी फुटेर त हेर
नासम्झ हुं तर त्यति पनि हैन
समाऊँछु तिमिलाई छुटिएर त हेर

मान्छे, प्रेमलाई भगवानको नाम दिन्छ
कसैले गरे त्यसलाई दोस दिन्छ
भन्छ ढुंगाको मन कहिले रुंदैन
तर ढुंगा रोए त्यसलाई झरनाको नाम दिन्छ

भिजेको आँखाले हाँसी दिंदा मजा अर्कै हुन्छ
हाँस्दा हाँस्दै परेला भिज्दा मजा अर्कै हुन्छ
कुरा भनी त जसले पनि बुझ्न सक्छ,
तर नभनी बुझ्न सके त्यो मजा अर्कै हुन्छ

हाँस्नु नै खुसी हुनु हैन
बर्ष बिट्दैमा जिएको हुन्दैन
साथीलाई सधै सम्झनु पर्छ
किन कि साथी भन्दैमा साथ दिंदैन

1 प्रतिक्रिया:

रमेश केसी said...

भिजेको आंखा हाँस्दा त्यसको मजा अर्कै हुन्छ
हाँस्दा हाँस्दै परेला भिझे त्यस्को मजा अर्कै हुन्छ
कुरा भनेर त जस्ले पनि बुझ्न सक्छ, तर
चुपचाप मै कसैले बुझे त्यस्को मजा अर्कै हुन्छ
NO WORDS 4IT WOOOU.....

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails