Monday, September 13

“उपहार”


मलाई थाहा छ तिम्रो जन्मदिन हो
तिमिलाई के उपहार देऊ आज
जुन सब भन्दा किमती न सही
तर सबै भन्दा अलग होस
हजारौ वर्षौको यात्रा पछि भेटेको
एक पल बिशेषलाई कसरी सजाउँ
आफ्नो सदाबहार मनलाई ठाटी राखी
तिम्रो मनको सबै भन्दा सुंदर कुनामा
के देऊ उपहार
जुन कसैले नदिएको होस कसैलाई कहिले
तिम्रो भित्र रहेको उत्सवका बासी तोरणद्वार
चिमोटर निकाली देउँ
र सजाई दिउँ नयाँ झालरें
तिम्रो ह्रदयमा कसरी राखी देउँ
हजारौं रंगको शोरका टुक्राहरु
जसको सुगंध पुगोस मात्र तिम्रो इन्द्रियों तक
कस्तो-कस्तो मौनता र कस्ता-कस्ता गुनगुनाहत सजायको छ


आज सम्म तिम्रो तन्तु मा
अब कुन चाहि राग हालि देउँ तिम्रो तारमा
जुन बजि रहोस एउटा अदभुत सम्बंधको अदभुत संगीत जीवन भर
कुन चाहि कलाकृति कोरी देउँ तिम्रो हत्केलामा
कि बदलियोस सबै रेखाहरु तिम्रो
र त्यसमा सांन्तले देखोस मेरो नाम
तिमिलाई के उपहार देउँ
जुन कहिले नष्ट नहोस
कालका यस आपाधापीमा
जुन बनिरहोस सधै
म गई सके पछि पनि
तिमी गई सके पछि पनि
मलाई थाहा छ
तिमी एउटा यस्तो किताब हो
जसलाई कसैले बिरलै बढ्न सक्छ
तर मैले पढेको छु
रात भर नसुती, जागेर
जस्तै परीक्षाको तयारी गर्छ कुनै बालक
मैले पढेको छु त्यसैले मलाई थाहा छ
कति पृष्ठ कम छ यहाँ
मलाई थाहा छ
कहाँ-कहाँ ग़लत छपाई भएको छ
कहाँ-कहाँ मसीहरु फिजिएको छ
तिमी रोएकोले
कसरी जिल्द फेरी देउँ यस किताबको
के देउँ तिमिलाई उपहार
जुन अस्पष्ट शब्दलाई, धुंधलाती आँसुलाई
र फेरी टाँसी दिउँ सुंदर चम्कीलो शब्दहरु
अनि जोडी दिउँ त्यो छुटेका पान्नालाई
जसलाई पढेर जब तिमी मेरो तर्फ हेर्छौ त
म जिउँला तिमीलाई हेर्दै युगौं युग सम्म

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails