Monday, August 23
"मनको पिडा"
याद छैन के के देखेका थिए,
सायद सबै भुलि सकेछु
जब फर्के उनको गली बाट
आफ्नै घरको बाटो बिर्सिएछु
खुब गयौ परदेश भनि
आफ्नो भिता र पर्खाल पनि
बोल्न थाले छन्
शिशमहलमा यसरी दुबियो
आफ्नो माटोको घर बिर्सिएछु
तिमीलाई पनि आफ्नो 'कसम'
आफ्नो "वाचाहरु" याद छैन
मैले पनि आफ्नो सपना
तिम्रै आँखामा राखेको बिर्सेएछु
सोचे छैन, राम्रो नराम्रो
देखेको अनी सुनेको केहि पनि हैन।
ईश्वरसंग मागे तिम्रो साथ
अनी तिमी बाहेक केहि पनि हैन
देखे तिमिलाई, चाहे तिमीलाई,
अनी पूजा गरे तिमीलाई
मेरो माया मेरो ईच्छा,
तिम्रो चाहाना सिवाय केहि पनि हैन
जहाँ मेरो आँखाले तिम्रोलागि
मोती बिछाएको छ रात भर
पठाए त्यहि कागज तिमीलाई
मैले, लेखेको केहि पनि हैन
एक दिन साँझ आंगनमा
बसी रह्यो तिमी अबेर सम्म
धेरै कुराहरु आँखैले गरे, तर
ओठले बोले केहि पनि हैन
Subscribe to:
Post Comments (Atom)
0 प्रतिक्रिया:
Post a Comment
कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!