Friday, April 9

पिडा बिछोडको



मैले आफ्नो सबै गुमाए
तिम्रो माया पाऊनको लागि
तर पनि छोडि गयो मलाई
यताउता भौतारिनको लागि
त्यो आँसु जो बग्न पाएन
त्यो कुरा जो भन पाएन
मन मै लुकाई हिड्डै छु
छट्पटीले मर्नको लागि
उसैको होऊन तिमि जसको भईन
बधाई छ तिमीलाई त्यो डोली
बस्दै छु बिछोडको चितामा म
पिडाले जिऊदै जल्नको लागि

केहि चाहिदैन मलाई तिम्रो
आफ्नै हालमा छाडी देऊ
मेरो दिल यदि दिल हैन भने
मेरै अगाडि तोडी देऊ
जिन्दगि यो म बिर्सि दिन्छु
मायामा कहिले हाँसेको थियो
त्यो पनि म बिर्सि दिन्छु
प्रेममा कहिले फुलेको थियो
मेरो पनि पिडा त्यसैमा जोडी देऊ
जुन यस जमानाले बिर्सी दियो
तिमिलाई पाउने चाहानामा
कहिले हुन सकेन कसैको म
त्यहि पिडा मेरो मन भित्र छ
मेटिन्छ होला सायद त्यसैले म
त्यो फूल हुं म जो कहिले फुल्न सकेन
पिडा मुक्त गरि देऊ या त मेरो अंत गरि देऊ

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails