Friday, August 7

नेताभन्दा यौनकर्मी ज्यादा विश्वसनीय


तपाईंलाई यौनकर्मी विश्वसनीय लाग्छ कि राजनीतिक नेता ?
इनसाइट चाइना म्यागेजिनले गरेको अनलाइन सर्वेक्षणअनुसार चीनमा राजनीतिक नेता तथा वैज्ञानिकभन्दा यौनकर्मी विश्वासिला छन् ।
सर्वेक्षणमा ७.९ प्रतिशत जनताले यौनकर्मी विश्वासिला हुने उत्तर दिएका थिए । उनीहरूका अनुसार विश्वसनीयताको पहिलो नम्बरमा किसान आउँछन् । दोस्रोमा धार्मिक कार्यकर्ता । तेस्रो नम्बरमा यौनकर्मी ।
'यस्तो सूची आश्चर्यजनक र लाजमर्दा हो,' सरकारी पत्रिका चाइना डेलीको सम्पादकीयमा लेखिएको छ ।
विश्वसनियताको सूचीमा राजनीतिकर्मी वैज्ञानिक, शिक्षकभन्दा पछि रहेका छन् ।
यस वर्षको जुन र जुलाईमा गरिएको सर्वेक्षणमा तीन हजार तीन सय ७६ चिनियाँ जनताले भाग लिएका थिए ।
'आकस्मिक रूपमा यौनकर्मीहरू सम्मानित सूचीमा पर्नु अवश्य नै अचम्मलाग्दो कुरा हो,' चाइन डेलीले सम्पादकीयमा लेखेको छ, 'धन्न वैज्ञानिक तथा सरकारी अधिकारीहरू विश्वसनियताको सूचीमा सबैभन्दा तल परेनन्।
श्रोत: नयाँ पत्रिका

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails