Wednesday, March 30

सम्झना

सबै कुरा बिर्से मैले,
तर तिम्रो माया बिर्सन सकेन
आंधी बेरी आई गए,
तर तिम्रो छायाँ लान्न सकेन
संसारको कुरा के गर्ने
जब तिमीले मलाई चिन्न सकेन
अरुलाई के सम्झाउने
जब आफ्नैले मलाई बुझ्न सकेन

कसम खाई वाचा तोडे
तर पनि मैले केहि भन्न सकिन
म बाट तिमी टाढा गयौ
तर पनि मैले रोक्न सकिन
तिमि बिना एक पल बाँच्न
न सक्ने कुरा सधै गर्थो
तर आज मलाई एकलै बनाई
तिमि कता बिलाई गयो


पल पल तिम्रो यादमा
आज म यता उता भौतारी रहेको छु
खै कुन जन्मको हो
तिम्रो वियोगको सजा मैले पाई रहेको छु
बिहानीको उज्यालोको पर्खाइमा
अँधेरी रातमा रुमली रहेको छु
झरनाको समिप पाएर पनि
तिर्खाईमा म सधै तड्पी रहेको छु

भुल त मेरो पनि थियो
तिम्रो सामु मैले केहि भन्न सकिन
नजिक सधै तिमि हुँदा पनि
मैले मनको कुरा खोल्न सकिन

नदीमा छाल आउँछ
तर त्यो किनारा बाट पल्टेर जान्छ
तिम्रो याद आउँछ
त्यो मेरो मुटु भित्रै टासी बस्छ
दुबैमा फरक मात्र यति छ थियो
छाल कुनै बेलामा मात्र आउँथ्यो
तर तिम्रो सम्झना भने
मलाई सधै आईरहन्छ

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails