Sunday, August 14

तिम्रो यादमा

भगवान दिल नबनाएको भए न कसैसंग माया नै हुन्छ
न कसैको सम्झना आउँछ न कसैको पर्खाइमा नै हुन्छ
दिल दिएको छु यसलाई सम्हालेर राख
शिशाबाट बनेको हो ढुंगाबाट टाढा राख

यदि म नभएको भए गज़ल कसले भन्छ
तिम्रो अनुहारलाई राम्रो कसले भन्छ
यो त चमत्कार हो हाम्रो मायाको
नत्र पथर लाइ ताजमहल कसले भन्छ

सक्छ भने दिलबाट मलाइ मेटाइ देऊ
चाहन्छौ भने सधैकोलागि मलाई भुली देऊ
तर यो कसम खाउ कि, कतै याद मेरो आए
कहिले रुने हैन, बस केहि पल हांसी देऊ


ब्याकुल हेराइका प्यास हो तिमि
तडपिरहेको मनको आश हो तिमि
निभ्न लागेको जिन्दागिको सास: हो तिमि
फेरी कसरि न भनुं? केहि खास हो तिमि

आँखामा सधै चाहना दिई रहेका छ
हामी सबैको निन्द्रा चोरिरहेको छ
अब देखी तिम्रो परेली जब जब झिम्किन्छ
सम्झ तब तब म तिम्रो याद गरिरहेको हुन्छ

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails