Monday, April 30

समर्पण


skpari
तिम्रो खुशी यदि मेरो दु:खमा मिल्छ भने,
अझ दु:खी बनाई देउ मलाई
हर मन्दिर धाई आशीस म माग्छु,
यदि मेरो आशिर्बाद लाग्छ  भने तिमीलाई

आफु त डांडा पारिको घाम सरी भो, तर पनि
तिम्रै कामनामा समय कटाउन चाहान्छु म
जानु छ एकलै, मरेर लानु नै के छ र यहाँ
बांचुजेल भए नी भलाई तिम्रै गर्न चाहन्छु म 


भोलि देखेको कसले छ र यहाँ, आज
तिमीले सफलता चुमेको देख्न चाहन्छु म
जीवन त ईश्वरको हातमा छ भन्छन, त्यसैले
जिन्दगी तिम्रै निम्ति समर्पण गर्न चाहन्छु म       

1 प्रतिक्रिया:

baedinbaatz said...

Jammy Monkey Casino & Hotel | JTG Hub
Come 과천 출장안마 in and experience Jammy Monkey Casino & Hotel on 충청북도 출장샵 JTG 나주 출장샵 Hub! Featuring slot 경산 출장안마 machines, video poker, live 동해 출장안마 table games, and more!

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails