Thursday, September 3

बिरहिको चित्ता


तिमिलाई याद गर्दा गर्दै
आँसु मेरो सुकी सक्यो
तिमी त गयौ गयौ
साथमा मेरो
निंन्द्रा पनि लिएर गयौं
कतै पाईएला की, या
कहि बेटिएला कि भनी
तिमिलाई खोज्दै
हिडिरहेको छु
कहिले यता, कहिले उता,
बिरानो गाऊँ
अन्जान सहर, जताततै

ह्रृदयले भन्छ
सुस्तरी
तिमि आउने छौं
अधुरो प्रेमको दियो
फेरि
बाली दिने छौ
तिम्रो मुटु
मेरो
ह्रृदय भित्र छ भन्छौ
आज आफ्नै मुटुलाई
किन छाडि गयौं

बिरहीको चित्ताबाट
या त
तिमी आई बचाऊ
या
तिमी आफै
मलाई
चित्तामा राखी जलाऊ
उफफ् पनि भन्दिनौं
बृक्ष जस्तै
जलिने छु,
तिम्रै सामुने त होनी
सदाकोलागी मेटि दिनेछु

2 प्रतिक्रिया:

Basanta said...

कविता भावुकता, प्रेम र यादले भरिएको छ। राम्रो लाग्यो। भाषा-शैलीमा सुधार गर्नु पर्ने ठाऊँ भने धेरै छन्।

यो ब्लगमा आईपुग्दा खुशी लाग्यो। साजसज्जा पनि राम्रो रहेछ। निरन्तरता र सफलताको शुभकामना!

sk pari said...

कमेन्टको लागि धन्यबाद बसंन्तजी,
खै कहिले काहीपनि लेख्ने बानी नभएका अनि भखर सिक्दै गरेका सिकारुहरुले सिक्ने प्रयास गर्दै लेखेका यो कबितामा भाषा कमिकमजोरीहरु पहिल्याइ दिनु भएकोमा पनि तपाई प्रति आभारी छु, जे होस यसरी कहिले काही आगमन हुन्दै यसरी कमजोरीहरु पहिल्याई दिनेहरु भए बिस्तारै सिक्दै जाउला भनि आशा लिएको छु।

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails