Wednesday, September 29

‘डर’

मैले आफ्नै दिल तोडे धड्कनको डरले
गाऊँ नै छाडी दिए बर्षा र झरीको डरले,
कसले भन्छ मलाई प्रेम फाप्दैन….
म त त्यसै हाँसी दिन्छु आँसुको डरले
जती बेला सम्झना आउँछ तिम्रो
नजर यो झुकाई दिन्छु
भिजेको परेली बाट तिमिलाई
ओठ सम्म ल्याउन्छु
तिमीलाई मैले केहि भन्न सकीन
त्यो सबै आज म आफैलाई भन्छु
अनी ती बिटेका क्षण बिटेका कुराहरु
सम्झी बसी रहन्छु
बिबस मनका लाचार हेराई
पूर्ण सुन्यत्तालाई अपनाई दिन्छु
कसैले भनि नदेऊन यो राज
डरले नजर झुकाई दिन्छु


तर पनि हरेक पल तिम्रो
लामो आयुको कामना म गर्छु
तिम्रोलागि म हरेक मेरो ईच्छा डबाई दिन्छु
तिमी चाहे लुक्दै हिड् मेरो नजरबाट बच्दै
तर म मर्न उप्रात सम्म तिमिलाई माया गरिरहन्छु
केहि रहे नरहे तर तिम्रो मायाको साहारा रहिरहनु
मायामा डुबेको सधै यो दिल हाम्रो रहिरहुन
खुशी जति तिम्रो, सबै दु:ख मेरो,
यहि कामना गर्छु
आँखामा, सधै अनुहार तिम्रै रहुन
परखाईमा हुन्छु सधै सांझ तिम्रो
सम्झनाले बित्छ लिंदा लिंदै नाम तिम्रो
बर्षो देखी बसेको छु यो आश लिएर
आज आउँछ कि भनि कोहि पत्र लिएर तिम्रो
थिएन जसलाई मेरो मायाको कदर
संयोगले उसैलाई चाहि रहेको छु
उहि दियोले जलाई दियो मेरा यी हाथलाई
जुन हावाबाट बचाई रहेका थिए मैले त्यसलाई,
समय र खुशि तिम्रो कमारो होला
हर पल र हर ठाउँ तिम्रै नाम होला
एक पल्ट फर्केर हेर मेरी जानु, तिम्रो
हर पाईलाको मुनी मेरै हाथको निशान होला
मलामी मेरो उ रोक्दै सोध्छ,
फर्किन्छौं कहिले सम्म र कहाँ जांदै छौ?
सजा: जिंदगीको यहाँ काटि रहेको छु
जहाँबाट आएको हुं त्यही जांदै छु
उनिसंग गुनासो पनि के गरौं,
मैले कहिल्यै मनको कुरा राखीन
म उनैकोलागि तड्पी रहे, जसले
मलाई कहिल्यै आफ्नो सम्झिएन
भनिन्छ कहिल्यै सम्झना पुरानो हुंदैन,
माया पाऊनु पनि सबैको भाग्यमा हुंदैन
मेरो मुटु राखेर आएको छु उनको आंगनमा,  
यो थाहाँ हुंदा पनि उनको नजर हुन्दैन जमीनमा
मेरो हरेक सांश तिम्रो गुलाम बनिरहेछ
मान्छेहरु यो जिंदगी बदनाम गरिरहे छ
मैले त मेरो छायाँ पनि, सनम
तिम्रो नाम गरि दिएकोछु
भगवानको कानूनमा बादल किन हुंदैन
जुन आज भएको छ त्यो हिजो किन भएन
हर तालमा लहर हुन्छ र हर तालमा पानी
फेरी सबैको भाग्मा चमत्कार किन हुंदैन
जब तिमिले नै यो दुनियाको कथा लेखेको हो
तब हरेक मान्छे एउटा मिठो गजल किन भएन
बार बार नभेट्ने वाचा गरेर पनि भेटेको छु हामी
फेरी आफ्नै ईच्छाको बारेमा किन सोच्दैन हामी
मैले लेख्ने गरेको छैन कुनै जमानामा, तर
तिम्रो चाहनाले मलाई कबि बनाई दियो
मन त हाँस्दै आईरहेको छ जमाना देखी
तर एक क्षण मै तिमीले मन रुवाई दियो
फेरी पनि निस्कन सकेन यस शरिरबाट,
किन कि तिम्रो मायाले मलाई अमर बनाई दियो
तिमीसंग छुटेको मेरो भैसक्यो बर्षो
याद तिम्रो धेरै आऊछ
हृदय तिमीलाई भेट्नकोलागि बेचैनी हुन्छ
जामाना त पहिले देखी दुश्मन थियो मेरो
अब मौषम पनि हेर्नु
बिना बादल पानि बर्सन थाल्यो
मैले आफ्नो मनको कुरा उनलाई भन्न सकिन
लागे छ आगो जुन मनमा, उसलाई निभाऊन सकिन
तिम्रो खोजीमा यता उता भौतारिंदै ठोकर खाए
मेरो मायाको पाईला फेरी पनि हलाऊन सकिन
अलि सोचेर त हेर,
त्यस दिलको हाल के भयो
जुन टाढा हुन्न सकिन
तिम्रो नजिक आऊन नि सकेन  
म उनलाई नसम्झि मनलाई के गरौं
हजारौ भुल्न चाहे, तर बिर्सन सकिन
बदनाम नहोऊन प्रेमको कहानी
ऐ दु:खले भरिएका आँसु, आँखामा नआऊनु
संसारमा मायाको चलन यस्तै हो
हृदय जलोस, 
तर अनुहारमा पिडाका झलक नल्याऊनु

--सोनु प्रधान

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails