Thursday, September 17

एक मित्रको ‘आशिस’

संम्भव छैन सायद, कसैलाई बुझ्न सक्नु
तर न बुझि कन, कसैसंग के माया लाऊनु
सरल छ, कसैले कसैलाई माया गर्नु तर
धेरै मुश्किल छ, कसैको माया पाऊनु
हो माया गर्नु भन्दा माया पाऊनु धेरै मुश्किल छ त्यो किनभने माया गर्नु भनेको आफ्नो बसमा हुन्छ, अनि माया पाऊनु कुनै दोश्रो ब्यक्तिकोमा निर्भर रहन्छ। त्यसैले त एउटा भनाई छ “आफुले चाहेको(मनपराएको) ब्यक्ति संग हैन आफुलाई चाहाने(मन पराऊने) ब्यक्ति रोज्नु पर्छ। आफ्नो लागि त सबैले जिऊछन तर अरुकोलागि जिऊदाको अनूभूति बेग्लै हुन्छ। यस्तै धरातलको
एऊटा रचना आज तासोमा तास्दै छु।

ईश्वरसंग के मागौं तिम्रो लागी...?
सधै खुसीले भरेको होस तिम्रो मार्गहरु
हाँसो तिम्रो मुहारमा रही रहुन यसैगरी
सुबासले फुललाई साथ दिई रहे जसोगरी

सुख यति मिलोस कि, तिमी दु:खको लागि तड्पौंन
रुपैया पैसा शोहरत ईज्जत रात दिन बर्षोन
आकाश हो या धर्ती हर ठाऊँ तिम्रै नाम होऊन
सुबासले भरिएको बिहानी अनि ल:लहादो साँझ होऊन

तिम्रो हर कोशिसमा सफलता को बानी परुन
तिमी जब गाए नी सारा संसार स्थिर होऊन
कहिले केही समस्याले तिमिलाई नसताऊन
रातको अंन्ध्यारोमा पनि तिमी सधै चम्किरहुन


‘आशिस’ मेरो यो पनि लागोस तिमिलाई
खुशीहररु तिम्रो आगनबाट कहिले नजाऊन
एउटा मेरो अर्को सानो अनुरोध छ मानून
म पनि तिम्रो साथी हुँ यो तिमी जानून

खुसीको बेला चाहे संम्झना आए नी नआए नी
जब कुनै बेला जरूरत पड्छ मेरो नाम लिऊन
यस दुनियाँमा भए त म अबश्य आऊछु नी
मित्रता आखींरी सां:स तक म निभाऊँन्छु नी

1 प्रतिक्रिया:

aatama said...

maan chhunee bhaab haru ___...

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails