Tuesday, September 22

‘मायालु साथी’


हाँसो हाम्रो,
सबको लागि राम्रो हुन सक्दैन
हर यात्रि,
जिन्दगीको साहारा हुन सक्दैन
भेटिन सक्छ धेरै मान्छे
यस एकलो जिन्दगीमा
तर हर साथी,
तिमी जस्तो प्यारी हुन सक्दैन

अबश्य
केहिं समय पर्खाइमा बिटाए हामीले
तर,
भगवान भन्दा राम्रो साथी पाए हामीले
अब न केहि स्वर्गको ईच्छा,
हे मित्र,
तिम्रो मित्रतामा यति धेरै माया पाए मैले

न साथी कोई,
न सहयात्रि नै कोई
न म कसैको,
न मेरा छ कोई
तर तिमिलाई हेरेर भन सक्छु,
की,
मायालु साथी
हाम्रो पनि छ कोई

खुसीलाई खोजे की
दु:ख भेटिन्छ
यो दु:ख जिन्दगीमा
हर समय भेटिन्छ
जुन हृदयको
सबै दु:ख बांढ्ने
यस्तो साथी
जिवनमा कमै भेटिन्छ

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails