Saturday, September 11

विचित्र विश्व

बाइस इन्च मात्र अग्ला बाग्लुंगे नेपाली खगेन्द्र थापामगर विश्वका सबैभन्दा होचा मानिसको कीर्तिमान राख्न लागिपरेका छन् । तर, अचानक उनको तौल र उचाइ आउँदो २ साताभित्र बढेन भने मात्र उनको इच्छा पूरा हुनेछ । र, उनको नाम विश्वरेकर्डको किताबमा सबैभन्दा होचा वयस्क पुरुषका रूपमा दरिनेछ । अहिलेलाई उनी पृथ्वीका सबैभन्दा होचा किशोर मानिएका छन् ।
यिनै २२ इन्च अग्ला खगेन्द्र लन्डन पुगेर २४ इन्च गोलाइका पाखुरा भएका बडीबिल्डर टाइनी आइरनको पाखुरामा झुत्ती खेले । २८ वर्षे लन्डनवासी टाइनी आइरनको पाखुरा विश्वकै सबभन्दा मोटा पाखुरा मानिएका छन् । यस अनौठो जोडीले खिचाएको तस्बिर ।

श्रोत: नयाँ पत्रिका

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails