Monday, August 10

भूल स्विकारे आयोजकले...


मिस मंगोलियन किडका आयोजकले भूसबस गल्ती भएको भन्दै आफ्नो कमजोरी स्विकारेका छन् । शनिबार सम्पन्न मिस मंगोलियन किड प्रतियोगितामा सेकेन्ड रनरअपको उपाधि प्रतीक्षा तामाङले प्राप्त गरे पनि घोषणा हुने वेलामा नम्बर गणनामा भूलबस ट्याग नम्बर साटिएर नेहा चित्रकारको नाम घोषणा गरी उनैलाई ताज पहिराइएको थियो । आफ्नो सो भूलबारे आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी सेकेन्ड रनरअप विजेता प्रतीक्षा नै भएको र उनलाई आगामी भदौ ६ गते विशेष कार्यक्रम गरी ताज प्रदान गरिने बताए ।



आफूबाट भएको गल्तीलाई पारदर्शी ढंगमा सच्याउन निणर्ायकले प्रतिस्पर्धीहरूलाई प्रदान गरेको अंकसिट पनि सार्वजनिक गरेका थिए । नेपालमा हुने यस्ता प्रतियोगितामा निणर्ायकले प्रतियोगीलाई प्रदान गरेको अंक सार्वजनिक गरेको यो नै पहिलो घटना भएकोसमेत आयोजकले दाबी गरे । आयोजकले कार्यक्रममा भएको गल्ती सार्वजनिक रूपमा सच्याएर आफूलाई ताज प्रदान गर्ने निर्णय गरेकोमा खुसी लागेको सेकेन्ड रनरअप विजेता प्रतीक्षाले बताइन् ।



एक्सन इन्टरटेन्मेन्टले आयोजना गरेको पहिलो मिस मंगोलियन प्रतियोगिताको शीर्ष उपाधि सविना मगरले जितेकी छिन् । अन्य २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी सो उपाधि जित्न सफल भएकी हुन् । निदेशा राईले फस्र्ट रनरअपको उपाधि प्राप्त गर्न सफल भइन् । प्रतियोगितामा सोनिया मोक्तानले मिस प
mेन्डसिप, अनिता लामाले मिस डिसिप्लेन, प्रतीक्षा तामाङले मिस पर्सनालिटी, टासी छेतेन लामाले मिस बेस्ट ड्रेस, निदेशा राईले मिस बेस्ट स्किन, आङछिरिङ शेर्पाले मिस फोटोजेनिक, दीक्षा लामाले मिस ट्यालेन्ट र एञ्जिला राईले मिस बेस्ट हेयरको उपाधि प्राप्त गरे । प्रतियोगिताको निणर्ायकमा कोरियोग्राफर कला सुब्बा, पपगायक धीरज राई, सञ्चारकर्मी डब्बु क्षेत्री, सुम्निमा कल्चर एकेडेमीका महासचिव जनक राई, हेयर स्टाइलिस्ट नील डेभिड, नायिका पूजना प्रधान र राम मादेन थिए ।



विद्यालयमा अध्ययनरत नौदेखि १३ वर्ष उमेर समूहका बालिका सहभागी उक्त प्रतिस्पर्धाको निणर्यक कार्यक्रममा रोहिया महर्जनको कोरियोग्राफीमा वसन्त चौधरीद्वारा रचित शान्ति लुकाऔं कहाँ गीतमा प्रस्तुत गरिएको नृत्य विशेष आकर्षणका रूपमा रहेको थियो ।

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails